हामी अझै पनि एक ठेट नरकमा विश्वास गर्दछौँ । नरक––एक अनन्त, बल्दो आगो मार्फत
कहिल्यै समाप्त नहुने, दण्डको ठाउँ । यद्यपि हाम्रो “प्रबुद्ध“ युगमा यस्तो विश्वास गर्नु फैशनेबल छैन
तैपनि, हामी अझै पनि यसमा विश्वास गर्छौँ । जहोवाज विट्नेसिज (जहोवाका साक्षीहरू) र सेवन्थ डे
एडवन्टिस्टस (सातौँ दिनमा काम नगर्ने र पृथ्वीमा येशू ख्रीष्टका पुनरागमनमा विश्वास
गर्ने एक समुदाय) ले विनाशका अवधारणाहरू द्वारा नरकबाट यसको अनन्तको पक्ष खतम पारेका छन् ।
मर्मनीहरूले यसलाई ख्रीष्टको उपस्थिति बिनाको स्वर्गसम्मै झारेका छन् । अनि रोब बेल जस्ता
आधुनिक पन्थवादी प्रचारकले यसलाई पूर्ण रूपमा नै त्यागेका छन् ।
यी कुराबाट कुनै फरक पर्ने छैन, किनभने नरक विद्यमान र जल्दोबल्दो छ ।
विचारको लागि नरक एउटा असहज कुरा छ । तर यो सत्य छ । के कसैले एक बच्चाको तरिकामा आ
फ्ना आँखा मात्र छोपेर यस्तो अनन्त परिणामको ठाउँलाई सजिलोसँग बेवास्ता गर्ने अनुमान गर्न सक्छ?
कुनै नरक छैन इच्छा गर्ने कार्यले नरक विद्यमान छ भत्रे तथ्यलाई परिवर्तन गर्दैन । आफ्नो परमेश्वर
बारे दृष्टिकोणलाई सास्तीको यस्तो ठाउँसँग मिलाप गर्नमा असमर्थताले कुनै फरक पार्दैन । होइन, यति
जोखिम हुँदाहुँदै, हाम्रो लागि तथ्यहरू बुझ्नु र तिनीहरूको सामना गर्नु अनि आफूलाई धोका दिने प्रयास
नगर्नु नै उत्तम हुने छ ।
हामी एक वास्तविक नरकमा विश्वास गर्दछौँ किनभने परमेश्वरले एक नरक छ भत्रु भएको छ ।
उहाँका वचनमा यसका सन्दर्भमा प्रशस्त उल्लेख र चेतावनीहरू छन् । स्वर्ग र पृथ्वी समाप्त
हुन सक्छन्, तर नरकका विषयमा उहाँका वचन चटानभन्दा दृढ छन् ।
परमेश्वरले कसैलाई नरकमा पठाउनु हुत्र, मानिसहरूले यस्तो कुरा भन्छन्, तर दुष्ट काम गर्न रेजेर
उनीहरूले स्वयं आफैलाई त्यहाँ पठाउने गर्छन् । अनन्तकालसम्म कहाँ बस्ने र मानिसहरू नहराऊन्
भत्रे कुरा सुनिश्चित गर्न, परमेश्वरले मुक्ति प्रदान गर्नु हुन्छ भत्रे कुरा यथार्थ भए तापनि, यो महान्
मुक्ति अस्वीकार गर्नेहरूलाई उहाँले नरकमा मिल्काउनु हुने छ (मत्ती १०ः२८) । हामी परमेश्वरका
भलाइ र कठोरताका कुरा गर्दै छौँ । भलाइलाई सन्दर्भबाट हटाएर हामीले कठोरतालाई अस्वीकार गर्नु
हुँदैन । परमेश्वर एक अनन्त अस्तित्व हुनुहुन्छ, हाम्रा मस्तिष्कहरूले बुझ्न सक्ने परिमाणभन्दा उहाँ
असीम रूपमा अधिक न्यायकर्ता र पवित्र हुनुहुन्छ । पापीहरूका विनाशमा यद्यपि उहाँ प्रसत्र हुनुहुत्र,
उहाँको शुद्ध न्यायले पाप र सबै पापीहरूलाई दण्ड दिने माग गर्छ । पाप आत्मामा छ भने, आत्मा
दण्डको पात्र छ । जस आत्माले पाप गर्छ, त्यो मर्ने छ (इजकिएल १८ः४) ।
शैतानले ठेट नरकमा विश्वास गर्दछ । नरकको ठेट अस्तित्व अस्वीकार गर्ने आधुनिक, महिलागुणी
धर्मविद्हरूभन्दा शैतानले ज्ञानमा यसरी आफूलाई श्रेष्ठ साबित गर्छ । शैतानले अदनको बगैंचामा हुँदा
नरकमा विश्वास गर्दथ्यो, र उसले आज पनि नरकमा विश्वास गर्दछ । उसले यसमा विश्वास
गर्छ किनभने उसलाई थाहा छ नरक विशेष रूपमा उसको र उसका दूतहरूका लागि तयार पारिएको
ठाउँ छ (मत्ती २५ः४१) । सत्यका सामना गर्ने कामलाई घृणा गर्ने पुरुषहरू विपरीत, शैतान र त्यसका
दुष्ट भूतहरूलाई आ‐आफ्नो सास्तीको लागि नियुक्त ठाउँ र समय बारे थाहा छ (मत्ती ८ः२९) । यो
शैतानको छलपूर्ण कला हो (२ कोरिन्थी ११ः१४‐१५) उसले हरेक आइतवारमा आफ्ना दूतहरूलाई सयौँ
पल्पिट (मञ्च) हरूमा खडा गर्छ र मानिसहरूलाई परमेश्वर सम्पूर्ण रूपमा प्रेम हुनुहुन्छ र नरक कुनै
वास्तविक ठाउँ होइन भन्ने गराउँछ ।
हामी एक वास्तविक नरकमा विश्वास गर्दछौँ किनभने न्याय सम्बन्धी हाम्रो पार्थिव अवधारणाहरू यस्तै
एउटा विश्वासमा आधारित छन् । परमेश्वरका अनन्त वचनमा व्यक्त सजायको अवधारणा र नरकको
प्रकटीकरण न हो जसले व्यक्तिगत जिम्मेवारी, पुरस्कार र दण्डका कानूनी अवधारणाहरूलाई साक्ष्य र
अर्थ प्रदान गर्छ । कुनै पनि वास्तविक नरक छैन भने, न्याय–प्राप्तिका सबै मानवीय प्रयासहरू
व्यर्थ छन् । संसारका मानिसहरूका अधिकारहरूको संरक्षण र रक्षाका लागि बनाइएका कानूनहरूको
कुनै ठोस आधार हुने थिएन । नरक वास्तविक छैन भने, अराजकतावादीका दाबीहरू सत्य हुन् र
भाग्यवादीहरूका लापरवाही र ध्यानहीनता सद्गुण हुन् ।
अन्तमा, हामी वास्तविक नरकमा विश्वास गर्दछौँ किनभने मानवजातिलाई त्यहाँ नष्ट हुनबाट
बचाउनलाई परमेश्वरका पुत्रले दुःख भोग्नु भयो (यूहत्रा ३ः१६) । नरक वास्तविक छैन भने, तब व्रmूस
एक मिथ्या र ख्रीष्टको प्रायश्चित एक पौराणिक कथा मात्र छ । ठेट नरक छैन भने, ख्रीष्टियन धर्म एक
निर्लज्ज स्वाङ्ग छ ।
तर नरक वास्तविक छ, र मान्छेहरू करौडौँको सङ्ख्यामा त्यहाँ जाँदै छन् ।
हे परमेश्वर, तपाईंका पवित्र वचनसँग उनीहरूमाझ सत्य पु¥याउनमा हामीलाई सहायता गर्नुहोस् !
हामी अझै पनि एक ठेट नरकमा विश्वास गर्दछौँ ।
भाइ डेन्यल इख्लबर्गर