विलियम ला
कसलाई थाहा छैन शुद्धता र पवित्रताको कुरा गर्नुभन्दा उत्तम शुद्ध र पवित्र हुनु हो? कसलाई थाहा छैन, कुनै व्यक्ति
सामान्य जीवनमा जति शुद्ध, पवित्र र न्यायपूर्ण छ, त्योभन्दा अधिक शुद्ध, पवित्र र न्यायपूर्ण त्यस व्यक्तिको मूल्याङ्कन
गर्नु हुँदैन? यदि यो स्पष्ट छ भने, तब यो पनि स्पष्टै छ कि पवित्र प्रार्थनाहरूको आयोजन गर्नुभन्दा उत्तम पवित्र हुनु
हो ।
हरेक सचेत पाठकले सरलतासाथ बुझ्ने छ, सार्वजनिक या निजी ठाउँहरूमा, प्रार्थनाहरूको वासत्विक र महान्
महिमालाई कम गर्ने मेरो कुनै मनसाय छैन, बरु भक्तिपूर्ण जीवनको तुलनामा भक्तिका एक साधारण हिस्सा प्रार्थनाहरू
हुन् भत्रे कुराको पाठकलाई बोध गराउनु मेरो मनसाय छ ।
घमण्डले भरिएको हुँदाहुदै, घुँडा टेक्ने; पृथ्वीमा खजानाहरू एकत्र गरि रहँदा(रहँदै, स्वर्गीय याचनाहरू; संसारका
मूर्खताहरूमा जीवनयापन गर्दागर्दै पवित्र भक्तिहरू; घृणा र असन्तोषले ह्रदय भरिएको हुँदाहुँदै, विनम्रता र
दानशीलताका प्रार्थनाहरू; बेकामका विचलन, उद्दण्ड भ्रमण र मूर्ख सुखहरूमा दिनहौँ र वर्षौँ समर्पण गर्दागर्दै, केही
घण्टाका प्रार्थनाहरू परमेश्वरका लागि त्यत्ति बेकार र अस्वीकार्य सेवाहरू हुन् जति व्यग्रता र असन्तोषमा जीवनयापन
गर्ने कुनै व्यक्तिका धन्यवाद चढाउने प्रकारहरू ।
हाम्रा प्रार्थनाहरूको साझा अभिप्राय अनुसार हाम्रा जीवनहरूका सामान्य गतिविधि नभएसम्म, वासत्विक वा पर्याप्त
स्तरका भक्ति हुनुभन्दा हाम्रा प्रार्थनाहरू त्यत्ति टाढा छन् कि ती खोव्रmा ओठे(सेवा वा, त्यसभन्दा कमसल, कुख्यात
पाखण्ड बन्छन् ।
मान्छेहरूका सबै व्यवस्थाहरूले व्रिmश्चियन जीवनको एकै सर्वाेत्तम निपुणताको लागि श्रम गर्नु र अभिलाषा गर्नु हो
भत्रे कुरामा हामीलाई सहमत गराउन उपरोक्त कथन पर्याप्त होस् ।
त्यस कारण प्रार्थनामा रहेको पवित्रताका लागि जीवनमा पनि त्यही पवित्रता चाहिन्छ भत्रे कुरा जति निश्चित छ त्यति
नै सुनिश्चित रूपमा सबै व्रिmश्चियनहरूलाई जीवनमा एकै पवित्रताको लागि बोलाइएको छ ।
कुनै व्यापारीलाई सुसमाचारको प्रचार गर्न बोलाइएको छैन, तर हरेक व्यापारीको लागि आफ्नो सार्वजनिक जीवनमा
श्रद्धावान्, विनम्र र पवित्र हुने दायित्व त्यति नै छ जति पादरीको लागि आफ्नो व्यवसायका सबै हिस्साहरूमा उत्साही,
विश्वासी, र परिश्रमी हुने अभिभारा छ ।
व्रिmश्चियनहरूका हैसियतमा, सबै व्रिmश्चियनहरूका लागि एकै बोलावट छ, व्रिmश्चियन आत्माको उत्कृष्टता अनुसार
ज्यूनु र आ(आफ्नो सामान्य जीवनको हरेक स्वभावमा सुसमाचारका कोमल उपदेशहरूलाई नियम र मानक बनाउनु ।
एक जनाको लागि आवश्यक चीज सबैका लागि आवश्यक छ ।
संसारमा रहेका जीवनका कैयौँ तरिकाहरूमा आराधनाका बाहिरी पद्धतिहरूमा अभिवृद्धि गर्न र त्यसरी फैशन र
संसारको चेतनाले स्वीकार गरेका स्वभाव तथा आनन्दहरूमा पहिला जस्तै मान्छेहरूलाई छोड्न परमेश्वरका पुत्र
स्वर्गबाट आउनु भएन । बरु जसरी उहाँ स्वर्गबाट पूर्ण रूपमा आफ्नै प्रकृतिमा पवित्र र स्वर्गीय भएर आउनु भयो,
त्यसरी मानिसहरूलाई पवित्र र स्वर्गीय जीवन ज्यूनुप्रति उहाँको बोलावट थियो; मान्छेहरूका पूर्ण प्रकृति र स्वभावमा
उच्चतम परिवर्तन उहाँको बोलावट थियो; पवित्र आत्मासँग नवजीवन प्राप्त गर्नु उहाँको बोलावट थियो; परमेश्वरका
बुद्धिमता, प्रकाश र प्रेममा जीवनयापन गर्नु र आ(आफ्नो सम्पूर्ण सामथ्र्यमा उहाँ जस्तै हुनु उहाँको बोलावट थियो;
महानता होस्, व्यवसाय होस्, वा आनन्द होस्, संसारका सर्वाधिक प्रशंसनीय तरिकाहरू त्याग गर्नु उहाँको बोलावट
थियो; मानिसहरूका सबै स्वीकार्य आसक्तिहरूलाई आत्मदमन गर्नु र त्यस्तो बुद्धिमता, शुद्धता एवं पवित्रतामा
जीवनयापन गर्नु जसले उनीहरूलाई अनन्त कालसम्म परमेश्वरका आनन्दमा बस्न तेजस्वी र उपयुक्त बनाउन सक्छ,
उहाँको बोलावट थियो ।
त्यस कारण जे केही पनि कुनै व्रिmश्चियनको जीवनमा मूर्ख, हास्यास्पद, व्यर्थ, वा सांसारिक, अथवा कामुक छ, त्यो
नहुने कुरा हो; त्यो त्यस्तो दाग, त्यस्तो मलिनता हो जसलाई पश्चातापका आँसूहरूद्वारा धुनु पर्छ । तर यदि यस्तो
प्रकारको कुनै चीज हाम्रो सम्पूर्ण जीवनमा चल्दै गर्छ, यदि हामी व्यर्थ, मूर्ख वा कामुक हुने चीजहरूमा आफूलाई बग्न
दिन्छाँ,ै हामी आफ्नो विश्वासलाई परित्याग गर्छाँै ।
जति निश्चित रूपमा प्रभु येशू बुद्धिमता र पवित्रता हुनुहुन्थ्यो, जति निश्चित रूपमा उहाँ हामीलाई आफू जस्तै
बनाउन र उहाँकै भावनामा बपतिस्मा गर्न आउनु भयो, त्यति नै निश्चित यो कुरा छ कि आफ्नो भरमग्दुर सामथ्र्यसँग
बुद्धिमान, पवित्र र स्वर्गीय जीवन ज्यूनेवाला बाहेक अरू कसैले पनि आफूलाई व्रिmश्चियन विश्वासमा राख्न सक्दैन ।
यही, केवल यही नै व्रिmश्चियानिटी हो ः हाम्रा सबै गतिविधिहरूमा एक स्वर्गीय बुद्धिमता, संसारको भावना र स्वभाव
नअपनाउनु ।