धेरै व्यक्तिहरूले दाबी गर्छन्, मान्छेको पोशाकको कुनै महत्त्व छैन, हृदयमा रहेका कुरा महत्त्वपूर्ण छन् । यस विषयमा
तथ्य के छ भने, जीवनका मामिलाहरू हृदयबाट प्रवाहरत हुन्छन् । यदि कुनै व्यक्ति आत्मामा घमन्डी, सांसारिक र
अशालीन छ, निश्चित रूपमा नै त्यसका यी कुराहरू त्यसको पोशाकमा व्यक्त हुने छन् । व्यक्तिको पोशाकले उसका
मुखबाट निस्कने शब्दहरूभन्दा पहिले बोल्छ । यसका विपरीत, शालीन पोशाक लगाउने व्रिmयाले कसैलाई हृदयमा
पवित्र पार्ने छैन, तर हृदय पवित्र भएको अवस्थामा पोशाक त्यसको साक्षात फल हुने छ ।
धेरै वर्ष बितेका छैनन्, एक समय थियो जब धर्मनिर पेक्ष समाजले पनि आआ फ्ना शरीरहरूलाई पूर्ण रूपमा ढाक्ने
व्रिmयामा विश्वास गर्थे । तर अब हामी एउटा पतनशील समाजमा बस्दै छौँ, अनि यस समाजका अधिकांश
मान्छेहरूको ढुब्दो नैतिकताका साथ, उनीहरू आआ फ्नो पोशाकमा निकै अशालीन भएका छन् । धार्मिक क्षेत्र यस
प्रवृित्तमा सँगसँगै हिडेको छ, प्रेरित पावलले यहाँ उद्धृत चेतावनी दिए तापनि ः “यस संसारको ढाँचामा नचल…” रोमी
१२ः२ । हाम्रा पोशाक समेत हाम्रा जीवनहरूका सबै क्षेत्रहरूमा केही चीजहरू छन् जुन “परमपिताका छैनन्, बरु
संसारका छन्…”
पवित्र बाइबलले भनेको छ “…आआ फ्नो शरीरमा र आत्मामा परमेश्वरको महिमा गर, यी दुवै, अर्थात् शरीर र
आत्मा परमेश्वरका हुन्” (१ कोरिन्थी ६ः२०) । “… शान्तिका परमेश्वर आफैले…तिमीहरूका समस्त आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशु ख्रीष्टको आगमनमा निष्कलङ्क रहून् ।” १ थेसलोनिकी ५ः२३ । पवित्र बाइबलले पोशाकको विषयमा केही विशिष्ट निर्देश दिएको छ—
हाम्रो पोशाक सजावट नगरिएको, साधारण र शालीन हुन पर्छ ः १ तिमोथी २ः९१०
“यसै गरी म चाहन्छु, कि स्त्रीहरूले सरलता र भद्रतासाथ सुहाउँटो वस्त्र पहिरून्, केशको बढी सिङ्गार गरेर, सुन,
मोती र बहुमूल्य वस्त्रहरू पहिरेर होइन । तर असल कामद्वारा सुसज्जित होऊन् (जो परमेश्वरका भक्ति गर्ने
स्त्रीहरूलाई सुहाउँछ) ।”
एफ. जी. स्मिथले भने, “महिलाहरूको पहिराइ ‘शालीन पोशाकमा हुन पर्छ… सुन, मोती, अथवा महँगो पहिरनमा
होइन ।’ त्यस कारण अलङ्करणका यी वस्तुहरू शालीन पोशाक होइनन् । तिनीहरूलाई पहिरने भावना विनम्रता र
शालीनताबाट प्रोत्साहित हुँदैन, बरु हृदयमा रहेको घमन्डबाट हुन्छ । यस धर्मग्रन्थबाट स्पष्ट छ, यस्ता कुरा
‘परमेश्वरको भक्ति गर्ने स्त्रीहरूका’ बत्र सक्दैनन् । पाठक महोदया ! के तपाईँ ‘परमेश्वरको भक्ति गर्ने स्त्री’ हुनुहुन्छ?
के तपाईँ यी वस्तुहरूसँग आभूषित हुनुहुन्छ? त्यस्तो भए, यी वस्तुहरूद्वारा तपाईँको धर्मघो
षणा हुन सक्दैनन्, अनि
तपाईँ शालीन पोशाकमा हुनुहुत्र ।
“यी सिद्धान्तहरू समान शक्तिसाथ पुरुषहरूका लागि पनि लागू हुन्छन् । पाठक महोदय ! परमेश्वरका वचनले निषेध
गरेका पोशाकलाई निरन्तर पहिरिँदै गर्ने र फेरि पनि तपाईँ परमेश्वरको अनुग्रहले भरिएको एक आध्यात्मिक व्यक्ति हुन
सक्नु हुन्छ भत्रे विश्वास मार्फत स्वयंलाई धोका नदेऊ । यस्तो कुरा असम्भव छ । परमेश्वरका बालकहरू आज्ञाकारी
हुनु पर्छ ‘आज्ञाकारी बालकहरू भएका हुनाले अगाडिको अजान अवस्थाका कुइच्छाहरूमा तिमीहरू अब नलाग । तर
तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ’ (१ पत्रुस
१ः१४१५)
”
१ पत्रुस ३ः३४
“केशको सिङ्गार, सुनको गहनापात र दामी वस्त्र तिमीहरूको बाहिरी सिङ्गारपटार नहोस् । तिमीहरूका भित्री हृदयलाई
भलो र शान्त आत्माको अविनाशी रत्नले सजाओ, जो परमेश्वरको दृष्टिमा साह्रै मूल्यवान् छ ।”
(प्राचीन समयमा महिलाहरूले जटिल केशशैलीहरू बनाउनका लागि केश “गुथ्न” वा केशहरूमा अरू चीज बेर्ने गर्थे ।
प्रेरितले यस फेसन विरुद्ध चेताउनी दिए र सन्तहरूलाई आआ
फ्ना केश साधारण तरिकामा, कुनै अनावश्यक वस्तु
बिना राख्ने निर्देश दिए । आजका परमेश्वरका भक्ति गर्ने स्त्रीहरूलाई निसन्देह पत्रुसले धेरै कुरा भत्रु हुन्थ्यो यदि उनले
उनीहरूको अशालीनता र सांसारिकता हेर्ने थिए !)
१ कोरिन्थी ११ः१४१५
“पुरुषले लामो केश पाल्यो भने त्यो त्यसको निम्ति शर्मको कुरा हो भनी के प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र?
तर यदि स्त्रीको लामो केश छ भने त्यो उसको निम्ति गौरव हो । किनकि स्त्रीको केश उसलाई ढाक्नलाई दिइएको हो
।”
पुरुष र महिलाहरूका पोशाक अलगअलग
होस् र उनीहरू छुट्टाछुट्टै देखून् भत्रे मनसाय परमेश्वरले बनाउनु भयो ः
व्यवस्था २२ः५
“पुरुषले लाउने लुगा स्त्रीले लाउनु हुँदैन, र स्त्रीको लुगा पनि पुरुषले लाउनु हुँदैन । यसो गर्नेलाई परमेश्वरले घृणा
गर्नुहुन्छ ।”
स्पष्ट रूपमा मोशा, पत्रुस र पावलले बाहिरी चीजहरूलाई सम्बोधन गर्नु आआ
फ्नो पादरी (मिनिस्टर) कर्तव्य ठात्रु
भयो ! परमेश्वरको प्रेरणाले दिइएका यी धर्मग्रन्थहरूलाई बेवास्ता गर्ने स्वतन्त्रता उनीहरूसँग छ र यस संसारको
घमन्डी र अशालीन पद्धतिमा निरन्तर हिँडदै गर्ने कुरामा आज प्रभुका भक्तजनले कसरी विचार गरेका छन्, म जात्रु
चाहन्छु । प्रभु येशुले भत्रु भयो, “जसले मलाई प्रेम गर्छ, त्यसले मेरो वचन पालन गर्नेछ” (१४ः२३ यूहत्रा)। “मैले
भनेका कुरा गर्दैनौ भने किन मलाई प्रभु प्रभु भन्दछौ?” (लूका ६ः४६) ।