संसारको एक मित्र? | दि चर्च आफ गाड

संसारको एक मित्र?

उनीहरू संसारलाई अप्रसन्न गरि रहेका छैनन् सुनिश्चित गर्ने प्रयासमा आज आफूलाई व्रिmश्चियन भन्ने
अत्यधिक मानिसहरू सत्यसँग मौनतासाथ किन छल गरि रहेका छन्? परमेश्वरको शत्रु यस्तो ध्यानपूर्वक
सरोकारको योग्य कहिलेदेखि भयो? हामी सत्य अँगाल्र्छौँ दाबी गर्नेवालाले कसरी सत्यलाई यस्तो अपमान र
लज्जासाथ व्यवहार गर्छन् ! यस्तो लाग्दै छ कि उनीहरूले सुरक्षित दूरीबाट सत्यलाई अँगाल्छन्, नत्र,
उनीहरूलाई भय छ कि उनीहरू निकै प्रेमपूर्वक सत्यसँग गाँसिएका छन् भन्ने कुरा संसारले विचार गर्ला ।
लज्जास्पद कायरहरू, त्यस्ता सबै व्रिmश्चियन हुने दाबी गर्नेवाला ! न त उनीहरूले व्रmूसको महिमा बुझ्छन्,
न संसारमा विद्यमान भ्रष्टाचार थाहा छ । जस प्रभु येशूका अनुयायी हुने दाबी उनीहरूले गर्छन्, न त त्यस
प्रभु येशूलाई उनीहरूले बुझ्छन्, न त उहाँका महान् मुक्तिको शक्तिलाई, जस मुक्ति बिना अन्यथा
उनीहरूका लागि संसार पीडाको पराकाष्ठा हुने थियो — घृणासाथ एकातिर फाल्ने चिथ्रो ।
एक व्रिmश्चियन, र संसारको मित्र? यस्तो हुन्सक्दैन, किनभने संसारप्रति मित्रता नै परमेश्वरसँग शत्रुता हो
(याकूब ४ः४) । संसारको तालसँग हिँडनु? त्यसको मुस्कान खोज्नु? त्यसको सराहनाको लागि पोशाक
लगाउनु? त्यस्तो व्यक्ति व्रिmश्चियन हुन सक्दैन ! दुई विचारहरू बीच अलमलाउने र प्रभु येशूसँग हिँडाइमा
लज्जा महसुस गर्नेवाला दोधारमा परेकाहरूका व्यक्तिले त्यस्तो गर्दै गरून् । कुनै व्रिmश्चियनको यससँग कुनै
सरोकार छैन ।
कसै(कसैले भन्छन्, समय परिवर्तन भएको छ अनि विगतमा अपनाइएको दृष्टिकोणभन्दा फरक दृष्टिकोण
संसार जित्नलाई व्रिmश्चियनहरूले प्रयोग गर्नु पर्छ । यो शैतानको ठूलो झुट हो ! यसमा विश्वास नगर !
यस्तो ज्ञान कामुक र शैतानी छ (याकूब ३ः१५)—यो शरीरमा अधिक जीवन निर्वाह गर्ने र व्रmूसको अधिक
अवहेलना गर्ने बहाना हो । व्रmूसको प्रचार र संसारबाट पृथक्ता सधैँ हराएकाहरूलाई बचाउने र कीर्ति प्राप्त
गर्ने साधन रहेका छन् । यसभन्दा कम कुनै पनि चीजले केवल ती विषाक्त प्रकारका धार्मिक
भ्रष्टाचारवादीहरूलाई फस्ट्याउने छ, जो संसारप्रति आफ्नो प्रेममाथि कहिल्यै उठन सकेको छैनन्, अनि त्यसै
कारण संसारप्रति उनीहरूलाई सहानुभूति छ ।
परमेश्वरलाई धन्यवाद कि यहाँ अझै अ(सांसारिक, न(डगमगाउने, पवित्र व्यक्तिहरू छन् जो साँघुरो
मार्गलाई प्रेम गर्छन् र यसका सबै लिप्साहरू लगायत संसारको भ्रष्टाचारबाट जोगिनमा हर्षोउल्लास व्यक्त
गर्दछन् । लज्जित नभएका मानिसहरूको मित्रताका लागि परमेश्वरलाई धन्यवाद !
एस म्युचद्वारा