वास्तविक चर्चका २८ लक्षणहरू

१. त्यसको स्थापना येशू ख्रीष्टले गर्नु भएको थियो । “म मेरो चर्च यस चट्टानमाथि स्थापित गर्ने छु । र नरकका
ढोकाहरू त्यसमाथि विजय हुने छैनन् ।” मत्ती १६ः१८ ।

२. त्यसको अन्तर्वस्तु प्रेम छ । (१ यूहन्ना ३ः१४, मत्ती ५ः४४, १ कोरिन्थी १३ः१–८, १३) “…… प्रेम परमेश्वरबाट
आउँछ, जसले प्रेम गर्छ त्यो परमेश्वरबाट जन्मेको हो ।…….” १ यूहन्ना ४ः७ ।

३. सुसमाचारले त्यसलाई पापहरूबाट उद्धार गर्ने भनेको छ (रोमी १ः१६, १०ः१३, २ थेसलोनिकी २ः१४) “तर
तिमीहरूलाई बोलाउनुहुने जस्ता पवित्र हुनुहुन्छ, तिमीहरू आपैm पनि जीवनका सबै रहनसहनमा पवित्र होओ ..।” १
पत्रुस १ः१५ ।
४. चर्च येशू ख्रीष्टको शरीर हो; वास्तवमा केवल एक मात्र सच्चा चर्च छ । (१ कोरिन्थी १ः२,१२ः२७ यूहन्ना १०ः१६)
“शरीर एवटै छ……” एफिसी ४ः४ ।
क) त्यो बाँडिएको छैन् (१ कोरिन्थी १ः१०,१३ ।
ख) त्यसको एउटै मन, निर्णय र विश्वास हुन्छ (एफिसी ४ः४–५ यहूदा ३) ।
ग) त्यसका सदस्यहरूको एउटै हृदय र एउटै आत्मा हुन्छ (प्रेरित ४ः३२) ।
घ) त्यसका सभाहरूमा एकै प्रकारका मानकहरू र सेवकहरू हुन्छन् (१ कोरिन्थी ४ः१७,११ः१६,१४ः३३, एफिसी ४ः११–१३,
प्रेरित १५ः२३,२८) ।

५. येशू ख्रीष्टका शरीर, अर्थात् चर्चका सदस्य सन्तहरू हुन्छन् । पवित्र, जसरी येशू ख्रीष्ट पवित्र हुनुहुन्छ (१ पत्रुस
१ः१६,१ कोरिन्थी १ः२ एफिसी १ः१) “……. सन्तहरू हुनलाई बोलाइएका ………..” रोमी १ः७ ।
६. त्यसका सदस्यहरू हरेक कुल, भाषा, मानिस र राष्ट्रका छन्, जसमा बालबालिका र यृुवाहरू सामेल छन् (प्रकाश
७ः९ः मत्ती १९ः१४) । “….तपाई मारिनु भयो र आफ्नो रगतद्वारा तपाईले परमेश्वरको निम्ति हरेक कुल, भाषा,
मानिस र जातिबाट मानिसहरूलाई छुटकारा दिनु भयो ।” प्रकाश ५ः९ ।

७. कसैको जाति, सामाजिक हैसियत, राष्ट्रियता अथवा लिङ्ग जे भए तापनि, त्यसका सबै सदस्यहरू समान छन् र
परमेश्वरको कुनै पनि काम, कुनै पनि कर्तव्यको लागि जति बेला पनि तयार हुन्छन् । “अब नता यहूदी छ न ग्रीक,
न कमारा छ न फुक्का, नता पुरुष न स्त्री छ ः किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ ।” गलाती ३ः२८ ।
८. प्रभुले त्यसका सदस्यहरूलाई शरीरमा राख्नु भएको छ अनि उहाँले जहाँ चाहनु हुन्छ उनीहरूलाई बोलाउनु हुन्छ र
त्यहाँ राख्नु हुन्छ (प्रेरित १३ः२, २०ः२८ एफिसी ४ः८,११) । “तर परमेश्वरले आफ्नो इच्छा बमोजिम शरीरमा हरेक
अङ्ग मिलाएर राखिदिनु भएको छ ।” १ कोरिन्थी १२ः१८ ।

९. शरीरको उन्नतिको लागि र मानिसहरूका आत्माहरूका लागि उत्तरदायी हुनुका हितमा रहेका त्यसका सेवकहरू——
अर्थात् धर्मदूत, अगमवक्ता, प्रचारक, पादरी र शिक्षकहरू——लाई बन्धनकारी र मुक्तिदायी शक्ति प्रदान गरिएको छ ।
मानिसहरूमा आनन्द निम्त्याउने कार्यमा सहयोगी सिद्ध रहेका कारण, परमेश्वरका जनता माथि उनीहरूको शासन
छ (२ कोरिन्थी १२ः१९, हिबु्र १३ः१७, २ कोरिन्थी १ः२४) । “म तिमीलाई स्वर्गको राज्यका साँचोहरू दिने छु । जे
तिमीले पृथ्वीमा बाँध्ने छौ, सो स्वर्गमा बाँधिने छ, र जे तिमीले पृथ्वीमा फुकाऔला, सो स्वर्गमा फुकाइने छ ।” मत्ती
१६ः१९ ।

१०. त्यसले विश्वासगर्नेहरूलाई पानीमा प्लवन गराउने बप्तिस्माको विधान (यहून्ना ३ः२३ प्रेरित ८ः३८); प्रभुको भोज र
पाऊको स्नान (१ कोरिन्थी ११ः२३–२६, यहून्ना १३ः१४–१५) र पवित्र चुम्बन (रोमी १६ः१६) को पालन गर्छ । “यस
कारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ । पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई
बप्तिस्मा देओ । मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ…..” मत्ती २८ः१९–२० ।
११. त्यसले शरीरको दिव्य उपचारमा विश्वास गर्छ (मत्ती ८ः१६–१७) । “के तिमीहरू मध्ये कोही बिरामी छ? त्यसले
मण्डलीका एल्डरहरूलाई बोलाओस् । तिनीहरूले प्रभुको नाउँमा त्यसलाई तेलले अभिषेक गरेर त्यसको निम्ति
प्रार्थना गरून ।” याकूब ५ः१४ ।

१२. त्यसले धर्मगुरु र अगमवक्ताहरूका शिक्षामा निरन्तरता दिन्छ र पवित्र–शास्त्रहरूलाई, बाइबललाई अचूक, प्रेरणात्मक
र पूर्ण पवित्र प्रकाशको रूपमा लिन्छन् (प्रेरित २ः२४, २ पत्रुस १ः२०–२१, यहूदा ३) । “सम्पूर्ण पवित्र–शास्त्र
परमेश्वरको प्रेरणाबाट भएको हो र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई
लाभदायक हुन्छ ।” २ तिमोथी ३ः१६ ।

१३. त्यसले त्रि–ऐकतामा विश्वास गर्छ । एक परमेश्वरमा निहित तीन आत्माहरू । (मत्ती २८ः१९, २ कोरिन्थी १३ः१४ ,
एफिसी ४ः४–६) “किनभने गवाही दिनेहरू तीन छन् अर्थात् पिता, पुत्र र पवित्र आत्मा ।” १ यूहन्ना ५ः७ ।
१४. आदमको पतन पछि नै मानव जाति स्वभावले भ्रष्ट छ अनि येशू ख्रीष्टको प्रायश्चित्त र मुक्तिका निम्ति बोलावट
सबैे मानवहरू “ज–जसले चाहन्छ” मा लागू हुन्छ भन्ने शिक्षा त्यसले दिन्छ (रोमी ५ः१५–१९ प्रकाश २२ः१७) ।
“एउटा मानिसद्वारा संसारमा पाप आयो र पापबाट मृत्यु । यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा
मृत्यु फैलियो ।” रोमी ५ः१२ ।

१५. आदमबाट प्राप्त गरेको भ्रष्ट स्वभावबाट जसले तिनीहरूका हृदयहरूलाई शुद्ध पार्छ, पवित्र आत्माको बप्तिस्मा प्राप्त
गर्नका लागि उनीहरूको प्राथमिक परिवर्तन पछि, त्यसका सदस्यहरू “निपुण हुन पुग्दछन्” (हिब्रु ६ः१, ४ः३, प्रेरित
१५ः८–९ , एफिसी १ः१३, २ पत्रुस १ः४) । पवित्र आत्माको बप्तिस्माको प्रमाण नै पवित्र जीवन हो र यो तर्कहीन
विवाद अथवा “बढी र अन्य, सामान्यजनले नबुझ्ने, भाषामा होइन्” (१ कोरिन्थी ३ः१६–१७, एफिसी ५ः९, २ तिमोथो
२ः२२) । “………. यूहन्नाले त पानीले बिप्तस्मा दिए, तर पवित्र आत्मामा तिमीहरूको बप्तिस्मा हुने छ ।” प्रेरित
११ः१६ ।

१६. त्यसका सबै विश्वासीहरू वास्तवमै येशू ख्रीष्टका नयाँ प्राणीहरू हुन्, जसले पुनः जन्म पाएका छन् — यूहन्ना ३ः३ (
जो आत्माद्वारा पिताले खिँचेका छन् — यूहन्ना ६ः४४; १२ः३२; जो सुसमाचारद्वारा ईश्वरीय शोकमा ग्रस्त छन् — २
कोरिन्थी ७ः८–१०; प्रेरित २ः३७; जसलाई पश्चात्ताप र विश्वासले नेतृत्व गरेको छ — रोमी २ः४, १०ः१७; जसले आ–
आफ्ना पापहरू प्रभु सामु स्वीकार गरेका छन् — १ यूहन्ना १ः९; जसले सबै पापहरू छोडेका छन् — रोमी ६ः१,
२,१८; जसले परमप्रभुद्वारा उद्धारका निम्ति परमप्रभुका नाउँ लिएका छन् — प्रेरित २ः२१; रोमी १०ः१३; उनीहरू
प्रभुका सन्तान हुन् भनी पवित्र आत्माले जसका आत्मालाई गवाही दिनुभएका छन् — रोमी ८ः१६; र जसले आफ्ना
विगतका पापहरूका लागि प्रत्यर्पण सुरु गरेका र निरन्तर जारी राखेका छन् — लूका १९ः८, प्रेरित १९ः१९; ताकि
उनीहरू प्रभुका वचन व प्रकाशमा अघि बढून् — २ पत्रुस १ः१९, गलाती ५ः१६) । “यसकारण कोही येशू ख्रीष्टमा छ
भने त्यो नयाँ सृष्टि हो । पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ ।” २ कोरिन्थी ५ः१७ ।

१७. मनोरञ्जन, पहिरन, देशभक्ति, लक्ष्य र आफ्ना सबै पापहरू लगायत तर यी कुरासम्म मात्र सीमित नभइकन,
अन्तरात्मा र हरेक बाहिरी अभिव्यक्तिमा वास्तविक चर्च संसारको स्वभाव भन्दा फरक हुन्छ । त्यस कारण त्यसले
परमप्रभुले आदेश गरेका वस्त्र, अर्थात् साधारण र शिष्ट खालको पोशाक लगाउँछ् (१ कोरिन्थी २ः१२ , १ यहून्ना
५ः१९, १ पत्रुस ३ः३–४) । “यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपमा परिवर्तित होओ ।”
रोमी १२ः२ ।

१८. त्यो अहिंसा–अवलम्बी हुन्छ (कसैलाई घाउचोट पु¥याउँदैन; कुनै संसारिक सेनामा सहभागी हुँदैन) (लूका ३ः१४ः
यूहन्ना १८ः३६, २ कोरिन्थी १०ः४) “…. आफ्ना शत्रुलाई प्रेम गर, र घृणा गर्नेहरूलाई भलाइ गर, सरापनेहरूलाई
आर्शिवाद देओ, दुव्र्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर । तिमीलाई एक गालामा चड्काउनेलाई अर्को पनि
थापिदेओ…….” लूका ६ः२७–२९ ।

१९. हरेक पक्षमा त्यसका प्रार्थनाहरूका नेतृत्व पवित्र आत्माले गर्छ ः (कुनै यान्त्रिक बाजा आदि बिनाको गायन लगायत
— एफिसी ५ः१९, कलस्सी ३ः१६; कसले प्रार्थना गर्ने छ, कसले गवाही दिने छ, कसले प्रोत्साहन दिने छ, अथवा
कसले प्रचार गर्नेछ लगायत; कुन कुन भजनहरू गाइने छ र कुन क्रममा भन्ने कुराहरू लगायत (१ कोरिन्थी १२ः४–
७, १४ः१५, ४०), त्यसका प्रार्थनाहरूका नेतृत्व पवित्र आत्माले गर्छ । “… उहाँबाट नै सारा शरीर प्रत्येक जोर्नीद्वारा
जोडिएको र बाँधिएको भई प्रत्येक भागले ठिक–ठिक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुदैजानेछ ।” एफिसी
४ः१६ ।
२०. असत्य धर्महरू र संसार (बेबिलोन) बाट सबै आत्माहरूलाई बाहिर निस्केर एक सत्य मार्गमा आउने आह्वान गर्दै
यस अन्तिम घडीमा परमप्रभुका निर्णय सबै राष्ट्रहरूमा स्पष्ट पार्नका निम्ति त्यसलाई स्थापना गरिएको छ (मत्ती
१३ः३८–४१, मर्कूस १६ः१५, प्रकाश १८ः१–४) । “मैले स्वर्गमा ठूलो र अचम्मको अर्को एउटा चिन्ह देखेँ । सात
स्वर्गदूतहरूले सातओटा अन्तिम विपत्ति लिएका थिए, किनकि तिनीहरूमा नै परमेश्वरको कोध्र समाप्त भएको छ ।”
प्रकाश १५ः१ ।

२१. शरीरमा रहेका समय, गरेका कार्यहरू अनुसार अनन्त दण्ड अथवा अनन्त पुरस्कार पाइन्छ भन्ने कुरा त्यसले
सिकाउँदछ (मत्ती २५ः४६, २ कोरिन्थी ५ः१०) । “हेर, म चाँडै आउँदैछ । हरेक मानिसलाई उसले गरे अनुसार दिने
प्रतिफल म सँग छ ।” प्रकाश २२ः१२ ।

२२. चर्चभित्र त्यसले पवित्र–शास्त्र अनुसार सामूहिक काम गर्दछ (१ कोरिन्थी ५ः४–५,२ थेसलोनिकी ३ः१४–१५) “…..के
तिमीहरूले मण्डलीभित्रकाहरूको न्याय गर्नुपर्दैन र? ….बाहिरकाहरूको न्याय परेमेश्वरले नै गर्नुहुन्छ । तिमीहरूले
आफ्नो बीचबाट दुष्ट मानिसलाई निकालिदेओ ।” १ कोरन्थी ५ः१२–१३ ।

२३. येशू ख्रीष्ट र सुसमाचारका लागि त्यागको जीवन त्यसले निर्वाह गर्छ (मत्ती १९ः२९, लूका १४ः३३, रोमी १२ः१) ।
“कोही मानिस मपछि लाग्ने इच्छा गर्दछ भने, त्यसले आफूलाई इन्कार गरोस् र आफ्नो त्रूmस उठाएर मेरो पछि
लागोस् । …..” मर्कूस ८ः३४–३५ ।

२४. त्यसले विवाहको पवित्रतामा विश्वास गर्छ अथातर्् पूर्ण जीवनको लागि एक श्रीमान् र एक श्रीमति (मत्ती १९ः५–६,
लूका १६ः१८, रोमी ७ः२–३) । “जसले आफ्नी स्वास्नीसँग विवाह विच्छेद गरेर अर्कीसँग विवाह गर्छ, त्यसले उसको
विरुद्ध व्यभिचार गर्छ । अनि यदि स्त्रीले आफ्नो लोग्नेसँग विवाह विच्छेद गरेर अर्कासँग विवाह गर्छे भने, त्यसले
व्यभिचार गर्छ े ।” मर्कूस १०ः११–१२ ।

२५. त्यसका मानिसहरू पक्का यहूदी हुन्, अन्तरात्माले नै यहूदी । समग्रमा, प्राकृतिक यहूदीहरूको भौतिक राष्ट्र पुनः
कहिल्यै परमेश्वरका मानिसहरूको राष्ट्र हुने छैन (गलाती ४ः२५–३१, १ थेसलोनिकी २ः१४–१६) । “बाहिरी रूपले
मात्र यहूदी हुनेचाँहि साँचो यहूदी होइन, त्यसरी नै साँचो खतना पनि बाहिरी र शारीरिक कुरा होइन । यहूदी त्यो
हो, जो भित्री रूपले यहूदी हो, र साँचो खतनाचाहिँ हृदयको कुरा हो, यो आत्मिक कुरा हो, लिखित व्यवस्थाको कुरा
होइन….” रोमी २ः२८–२९ ।

२६. त्यसले न्यायको दिनमा, येशू ख्रीष्टको दोस्रो र अन्तिम पटक फर्केर आउनका लागि बादलहरूलाई हेर्दछ, जस दिनमा
न्यायी र अन्यायी, दुवैको पुनर्उत्थान हुने छ; (पृथ्वीमा हजार वर्षको राज्य हुने छैन र न्यायको दिनभन्दा पहिले गुप्त–
उत्थान पनि हुने छैन) त्यसपछि आकाश र धर्ती पनि समाप्त हुने छन् (हिब्रू ९ः२७–२८, यूहन्ना ५ः२८–२९, प्रेरित
२४ः१५, १ कोरिन्थी १५ः५२, १ थेसलोनिकी ४ः१५–१७,२ पत्रुस ३ः७,१०–११) । “हेर, उहाँ बादलहरूका साथ
आउँदैहुनुहुन्छ र हरेक आँखाले उहाँलाई देख्नेछ । तिनीहरूले पनि जसले उहाँलाई घोचे र पृथ्वीका सबै कुलहरूले
उहाँको कारण विलाप गर्ने छन् …” प्रकाश १ः७ ।

२७ सन्तहरूले आ–आफ्नो शोभा हराउनु र मोक्ष गुमाउनु सम्भव छ भन्ने शिक्षा वास्तविक चर्चले दिन्छ (प्रेरित १ः२५,१
कोरिन्थी १०ः१२, गलाती ५ः४) । “यसकारण परमेश्वरको दया र कठोरतालाई ध्यानमा राख ः— पतन भएकाहरूमाथि
कडा व्यवहार, तर उहाँकै दयामुनि रहिरह्यौ भने तिमीलाई परमेश्वरको दया देखाइने छ । नत्रता तिमी पनि
काटिनेछौ ।” रोमी ११ः२२ ।

२८ वास्तविक चर्च परमेश्वरको चर्च हो (प्रेरित २०ः२८, १ कोरिन्थी १०ः३२,१५ः९,१ तिमोथी ३ः५) “….. कोरिन्थीमा
भएका परमेश्वरको मण्डलीलाई र साथै सारा अखैयामा भएका सबै सन्तानहरूलाई…” २ कोरिन्थी १ः१ ।

Leave a Comment