“मैले तिमीलाई नयाँ गरी जन्मनु पर्छ भन्दा अचम्म नमान ।” यूहन्ना ३ः७ ।
जुन संसारमा हामी बस्दछौँ, हरेक नयाँ दिनसँगै त्यो झन् दुष्ट भइ रहेको छ । आतङ्कवादका धमकीहरूले
समाचारहरूका शीर्षकहरू भरिएका छन् । किशोरहरूले आफ्ना सहपाठी र साथीहरूको हत्या गरि रहेका छन् । अरू
मानिसहरूको भलो चाहनेलाई कमजोरीको चिन्ह ठानिन्छ । अविवाहित आमा(बुवा र अवाञ्छित नानीहरू जताततै
व्याप्त छन् । गर्भपात गरिने क्लिनिकहरू सम्पन्न भइ रहेका छन् । नैतिकता शीघ्रतासाथ पतन हुँदै छ, जबकि
उदासीनता र सरोकारहीनता बढ्दै छन् ।
जुन परिस्थितिहरू हाम्रा सामु छन् ठीक यिनैमा प्रभु येशूका वचनहरू चर्का र स्पष्ट छन् ः “मैले तिमीलाई नयाँ गरी
जन्मनु पर्छ भन्दा अचम्म नमान ।” अन्य शब्दहरूमा, तिमीलाई नयाँ गरी जन्मनु पर्छ, यो कुरा मैले गर्दा
आश्चर्यचकित हुनु पर्दैन । पाप र त्यसका प्रभावहरूद्वारा पतनशीलताको व्रmमलाई परमेश्वरका चमत्कारी अनुग्रह
बाहेक कुनै चीजले पनि रोक्न सक्ने छैन । एकेक समयमा एकेक आत्मालाई नष्ट गर्दै पापको राज्यलाई नाश गर्ने
परमेश्वरको मनसाय छ । यसै कारण मुक्तिदाताका वचनहरू यति विशिष्ट छन् । तिमीलाई नयाँ गरी जन्मनु पर्छ ।
पापको बन्धनबाट प्रभु येशूले तिमीलाई मुक्ति गर्न र उहाँमा निहित स्वतन्त्रताको एक नयाँ जीवन दिन चाहनु हुन्छ ।
परमेश्वरको राज्यमा तिमी जन्मने र एक नयाँ सृष्टि हुने उहाँको तीव्र इच्छा छ । “यस कारण कोही ख्रीष्टमा छ भने
त्यो नयाँ सृष्टि हो । पुरानो बिति गएको छ, हेर, नयाँ आएको छ ।” २ कोरिन्थी ५ः१७ । मेरा साथी परमेश्वरका विरुद्ध
तिम्रा पाप र अपराधहरू जे भएपनि, उहाँले तिमीलाई एक नवजात शिशु जस्तै स्वच्छ र निर्दोष बनाउन सक्नु हुन्छ,
यदि साँचो पश्चातापका साथ तिमीले उहाँलाई खोज्यौ भने ।
धेरै मस्तिष्कहरूमा हिजो(आज एउटा लोकप्रिय धारणा विद्यमान छ । त्यो हो, परमेश्वरलाई प्रसन्न पार्न र स्वर्गमा
जानका लागि केवल परमेश्वरमा “विश्वास”, चर्चमा सहभागिता, र आफूले सकेसम्म राम्रो गर्ने कार्य पर्याप्त छन् ।
तर मेरा प्रिय, यो दियाबलसद्वारा फैलाइएको झुट हो । यूहन्ना ३ः३ मा प्रभु येशूले भन्नु हुन्छ, “साँच्चै म तिमीलाई
भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन ।” यदि तिमीले परमेश्वरमा विश्वास गर्छौ,
तब निश्चित रूपमा तिमीले उहाँका वचन अनुसार कार्य गर्न चाहने छौ । तिमीले आफ्ना पापहरूका लागि
परमेश्वरको क्षमा प्राप्त गर्नु पर्छ, अनि सबै पाप त्याग्नु पर्छ र प्रभु येशूमा नयाँ जीवन ज्यूनु पर्छ—पाप नगरिकन, एक
पवित्र जीवन ।
यी शब्दहरूमा कृपया आजै विचार गरौँ । यी शब्दहरू प्रेमका कारण प्रस्तुत गरिएका छन्, दोषी ठहराउनका निम्ति
होइन । “किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनु भएन, तर संसार उहाँद्वारा
बाँचोस् भनेर पठाउनु भयो ।” यूहन्ना ३ः१७ । सत्यनिष्ठासाथ उहाँकोमा आउने सबैलाई प्रभु येशूले उद्धार गर्नु हुन्छ ।
तिमीलाई पापबाट बचाउने र नरकबाट सुरक्षित पार्ने उहाँको इच्छा छ ।
कृपया आफ्नो आत्माको परीक्षण आजै गरौँ । यदि तिमीलाई उद्धार गरिएको छैन, सदाको लागि अत्यधिक ढिलो
हुनभन्दा पहिलै प्रभु येशूका नामलाई आवाहन गर । गरेका पापहरू स्वीकार गर र सबै पापहरू त्याग, र उहाँले तिम्रो
उद्धार गर्नु हुन्छ । तिमीलाई नयाँ गरी जन्मनु पर्छ ।
डेल हार्टन द्वारा