स्वधर्म त्याग र सम्झौताका कयौँ वर्ष उपरान्त, परमेश्वरले यस अन्तिम समयमा पुनः आफ्नो चर्च बहाल गर्दै हुनुहुन्छ । यो पवित्र आत्माको स्वर्गीय कदम हो, जसको भविष्यवाणी परमेश्वरले प्रकाश र बाइबलका अन्य पाठहरूमा आदेश गर्नु भएको छ । परमेश्वरले पुनः हरेक संप्रदाय र फूटबाट आफ्ना वास्तविक नानीहरूलाई एक रूपतामा बोलाउँदै हुनुहुन्छ, अर्थात् प्रियतम चर्च आफ गाडमा । परमेश्वरको महिमा हाम्रा बिचोबिच छ, एकता विद्यमान छ, अनि युवा र वृद्धहरूले आआफनो आत्माका लागि सहयोग प्राप्त गरि रहेका छन् । दुलही (चर्च) ले अब आफ्नो परमेश्वर र उद्धारकर्ताका निम्ति स्वयंलाई तयार गरि रहेकी छिन् ।