डैनियल ईखल्बर्गर
“यूहन्नासँगै पत्रुसले त्यसलाई एकटक लाएर हेरीकन भने, हामीतिर हेर् ।” प्रेरित ३ः४ ।
उत्तरी अमेरिकामा जब जार्ज वाइटफील्डले आफ्ना तुफानी प्रचारक भ्रमणहरू गर्दथे, उनका प्रचारहरूद्वारा हजारौँ
व्यक्ति मुक्तिप्रति जागृत भए । त्यस समयका अधिकांश सुखा र टरटराउने प्रचारकहरूका विपरीत, उनले अधिकारसाथ
प्रचार गरे । जब उनी पहिलो पटक बोस्टनमा आइ पुगे, सडकमा एक जना सारै अमित्र र औपचारिक सेवकसँग
उनको भेट भयो । त्यस महान् ईभाञ्जेलिस्टलाई त्यस सेवकले बढा अनर्गल मुखले भन्यो, “तिमी यहाँ आएकोमा
मलाई खेद छ ।” वाइटफील्डले (त्यस्तै भयहीनतासाथ) भने, “ठिक, दियाबलसलाई पनि त्यस्तै खेद छ ।”
हामीलाई चाहिएको यही हो । संसारलाई चाहिएको पनि यही हो—आफ्नो कार्य सम्बन्धी कुनै भ्रम नभएका सेवकमण्डल;
एक निडर सेवकमण्डल, परमेश्वर र दियाबलसको सम्बन्धमा जसलाई आफ्नो स्थान थाहा होस् र जसले दियाबलस र
उसका लुक्ने स्थानहरूका विरुद्ध साहसपूर्वक युद्धको घोषणा गरोस् । हराएको र खाँचोमा परेको यस पीढीका सामु
उभियोस् र पीटर र यूहन्नासँग घोषणा गरोस्, “हामीतिर हेर् !”
यस वर्तमान बहालीको सेवकमण्डलको पुकार यही हो । पावलसँग उनीहरूले बुद्धिमान र शक्तिशालीहरूलाई शर्ममा
पार्न र भएका कुराहरूलाई व्यर्थ ठहराउनमा उनीहरूले आफ्नो कर्तव्य हेर्छन् (१ कोरिन्थी १ः२६‐२८) । यद्यपि
आ‐आफ्ना कमीहरूबाट उनीहरू निसन्देह काम्दछन्, तैपनि परमेश्वरलाई उनीहरूले आफ्ना परिपूर्णता ठान्दछन् र
परमेश्वरको समस्त अभिप्राय मान्छेहरूलाई बताउन पछि हट्दैनन् (२ कोरिन्थी ३ः५, प्रेरित २०ः२७) ।
हाम्रो युगमा त्यस्तो दृष्टिकोण राख्नु लोकप्रिय छैन । भनाइमा के आएको छ भने, नेतृत्वका “परम्परागत”
संरचनाहरूलाई वर्तमान पीढीले सन्देहात्मक नजरले हेर्दछ । यसका सट्टा उनीहरूले “दास‐नेता” लाई महत्व दिन्छन्,
जुन उनीहरू जस्तै होस्, जसले खानपानका टेवलहरूमा सेवा गर्दा खुसी लागोस् र जुन उनीहरूको घनिष्ठ मित्र होस्
। यदि ऊ उनीहरूसँग फुटबल देख्न जान्छ, र कैम्पिङ्ग भ्रमणहरूमा जान्छ, तब रविवारका दिन उनीहरू उसको
“कुरा” सुन्न वा “शेयर” गर्नमा खुसी छन् । यदि पुल्पिटमा उसले नीलो रङ्गको जीन्स वा अनौपचारिक लुगा लगाउँछ
भने, त्यो झन् राम्रो, किनभने त्यसो गर्दा हरेकलाई “स्वागत” र “आराम” महसुस हुन्छ । यदि उसका प्रचारिकाहरूमा
नैतिक साहसको अभाव छ (किनभने श्रोताहरूबाट कुनै क्रान्तिकारी प्रतिबद्धताको आवश्यकता तिनले माग्दैनन् , त्यो
झन् सकारात्मक, किनकि कट्टरता अरुचिकर छ । अनि हरेकलाई थाहा छ, यथाशाब्दिक धर्मपरायणता वर्जित छ ।
यही हो स्तर जससम्म सेवकमण्डल कार्यालय पतन भएको छ । तर यो सत्यनिष्ठ सेवकको पहिचान होइन ।
साँचा सेवकहरूलाई थाहा छ, संसारलाई चाहिने कुरा उनीहरूसँग छ । उनीहरूले पत्रुस र यूहन्नाको ढङ्ग अपनाउँछन्
र वाइटफील्डको आत्म‐विश्वास ग्रहण गर्छन् । खानपानका टेवलहरूमा सेवा गर्नका लागि उनीहरूले परमेश्वरका
वचन त्याग्दैनन् । एक साँचो सेवक परमेश्वरका पुत्र जस्तै निर्दोष र हानिरहित हुन्छ, आत्माहरूका लागि मैत्रीपूर्ण र
सुखद अनि आत्म‐विरोधीहरूलाई उनले नम्रतासाथ शिक्षा दिन्छन् । तर पाप र सबै अनैतिकता विरुद्ध उनीहरू समान
रूपमा सिंह जस्तै निडर हुन्छन् । बाइबल र अगमवक्ताहरूका अनुसार उनीहरूलाई आ‐आफ्नो ठेट हैसियत थाहा
भएका कारण, उनीहरूले भन्न सक्छन्, “मलाई अनुकरण गर्ने होओ, जसरी म ख्रीष्टको अनुकरण गर्दछ”, अनि
उनीहरूको तात्पर्य पनि त्यही हुन्छ । उनीहरूका पवित्र उदाहरणहरू र परमेश्वर तथा मानिसहरूप्रति ज्वलन्त प्रेमले
आज्ञा दिन्छन् र हामीबाट पालनको माग गर्छन् ।
बाइबल अनुसारका त्यस्ता अभिव्यक्तिहरू दिन साम्प्रदायिक प्रचारकहरू डराउँछन् । किन? उत्तर सरल छ । उनीहरूले
ख्रीष्टको अनुकरण गर्दैनन् । परिणामस्वरूप, प्रचार गरिकाहरूमा बाइबल अनुसारको आज्ञाकारिता उत्पन्न गर्ने शक्ति
उनीहरूमा छैन । उनीहरूको अनुकरणबाट मानिसहरूलाई निरुत्साहित गर्नका लागि उनीहरूले कोमल‐स्वरका निर्थक
कुराहरू उपयोग गर्छन् । “प्रभु येशूलाई हेर” उनीहरूले भन्छन् । “मलाई नहेर ।” उनीहरूको तात्पर्य के छ भने,
उनीहरूलाई कुनै आत्मिक प्रेरणा छैन, उनीहरूलाई परमेश्वरद्वारा कुनै बोलावट छैन । यूहन्नाका विपरीत, उनीहरूसँग
सुन र चाँदी छ । तिमीलाई सहायता गर्नलाई उनीहरूले आफ्नो मिशनरी फण्डबाट केही पैसा फ्याँक्न सक्छन् र स्वयं
उनीहरू राम्रा सामरीहरू जस्तै महसुस गर्न सक्छन् । तैपनि आत्मिक आवश्यकता उनीहरूले पूरा गर्दैनन् ।
दिव्य शक्तिको अभावका कारण, आफ्नो कमजोर स्थितिलाई टेवा पु¥याउनका निम्ति बाइबलको कार्यमा यस्ता
मिथ्याचारी कार्यकर्ताहरूले आफ्नै बनोटका विकल्पहरू निर्माण गर्छन् र कैयौँ आविष्कारहरू खोज्छन् । कसै–कसैले
विगतका युगहरूको महिमामा घाम ताप्छन् । उनीहरूले वेस्ले, फिने, फ्लेचर र वार्नरका उद्धरण दिन्छन् । प्रसिद्ध पुरुष
र महिलाहरूका उपाख्यानहरूले उनीहरूका भाषण परिपूर्ण हुन्छन् तर व्यक्तिगत गवाही र शक्तिमा दुखदपूर्ण रूपमा
अभावग्रस्त हुन्छन् । स्केवासका आधुनिक छोराहरू यिनै हुन, जसलाई आफ्नो कुनै महिमा नभएता नै अर्काका
प्रामाणिकतामा अन्धकारका शक्तिहरूसँग जुध्न र मानवताका आत्मिक आवश्यकताहरूलाई पूरा गर्न खोज्दछन् ।
त्यस्तामाथि दियाबलस हाँस्छ र सोध्छ, “तिमी को हौ?” अनि त्यस्तामाथि मन्दिरको ढोकामा रहेको लङ्गडोले आशारत
आँखाले हेर्छ र निराश हुन्छ ।
दियाबलसलाई अब वेस्ले वा वार्नरको भय छैन । उनीहरू अब यहाँ छैनन् र दियाबलसलाई कुनै हानि पु¥याउन
सक्दैनन् । सामान्य मानिसहरूलाई विरलै उनीहरूका विषयमा थाहा छ । उनीहरूको सरोकार स्वर्गवास भएका
मानिसहरूसँग छैन, बरु अधिक तात्कालिक समस्याहरूसँग छ । यद्यपि उनीहरूले दानका लागि प्रार्थना गर्छन्,
तथाकथित “सामाजिक सुसमाचार” बाट उनीहरूलाई चाँदी र सुनभन्दा अधिकको आवश्यकता छ । जीवित, ज्वलन्त र
उज्ज्वल प्रकाशले गर्दा दियाबलस काम्दछ, र मानिसहरूले त्यसप्रति प्रतिक्रिया गर्छन् । यस्तो हुन्छ वास्तविक सेवक ।
सर्वशक्तिमान परमेश्वरलाई हामी धन्यवाद टव्रmयाउँछौँ र स्तुति गर्छौँ, यस अन्त्य समयमा उहाँले स्वयंलाई साक्षीबिना
राख्नु भएको छैन । यद्यपि मिथ्या सेवकहरू प्रचुर सङ्ख्यामा छन्, उहाँले एक सेवकमण्डल उत्पन्न गर्नु भएको छ
जससँग चाँदी र सुनभन्दा अधिक सम्पत्ति छ—ती हुन् विवेक भएका पवित्र पुरुष र महिलाहरू, जसलाई मानवताका
आत्मिक आवश्यकताहरू पूरा गर्ने प्रतिभा प्राप्त भएको छ । उनीहरूले “हामीतिर हेर्” भन्ने गरेका कारण,
साम्प्रदायिक प्रचारकहरूले उनीहरूलाई घमण्डी र अनन्य भन्ने गर्छन् । उनीहरू निश्चित र आत्मिक शक्तिवाला
भएका कारण, उनीहरूलाई “कट्टरपन्थी”, “पोपहरू” र “परमेश्वरको बपौतीमा स्वामीहरू” भन्निे गरिन्छ । कायर
भएका कारण, दियाबलसले टाढा रहेर (समीप आउने साहस उसमा छैन) यी उपाधिहरू उनीहरूमाथि फ्याँक्छ र
त्यसैमै सन्तोष गर्छ । तर यस सेवकमण्डलका नानीहरूको बुद्धिमता तर्कसङ्गत छ । विगतमा लङ्गडा रहेका व्यक्तिहरूको
एक विशाल ताँती छ जसले हिँड्दै, उफ्रँदै र परमेश्वरको स्तुति गर्दै छ । यस कुरामा तिमीलाई कुनै शङ्का छ भने,
आउ र आफैँ हेर ।