मौका परेको बेलामा
टी. डिविट तल्मेज
“… फेलिक्स उनकी यहूदी पत्नी द्रूसिल्लालाई साथमा लिएर आए… र उनले पावललाई बोलाएर ख्रीष्ट येशूमाथिको
विश्वासबारे तिनीबाट सुने । पावलले धार्मिकता, संयम र भावी इन्साफको विषयमा बहस गर्दा फेलिक्स आत्तिए. र
यसो भने, अहिलेलाई जाऊ, मौका परेको बेलामा म तिमीलाई बोलाउँला ।” प्रेरित २४ः२४(२५ ।
फेलिक्सले आफ्ना पापहरू त्याग्न चाहँदैन थिए । द्रूसिल्ला उनकी पत्नी भएकी कारण । उनलाई थाहा थियो यदि उनले
व्रिmश्चियन धर्म अपनाए भने, उनले द्रूसिल्लालाई उनको कानुनी श्रीमान् अजीज्सकाहाँ पठाउनु पर्छ, अनि उनले
आफूलाई भने, “त्यस्तो गर्नुको सट्टा मैले आफ्नो अविनाशी आत्मालाई नष्ट गर्ने जोखिम उठाउँछु ।”
आज कति जना त्यस्ता छन्, पाप त्याग्न नसकेका कारण जुन व्रिmश्चियन हुन सक्दैनन् ! तिनीहरूका आराधना र
चर्चमा जाने कार्य व्यर्थ छन् । यी प्रिय पापहरूलाई अङ्गाल्दै तिमीले स्वर्ग जित्न सक्दैनौ; अनि तिमीहरूमध्ये कसैकसैले
एकातिर रक्सीको गिलास, वैध मनोरञ्जन र कामुक सन्तुष्टि र अर्को तिर अनन्त उद्धार बीच छनोट गर्नै पर्छ ।
दलीलाले शिमशोनका कपाल खौरिदिए । हेरोदलाई खाल्टोमा पार्ने गरि सालोम नाचिन् । द्रूसिल्लाले फेलिक्सको लागि
स्वर्गको बाटो बन्द गरिन्; अनि यदि तिमीहरूमध्ये कसैकसैले पश्चाताप गरेनौ भने, तिमीहरू यस्तै तरिकामा नष्ट हुने
छौ । तैपनि यो विषय मैले आज राति प्रस्तुत गर्दा, मलाई भय छ तिमीहरूमध्ये कसैकसैले भन्ने छौ, “अहिले होइन ।
आफ्ना मागहरू यति तीव्र नगर । मसँग अझै उपयोग गर्न शेष रहेका केही टिकटहरू छन् । मैले पूरा गर्ने केही
व्यस्तताहरू छन् । भोजभतेरको चव्रmमा म अझै केही समय बस्न चाहन्छु—मृत्युको बाटोमा केही अरू कदम चाल्न
चाहन्छु, अनि त्यसपछि, श्रीमान्, मैले तिम्रो कुरा सुन्ने छु । अहिलेलाई जाऊ, मौका परेको बेलामा म तिमीलाई
बोलाउँला ।”
के तिमीलाई थाहा छ कि तिम्रो डुङ्गा एक भयङ्कर भँवरीको चक्र नजिक छ; तरङ्गमाथि रहेको फिँज विनाश
भएकाहरूका ओटहरूबाट आउने फेन छ; पानीमा रहेको चमक निर्वासित गरिएकाहरूका आँखा हुन्; अनि छालको
गर्जन श्रापितहरूको चिच्च्याहट हो? तिम्रो लागि के उत्तम हुने छ भने, मृत्युको पकड जस्तै, दुवै हातले डाँडीको दण्ड
समात्ने र फलकलाई कालो पानीमा मुनितिर हालेर “बचाउनुहोस् प्रभु, म नष्ट हुन लागेँ !” चिच्च्याउँदै, अविनाशी
जीवनको लागि तान्ने काम गर ।
आफ्नो परमेश्वरबाट धेरै समयदेखि भौँतारिने हे मानिस, के आज राति तिमीले त्यस्तो उपासना गर्न सक्छौ? हराएको
मानिसहरूको कारागारमा यता र उता दौडिँदै, एक क्षण एक ढोका तोडेर निस्कने प्रयास गर्ने र असफल हुने, त्यस
पछि अर्को ढोकामा दौडिने र त्यसमा ठोक्ने अनि निराशामा “मलाई यहाँबाट जान दिनुहोस् !” चिच्च्याउँदै गरेको
कसलाई हेर्दै छु म? को हो यो? कुनै आत्माले आज राति भोगविलास त्याग्ने छैन; आज राति अन्धकारका शक्तिहरू
द्वारा पूर्ण रूपमा हात र खुट्टा बान्धिएको कुनै आत्मा; यहाँ रहेको कुनै आत्मा जसले आफ्ना प्यारा पापहरूको
बलिदान गर्न सक्दैन र जब म उसका सामु परमेश्वर र उसको आत्माको अनन्तताका महान् प्रसङ्ग प्रस्तुत गर्छु, उसले
भन्दछ, “अहिले होइन । अहिलेलाई जाऊ, मौका परेको बेलामा म तिमीलाई बोलाउँला ।”