मानवतावाद
“किनकि तिनीहरूले परमेश्वरको सत्यतालाई झूटसँग साटेर सदासर्वदाका परमधन्य सृष्टिकर्तालाई त्यागेर
बरु सृष्टि गरिएका थोकहरूको पूजा र सेवा गरे ।” रोमी १ः२५ ।
सामान्य भाषामा, मानवतावादले मानव सम्बन्धी कुराहरू प्रति भक्तिलाई उद्धृत गर्छ । मानवतावादबाट हाम्रो
विशेष अर्थ मानव प्रभाव वा अस्तित्वको क्षेत्रबाट स्वर्गीय वा अलौकिक कुराहरूलाई अलग गर्नु हो । यसलाई
प्रायः धर्मनिरपेक्ष मानवतावाद भनिने गरिन्छ । मानवतावादले मानवलाई सर्वोच्च र आत्मनिर्भर, अनि तर्क
मार्फत प्राकृतिक चीजहरू र आफूलाई बुझ्न सक्षम प्राणी ठान्छ । यो नास्तिकता र अज्ञेयवादको उपज हो,
यसमा परमेश्वरमा विश्वास कुनै उपयोगी कुरा छैन । मानवतावाद प्रभु येशूको विरोधी चेतना हो, जसले
परमेश्वरलाई अस्वीकार गरी केवल शरीरमा विश्वास राख्छ ।
मानवतावादले नैतिक सापेक्षवादको प्रवर्धन गर्छ । नैतिक व्यवहारलाई ओठे सेवा प्रदान गर्दै, यो स्थापित
संस्कृति र नैतिकतालाई खारेज गर्ने सबैभन्दा अग्रिम प्रस्तावक छ । यो हाम्रो समयमा कसै(कसैले लिङ्ग
पहचानको समस्या भनिने विषयको केन्द्रमा छ । यो गर्भपात(समर्थक आन्दोलनको मेरुदण्ड छ, जसका हात
अकथित दसौँ लाख शिशुहरूको हत्याहरूद्वारा रङ्गिएका छन् । औषधि वैधीकरण, आमा(बुवाहरूको आ(आफ्नो
नानीको नियन्त्रणको सरकारहरूद्वारा अतिव्रmमण र धार्मिक विशेषाधिकार एवं अधिकारहरूको हननको
पृष्ठभूमिमा रहेको बल मानवतावाद छ ।
यो हो मानवतावाद । यो सृष्टिकर्ताको सट्टा सृष्टि भएका चीजहरूको उपासना हो । सबै उत्तम चीजहरूका
स्रोत, परमेशवरलाई यसले नकार्छ, अनि मानवलाई सर्वोच्च उत्तमताको रूपमा उचाल्छ । यसले मानवका
क्षमताहरू, बुद्धि र तर्कसङ्गतताको महिमा बखान गर्छ । साथै यसले दुखद तरिकामा मानवको अधमता र
दुष्ट्याइँको प्रवृित्तलाई नजर(अन्दाज गर्छ । मानव, पापको एजेन्ट, संसारमा सबै दुष्ट्याइँको कारण हो । तब
ऊ कसरी दुष्ट्याइँबाट उद्धारको साधन हुन सक्छ? यदि मानव आचारनीति र नैतिकताको अन्तिम मध्यस्थ
छ भने, ऊ निकै नराम्ररी विफल हुन्छ । के यस मानवतावादको युगलाई हामी वास्तवमा प्रबुद्ध युग भत्र
सक्छौँ? अँधकारका युगमा मान्छेहरूका नैतिक सञ्कोच आजका मानवतावादीहरूका भन्दा अधिक थिए !
मानवतावादीहरूको सांसारिक दृष्टिकोणमा दैविकताको कुनै अस्तित्व नभएका कारण, कुनै व्यक्तिले के सोच्न
सक्छ भने, परमेश्वरसँग डराउने वाला र प्रभु येशुका धर्म स्वीकार्ने दाबी गर्ने वाला मान्छेहरू यसबाट सम्भव
भएजति टाढा रहने छन् । तर दुखदायी रूपमा यस्तो भएको छैन । मानववादी विचारधाराहरूले आधुनिक
चर्चहरूमा घुसपैठ गरेका छन् । “विज्ञानसँग व्रिmश्चियनेटीको सामन्जस्य“ को नाममा विकासवाद (जुन
मानवतावादी बुद्धिको उपज छ) को स्वीकृतिदेखि समलैिङ्गक जीवनशैलीको स्वीकृतिसम्म, आधुनिक चर्चहरू
मानवतावादी कार्यावलीको प्रख्यापन गर्ने अगुआ भएका छन् ।
जसलाई मानव जातिको नैतिक अन्तरात्मा हुनु पर्छ, यदि त्यस तथाकथित चर्चले परमेश्वर र पवित्रताका
पूर्ण विरोधी विचारधाराहरूसँग हाथ मेलाउँछ भने, समाजको के गति होला? विखण्डन । अस्तव्यस्तता । अनि
ठेट रूपमा आज हामी त्यही हेर्दै छौँ । समाजको नैतिक तानाबाना खतरनाक गतिसँग ध्वस्त हुँदै छ ।
व्रिmश्चियन धर्मले अपरिवर्तनीय ढङ्ग र खुलस्त रूपमा परमेश्वरमा आस्ता राख्छ । व्रिmश्चियेनिटी मानवमा
विश्वासमा आधारित छैन, तर यसको विश्वास एक पवित्र र उद्धार परमेश्वरमा छ, पतन भएको आफ्नो
सृजनाको मुक्तिसँग जसको सरोकार छ । व्रिmश्चियेनिटीले मानवतावादको बाइबलबाहिरको र अनैतिक
सांसारिक दृष्टिकोणसँग कुनै मिश्रण स्वीकार्दैन । शैतानका पाप र झूटका विरुद्ध उभिने मान्छेहरू परमेश्वरले
खोज्दै हुनुहुन्छ । सम्झी राख्नुहोस्, आजको संसारमा आध्यात्मिक सम्झौता र पूर्ण अँधकारको ज्वारबाटाको
लहरका विरुद्ध त्यस्तो गर्नका लागि निकै नैतिक साहस आवश्यक छ ।
त्यस कारण, परमेश्वरका कृपाले, अवज्ञाका सन्तानहरूमा जुन चेतना विद्यमान छ, हामी त्यस हावाको
शक्तिको राजकुमार (शैतान) लाई सूचित गर्छौँ ः तिमीसँग कुनै सरोकार नराख्नका लागि हामी क्षमाप्रार्थी
छैनौँ । हामी तिम्रो मानवतावादी मूर्तिका सामु निहुरिने छैनौँ, त्यसको समर्थन गर्न त परै जाओस् । तिम्रो नील
नदीका वैचारिक गोहीहरूको भोजन हामी आफ्ना नानीहरूलाई हुनु दिने छैनौँ । सृष्टिकर्ताका नाममा हामी
तिम्रो अवज्ञा गर्छौँ र तिम्रो प्रभाव भएको हरेक ठाउँमा, हर सम्भव अवसरमा, र आध्यात्मिक रूपमा जुनसुकै
वैध तरिकामा हामीले तिम्रो विरुद्ध कार्य गर्ने छौँ । हामीलाई दिइएका विशेषणहरूद्वारा हामी विचलित हुने
छैनौँ । सत्यका सबै प्रेमीहरूहो, हाम्रा पङ्क्तिहरूमा भर्ना हौ ।
भाइ डेनियल ईक्लबर्गर