प्रभु येशुको सुसमाचारको सेवालाई स्वर्गीय बोलावट सर्वश्रेष्ठ सम्मान हो, जुन मानव बौद्धिकतालाई प्रदान गरिन्छ
अनि यसमा गम्भीर उत्तरदायित्व समावेश छ । धर्तीका करोडौँ बासिन्दाहरूको अनन्त हित परमेश्वरका दूतहरूको
बफादारीतामा निर्भर छ ।
सम्झौतावादी प्रचारक त्यो हो, जसले परमेश्वरको पूर्ण परामर्शलाई घोषित गर्दैन, सम्पूर्ण सुसमाचारलाई सिकाउँदैन;
श्रोताहरूका हृदयहरूमा सुसमाचारलाई लागु गर्दैन अनि आफ्नो निजी जीवन र व्यवहारमा त्यसको सामान्जस्य गर्दैन ।
बाइबलद्वारा स्पष्ट पारिएका नैतिक सुधार सम्बन्धी प्रश्हरूमा कुनै सेवकको निरन्तर मौनताले उसलाई समय–सेवी,
सम्झौतावादी र कायरको श्रेणीमा उभ्याउँछ । प्रचारकहरूद्वारा पवित्रताको दावी गर्नु र पापको पुष्टि गर्नु चर्चको
भलाइ र मानवताको कल्याणका विपरित एकदमै सामान्य घृणास्पद स्थिति हो । धेरै प्रचारकहरू नीच र मानिसलाई
खुशी पार्ने चेतनाद्वारा नियन्त्रित छन्; हजारौँ व्यक्तिहरूलाई अन्तहीन सास्तीमा बगाउने सांसारिकता र
औपचारिकताको प्रवाहलाई उनीहरूले गाली गर्दैनन् । निसन्देह उनीहरू “चर्को स्वरमा कराउन एवं सङ्कोच नगर्न” र
मानिसहरूलाई उनीहरूका पाप दर्शाउन भय मान्छन् ।
सांसारिकतातिरको प्रवाह भयङ्कर छ । हालको सतही धर्ममा व्यापकता र जलप हुन सक्छ, तर यसमा गहिराइ छैन;
यसमा टिकाउ गुणहरूको अभाव छ । यो पातलो पालिस जस्तै छ, जुन तुरन्तै फुट्छ र त्यसमुनि रहेको स्पर्शरहित
खस्रोपनालाई छर्लङ्ग पार्छ ।
संसारको चेतना पूर्ण सुसमाचार कार्यको लागि विनाशकारी छ, र प्रचारकहरू यस चेतनाद्वारा मदमत्त हुँदै गएमा
परमेश्वरको कार्यका लागि उनीहरू अयोग्य हुने छन् । यो एउटा झुटो दानशीलता हो जसले चरित्रको कमजोरी,
सांसारिकता र घमन्डलाई सुधार नगरीकन छोड्छ । काटछाँट गर्ने चक्कुलाई प्रचारकको मञ्चमा छोडिन्छ, सभाका
दायित्वहरूप्रति खुला उलङ्घनमा आँखा चिम्लिइन्छ, र प्रचारकले नतताएको मोर्टारको आपूर्ति अधिक मात्रामा गरि
रहेको हुन्छ, जसद्वारा उसले सर्वाधिक स्वीकृत शैलीमा अन्तहीन लेप लगाइ राख्छ, जब कि उसका भ्रमित प्रशंसकहरू
“महयुक्त शब्द, कोमल भाषण, अलङ्कृत सराहाना, खोक्रा शिष्टाचार र बनावटी मित्रताहरू” मा हर्षित हुन्छन् । ठट्टा
गर्ने, रमाइलो गर्ने, सुविधा खोज्ने र सम्झौता गर्ने सेवाले प्रचारक मञ्चबाट अलोकप्रिय सत्यहरू प्रस्तुत गर्ने कुनै
जोखिम कहिल्यै लिएको छैन । जब खतराको सङ्केत देखाउनु पर्छ, उनीहरू “शान्ति, शान्ति ” भनेर चिच्याउँछन्, र
त्यसरी आत्माहरूलाई मौनतासाथ खाल्डामा खस्न दिन्छन् । महान् दिनमा भेटको लागि यो कस्तो वृत्तान्त हो १
वस्तुहरूको यस्तो अवस्था चर्चमा केवल सांसारिक चेतनाले सहन गर्ने कार्यको स्वाभाविक परिणाम हो । कुलीनता,
घमन्ड, मोह, बेकारको कुराकानी, “मूर्ख बातचित र उपहास” जुन सामाजिक भेलाहरूका स्पष्ट हिस्सा हुन्छन्,
प्रचारकहरू त्यसमा सामिल भए वा उनीहरूले त्यसमा प्रोत्साहन दिए गम्भीर परिणमहरू उत्पन्न हुन्छन् । रात्रिभोज,
जमघट, मनोरञ्जन, खेल, नाट्य अभिनय र त्यस्ता अन्य कार्यकलापमा सैतानले खुट्टा टेक्ने ठाउँ पायो भने, उसले
तुरुन्तै मोजमज्जा र फेसनप्रतिको मोहद्वारा भक्ति र आध्यात्मिकतामा अभिवृद्धिका निम्ति बनाइएका वर्ग सभा, प्रार्थना
सभा र अनुग्रहका अन्य साधनहरूको अभिलाषालाई ओझेलमा पार्ने छ ।
कैयौँ धार्मिक भेलाहरूमा सांसारिकता र सम्झौतावादको चेतनाले पूरा वातावरण नै उत्तेजित भएको देखिन्छ ।
प्रचारकहरूले धाक लगाउन र नाट्य दृश्य अभिनय गर्नका निम्ति प्रचारक आशनलाई मञ्चमा परिणत गर्छन् ।
नितान्त नम्रतालाई धर्मको रूपमा प्रस्तुत गरिन्छ , र “श्रेष्ठ समालोचना”को पातलो तरल मिसावटद्वार स्वादिलो
बनाइएको वैज्ञानिक छलफल र दार्शनिक अड्कलबाजीको खिचडीले प्रभु येशुको सुसमाचारको स्थान ग्रहण गर्छ ।
परिणाम स्वरूप अन्धकारमा रहेका र आफ्ना आध्यात्मिक हितप्रति बेवास्ता गर्ने जनसमुदाय अनन्तकालसम्म हराउने
छन्, यदि दुषित सुसमाचारको उपदेश सुन्ने कार्यले गर्दा उनीहरूमाथि छाएको तन्द्रवस्थाबाट उनीहरूलाई कुनै
तरिकाले ब्युँझाइदैन ।
सतही धर्म अतिशय मागमा छ । हालको समयको लागि शुद्ध सुसमाचारको सत्य, अन्तर आत्मागामी र सूक्ष्म माग गर्ने
खालको छ । विद्रोही राष्ट्रको प्राचीन चिच्याहट आज पुनः दोहो¥याइँदै छ “हामीलाई ठिक कुराहरूको दर्शन नदेओ १
हामीलाई मनपर्दा कुराहरू भन, भ्रमात्मक अगमवाणी कह ।” यशैया ३०ः१० ।
तर उपचार कहाँ छ ? सम्झौतावादी सेवाका कमजोरी र औपचारिकता थाहा पाउन सजिलो छ तर प्रभावकारी
उपचार लागु गर्न सजिलो छैन । जीवन, शक्ति र आध्यात्मिक ऊर्जाको एक श्रोत हो जससँग कुनै तरिकाबाट सेवालाई
सम्पर्कमा ल्याउँनु पर्छ । चर्चको पद्धतिमा “बढी गतिविधि” ले मात्र यसलाई साकार पार्न सकिँदैन; “पहिला नै प्राप्त
गरेका उपहारमा अभिवृद्धि” ले मात्र यसलाई साकार पार्न सकिँदैन; चर्चको कार्यमा “झन उत्साहित” भएर मात्र पनि
यसलाई साकार पार्न सकिँदैन ।
१.परमेश्वरका सामु गहिरो विनम्रता हुनु पर्छ, सांसारिक सम्बन्धहरूलाई त्याग्नु पर्छ; असङ्गत जीवनहरूलाई सच्याउनु
पर्छ । जसका सम्पूर्ण आत्माहरू कार्यमा सम्लग्न छन्, सेवाका लागि त्यस्ता मानिसहरूको आवश्यकता छ;
मुक्तिदाताको राज्यको निर्माणका लागि आवश्यक कुनै पनि वलिदान दिन इच्छुक मानिसहरू चाहिन्छन् ।
२. प्रेरित सरहका सेवकहरू चाहिन्छन्——पवित्रताको अनुभवमा स्पष्ट र त्यसलाई सिकाउन नडराउने सेवकहरू
चाहिन्छन्, पवित्र आत्माको अभिषेक र प्रेरणामुनि जसले बास गर्छन्, र त्यस्तो सेवासँग सम्लग्न परिश्रम, सजायँ र
कष्ट भोग्नलाई तयार सेवकहरू चाहिन्छन् । आध्यात्मिक रूपमा ज्ञानोद्वीपन भएको मस्तिष्कलाई आधुनिक प्रचारक
आशनको रोगी भावुकताले अत्यधिक थकाउने छ । शुद्ध र बाइबलद्वारा वर्णित, मानव अडकलबाजीसँग नमिसिएको
सत्य एउटा त्यस्तो मार्ग हो, जसबाट परमेश्वरले कार्य सञ्चालन गर्नु हुन्छ ।
३.जसले पुनर्जीवनको आगोलाई बाली राख्छन्, डलर अथवा प्रसिद्धिभन्दा माथि आत्माको मूल्याङ्कन गछनर््, धर्ममा
भावुकतालाई अवमूल्यन गर्दैनन्, हतोत्साहित पार्ने सांसारिक मनोरञ्जनहरूका विरुद्ध “मुहारलाई दृढ बनाउँछन्”, र
चर्च र संसारका बिच “सीमा रेखा” बनाई राख्छन् त्यस्ता अरू प्रचारकहरूको वर्तमान युगमा निकै आवश्यकता छ ।
सुसमाचारको पद्धतिमा सरलता शुद्धता नभएको कुनै प्रकारको धर्मलाई कुनै पनि प्रचारकले आफ्नो प्रभाव, समय, श्रम
वा समर्थनका साधन प्रदान गर्न सक्दैन । शक्ति र पदोन्नतिको अत्याज्य महत्त्वाकाङ्क्षाले सञ्चालित पवित्र
कपटीहरूले केही समयका लागि शक्ति र भक्तिको देखावा गर्न सक्छन्, वरिपरि प्रशंसकहरूको घुँइचो जम्मा गर्न
सक्छन्, सहानुभूति र समर्थन प्राप्त गर्न सक्छन्, तर तिनीहरूको दौड सामान्यतः छोटै हुन्छ, र उनीहरूको नक्कलीपना
छर्लङ्ग भएपछि झन् घिनलाग्दो हुन्छ ।
४.उपयुक्त नेतृत्त्वको अभावमा, कैयौँ “चर्चहरू” सांसारिकताको बढ्दो प्रवेगसँग जुझ्न अत्यधिक शक्तिहीन छन्,
जसको बाढीमा उनीहरू स्वयम् पनि बग्दै छन् । प्रचारकहरूको मूर्खता उदेकलाग्दो छ । निसन्देहः हरेक प्रचारक मुक्त
हुनु पर्छ—— पाप मुक्त, अपत्रिता मुक्त, सम्मान, प्रसिद्धि वा प्रशंसाप्रतिको प्रेमबाट मुक्त, सबै कार्यहरूमा परमेश्वरको
इच्छाको अनुगमन गर्नबाट मुक्त । “सानातिना पथभ्रम” जस्ता चिजहरू विरुद्ध पनि सेवाले ध्यानपूर्वक होसियार रहनु
पर्छ ।
सेवामा सम्लग्न भाइहरू हो, यदि तिमीहरू शत्रुलाई अलमलमा पार्न चाहन्छौ र उसका योजनाहरूलाई परास्त गर्न
चाहन्छौ भने उसका सैतानी सुझाव र लोभहरूतिर ध्यान नदेओ, बरु प्रभु येशुको गैर सम्झौतावादी सुसमाचारलाई
पूर्ण रूपमा बफादारीसाथ सिकाउन अग्रसर होओ ।
यस्ता श्रमिकहरूको सधैँ बढ्दो आवश्यकता छ । पाक्दो बालीले उनीहरूको माग गर्छ, बालीको परमेश्वरले
उनीहरूलाई बोलाउनु हुन्छ । कसले प्रतिक्रया दिन्छ ?
बी. आर. जोन्स