सहस्राब्दीवादीहरूको इतिहास

—मूर्तीपूजकहरूले सर्वप्रथम यसमा विश्वास गरे—
सहस्राब्दीको विचार व्रिmश्चियनहरूले मूल रूपमा यहूदीहरूबाट ग्रहण गरे, तर व्यापक अर्थमा यो
विचार यहूदीहरूकै सृजना होइन । विभिन्न मूर्तीपूजक देशहरू—मिस्र, बेबीलोन, ईरान, ग्रीस, र
रोम—मा भविष्यमा संसारमा स्वर्णिम युग अस्तित्वमा आउने विचार थियो जब दुष्ट्याइलाई परास्त
गरिने छ । पारसी धर्मले शत्रुतापूर्ण शक्तिहरूको पतन पछि हजार वर्षको एक अवधिको अपेक्षा
ग¥यो, जसमा मृतकहरूको पुनरूत्थान हुने थियो ।
यस्तो अवधि बारे पछिको यहूदी विचार स्वाभाविक रूपमा देशहरूद्वारा त्यस्तै अवधि सम्बन्धी
राखेका विचारहरू मार्फत रङ्गिएको थियो । तर यहूदी विचार मुख्य रूपमा पुरानो करारको
मुक्तिदाता सम्बन्धी भविष्यवाणीमा आधारित थियो । त्यसमा मुक्तिदातालाई इस्राएलका शत्रुहरूमाथि
न्यायको कार्यान्वयन गर्दै, यरूशलेममा दाऊदको सिंहासन भव्य रूपमा पुनः स्थापित गर्दै,
इस्राएललाई उन्नत पार्दै, र मूर्तीपूजकहरूमाथि शासन गर्दै दर्साएको थियो । त्यस पछि मरुभूमि
गुलाफ जस्तै फव्रmने थियो, माटो निकै उब्जाउ र प्रकृति विशेष रूपमा फलदायी हुने थियो, जबकि
जङ्गली पशुहरू विनम्र हुने थिए र मानिसहरूमा युद्धहरू समाप्त हुने थिए ।
यी भविष्यवाणीहरूको शाब्दिक व्याख्या गरेका कारण, सामान्य रूपमा यहूदीहरूले मुक्तिदाताद्वारा
एक सांसारिक राज्य स्थापित गर्ने अपेक्षा गरे । त्यस समयका यहूदीहरूमाझ प्रभु येशू सम्बन्धी
सामान्य अपेक्षा यस्तै थियो । राज्य यस संसारको हुने छैन भन्ने कुरा प्रभु येशूले बारम्बार सिकाए
तापनि, उहाँको स्वर्गारोहणभन्दा थोरै समय पहिलेसम्म पनि प्रेरितहरूसमेतमा सहस्राब्दी सम्बन्धी
विचार यस्तै थियो ।
यहुदी धर्मका लेखकहरूमा मुक्तिदाताका शासनकालमा हुने भौतिक लाभहरू सम्बन्धी केही
अतिशयोक्तिपूर्ण विचारहरू थिए । पृथ्वीले कैयौँ हजार गुना उत्पादन गर्ने थियो, अनि अन्न, फल, र
मासु अथाह बहुतायतमा उपलब्ध हुने थियो ।
तर प्रभु येशूले त्यस्ता पापमय शरीरतिर लागेका मनहरूका आशाहरूलाई निराश पार्नु भयो । उहाँले
न कुनै सांसारिक राज्य स्थापित गर्नु भयो न त्यसको कुनै आश्वासन दिनु भयो । न्यू शैफ(हर्जन
एन्साइक्लोपेडिया आफ रेलिजस नालेज (न्यू शैफ(हर्जन धार्मिक ज्ञानको विश्वकोश) का शब्दहरूमा,
“येशू ख्रीष्टको शिक्षा सहस्राब्दवादी छैन ।”
नयाँ करारका पत्रहरूद्वारा दिइएको शिक्षाको विषयमा पनि वास्तवमा यही भन्न सकिन्छ ।
प्रेरितहरूले प्रभु येशूका वर्तमान आत्मिक राज्यको शिक्षा दिएका छन् ।
—आर. आर. बाइरम

Leave a Comment