सदाचारी महिलाहरू | दि चर्च आफ गाड

सदाचारी महिलाहरू

१९६० मा एक सामाजिक उथलपुथल देखियो—त्यसलाई व्यवस्था‐विरोधी विद्रोह तपाईँले भन्न सक्नु हुन्छ । हुनेवाला के
छ भन्ने कुराको हामीलाई अलिकति बोध पनि थिएन । त्यस पछि समाज पुरानै खालको रहेन । परम्परागत सामाजिक
मानदण्डहरू भताभुङ्ग भए र विवाहविच्छेद, गर्भपात, यौन लम्पटता, लिङ्ग भ्रम इत्यादिका ढोकाहरू निसञ्कोच खुले ।
आफ्ना नव‐निर्मित “स्वतन्त्रताहरू” का लागि समाजले निकै मूल्य तिरेको छ । यस परिप्रेक्ष्यको परिवर्तनले परिवार र
पारिवारिक जीवनमा आफ्ना विनाशकारी चिन्हहरू छोडेको छ । हरेक व्यक्तिले कष्ट भोग्नु परेको छ—बुवाहरू,
आमाहरू र छोराछोरीहरूले । विवाहले आफ्नो पवित्रता हराएको छ अनि बच्चाहरूले सुरक्षा हराएका छन् ।
पारिवारिक मूल्यहरूमा आव्रmमण गर्दा दियाबलसलाई राम्ररी थाहा थियो उसले के गरि रहेको छ । उसले पत्नीहरूलाई
घरबाट बाहिर लग्यो, नानीहरूलाई डेकेयर होमहरूमा हाल्यो, र परिवारको मुख्य र प्रदाता हुने हैसियत पतिहरूबाट
हरण ग¥यो । परम्परागत घरमा परमेश्वरद्वारा नियत गरिएको व्यवस्थामा यस व्यवधानले गर्दा सामाजिक
समस्याहरूमा निरन्तर वृद्धि भएको छ । नैतिक पतन हरेक ठाउँमा प्रमाणित छ ।
महिलाहरूमा यसको प्रभावमा विचार गर्दा हामी के हेर्छौँ भने—स्त्रीलिङ्गलाई शोभित गर्ने सदाचारबाट महिलाहरूको एक
पीढीले स्वयंलाई अप्रतिष्ठित तुल्याएका छन् । हो आज कसैले सोध्न सक्छ, “उच्च चरित्र भएकी पत्नी कसले पाउन
सक्छ? तिनी मानिकभन्दा पनि अति नै बढी मूल्यकी हुन्छिन् ।” हितोपदेश ३१ः१० । साँच्चै, वास्तवमा, शोभा र
सदाचारले युक्त सम्मानीय महिलाहरू कता छन्, जसलाई समाजका लागि आदर्श मान्न सकिन्छ? त्यस्ता महिलाहरू
दुर्लभ भएका छन् ।
आमा‐बुवाहरू हो ! तिम्रा सदाचारी छोरीहरूलाई के भयो? हरे, व्यापक व्यभिचारको त्रासदी ! के कमसल,
प्रतिबद्धताहीन सम्बन्धहरूको पीडा अनिर्वचनीय होइन र?! पुण्य हराएको अवस्थामा पाप सधैँ बढ्दै जाँदै छ, अनि
अन्गनती अजन्मा शिशुहरूको हत्या भइ रहेको छ ।
युवा उमेरदेखि नै केटीहरूलाई कामुक पोशाकमा सज्जाउँदै गरिन्छ । अनि उनीहरूका आमा‐बुवाहरूले त्यस्तो गर्न
दिन्छन् ! (आगामी पीढीले के गर्ने छ होला?!) यदि हामी समयलाई केही दशकहरू पछाडि लैजान्छौँ भने, हामीले के
भेट्ने छौँ भने, वर्तमान समयमा महिलाहरूको यस्तो पोशाकहीनता केवल एक प्रकारका महिलाहरूको हुने गथ्र्यो ।
सज्जन पुरुष तिनीहरूबाट टाढा बस्ने गर्थे ।
अब बिलबोर्ड, पत्रिका र बाजारहरूले यस कुराको प्रमाण दिन्छन् कि कारदेखि जीन्ससम्म कुनै पनि चीज बेच्नका
लागि महिलाहरूले स्वयंलाई यौन वस्तुहरूका रूपमा शोषण गर्न दिई रहेका छन् । उनीहरू बिकी सकेका छन् । पुण्य
वा शोभाको अलिकति मात्रा मात्र शेष रहेको देखिन्छ, विशेष रूपमा हाम्रो आगामी पीढीमा ।
लज्जाशील महिलाहरू लगभग हराइ सकेका छन् । महिलाहरू अब महिलाहरू रहेका छैनन्, व्यवहारमा उनीहरूमध्ये
धेरै अभद्र‐मुखी र खुलमखुला कामुक भएका छन् । आफ्नो आत्म‐पतनको आचरणद्वारा उनीहरूले स्वयंलाई सज्जन
पुरुषहरूका आदरका योग्य ठान्दैनन् । एक व्यक्तिले लेखेको छ, “जबसम्म यौनलाई वस्तु र शक्तिको स्रोतको रूपमा
उपयोग गर्न समाजले अस्वीकार गर्दैन, तबसम्म कैयौँ छोरीहरू, दीदी‐बहिनीहरू र श्रीमतीहरू सस्तो पसलका
वेश्याहरू जस्तै देखिने छन् । प्रकाशनहरूले तपाईँ जस्ता महिलाहरूलाई बिव्रmीको सामग्री बनाउँछन् ।”
हामी पवित्रताका अनुयायी छौँ (वा झन् उत्तम रूपमा हामीले व्यक्त ग¥यौँ भने, हामी धार्मिकता अपनाउँदै छौँ?) भन्ने
दाबी गर्ने महिलाहरूले यस दुखद परिस्थितिमा वृद्धि गर्दछन्, किनभने उनीहरूले पनि निर्लज्ज र कहिलेकाहीँ
पुरुषहरूको पोशाक—पाइन्ट (कसिलो वा अन्य), तलसम्म काटेको कमीज, शरीरसँग टासिने स्कर्टहरू लगाउँछन् र
प्राचीन “भूमिका नमूना” ईजेबेल सरह नै आ‐आफनो मुहारमा लेप लगाएर सज्जाउने गर्छन् । पवित्रता अपनाउने
दाबी गर्नेहरू हो? हाम्रो पवित्र परमेश्वरका नानी हुने दाबी गर्ने हो? तिमी जस्ताहरूलाई अधिक धिक्कार छ ।
महिलाहरूले मात्र यस वर्तमान सामाजिक परिस्थितिलाई ल्याएका छैनन्, तिमीले यस्तो भन्न सक्छौ, अनि मैले यो कुरा
सहृदय स्वीकार्ने छु । तर, कामुक “पैकेजिङ्ग” लगायत, त्यस्ता अनैतिक, पतित आचरणका लागि स्वयंलाई प्रस्तुत गर्नु
महिलाहरूले बन्द गरेको भए र खुला रूपमा व्यभिचारमा ज्यूनु बन्द गरेको भए, अरूहरूका अपेक्षा र आचरणहरू
बाध्यतावश बदल्ने थिए ।
यस पीढीका प्रिय महिलाहरू हो, केही पुनर्मूल्याङ्कनहरू गर्ने समय आएको छ । परिस्थितिहरू जस्ता हुन पर्ने हुन्
त्यस्ता छैनन् । उठ र परिवर्तन आरम्भ गर—आफ्नो लागि र आउनेवाला छोरीहरूका लागि । परमेश्वरको इच्छा
अनुसार, नारीत्व विद्यमान अवस्थाभन्दा अधिक भद्र र उच्च छ ।
सिस्टर सूसन म्यूच