बालबालिकाहरूका विरुद्ध पाप नगर्नुहोस्

“बालबालिकाहरू विरुद्ध पाप नगर्नुहोस् ।” उत्पत्ति ४२ः२२

परमेश्वर, जसले आफ्ना वचनमा घोषणा गर्नु भयो, “सबै आत्माहरू मेरा हुन्,” उहाँले हरेक आमा र हरेक बुवालाई एक विशाल दायित्व दिनु भएको
छ ः जुन उहाँहरूका नानीहरूका अमूल्य आत्माहरू छन् । त्यस कारण, आआफ्ना छोराछोरीका लागि आमाबाबुहरूको ख्रीष्टका न्यायसिंहासन सामु
जबाफदेही हुने छ । यस्तो हुने भएका कारण, जसले अहिलेसम्म इसाइ धर्म अङ्गालेका छैनन्, त्यस्ता सबै आमा र बुबाहरूलाई सर्वप्रथम हामी दृढ
आग्रह गर्छौँ ः “बालबालिकाहरू विरुद्ध पाप नगर्नुहोस् ।” तपाईंका छोराछोरीहरूलाई परमेश्वरमा आस्था राख्ने आमाबुवाबाट किन वञ्चित गर्ने, जसको
पवित्र उदाहरणले नानीहरूलाई परमेश्वरको मार्गमा नेतृत्व गर्ने छन्, त्यस्तो बुवा र त्यस्ती भक्तिमा लीन आमा, जसको प्रार्थनाले सधैंभरिका लागि
उनीहरूका जीवनमा प्रभाव पार्ने छ, त्यस्ता आमाबुवाबाट किन नानीहरूलाई वञ्चित गर्ने? किन? तपाईंका नानीहरूका अनन्त अवस्थासँग के तपाईंको
कुनै सरोकार छैन र? तपाईंका तिरस्कारपूर्ण जीवन एवं उदाहरणका कारण सदाको लागि हराउनु, नर्कमा सास्ती पाउनु, ईश्वरबाट पृथक्ता, सदाको
लागि कालोपना र अन्धकारको घेराउमा पर्नु, रुदै र कष्टमा विलापदै, पीडामा आफ्ना दाँत टोक्दै, कहिल्यै नमेट्ने तिर्खाले ग्रस्त र शैतान र त्यसका
यस सबै आतिथेयमा भयङ्कर अनन्तकाल बिताउनु के उनीहरूको भाग्य हुने छ? के यसले तपाईंभित्र केही हलचल उत्पत्र गर्दैन? तपाईंको विषयमा के
यो भत्रु उचित हुने छ, “जसले उनीहरूलाई जन्म दियो, तिनीहरूले नै उनीहरूलाई मृत्यु दिए”?

बुवाहरू हो, सुत्रुहोस् परमेश्वरले प्रदान गरेका उत्तरदायित्व बारे बाइबलले के भन्दछ ः “अनि तिमी बुवाहरू हो, आफ्ना छोराछोरीहरूलाई व्रmोध तिर
नउक्साउ, बरु उनीहरूलाई परमेश्वरको पालनपोषण र चेताउनीमा हुर्काऊ ।” एफिसी ६ः४ । यसको अर्थ के हो भने, तपाईंहरूले आआफ्ना
नानीहरूलाई स्वर्गका लागि प्रशिक्षण दिनु पर्छ ! यो उत्तरदायित्व घरगृहस्थीका बिल तिर्ने, भोका मुखहरूलाई खुवाउने वा सम्पूर्ण परिवारलाई हरेक
आइतवारको सभामा लिएर आउने कार्यभन्दा पनि व्यापक छ । तपाईंहरूले इमानदारितासाथ आआफ्ना छोराछोरी, मृत्यु उपरान्त, स्वर्गमा जाऊन्
चाहनुहुन्छ भने, तपाईंले स्वयं पनि स्वर्गमा जानु पर्छ ! तपाईंले आफ्नो मनप्रय पाप, तपाईंको शरीरको सन्तुष्टि, तपाईंको अनाज्ञाकारिता र विलम्ब गर्ने
तरिका त्याग्नु पर्छ । आफ्ना नानीहरूका लागि स्वर्गको राज्य बन्द गरेर आफ्ना नानीहरूका विरुद्ध पाप नगर्नुहोस् । “किनभने न तपाईं स्वयं स्वर्गमा
जानु हुन्छ, न त्यहाँ प्रवेश गर्ने वालालाई नै तपाईं त्यो भोग्न दिनु हुन्छ ।” मत्ती २३ः१३ ।

आमाहरू हो, तपाईंका नानीहरूका आत्माहरूको लगनशीलतासाथ निगरानी गर्ने, उनीहरूलाई व्याकुल पार्ने दुष्ट्याइँका जोखिमहरू हेर्ने र सैतानका
योजना र यन्त्रहरूलाई विफल पार्नका निम्ति वीरतासाथ बाहिर आउने तपाईंलाई आवाहन छ । उत्पत्ति २९ः९—१० मा हामी पढ्छौँ कि ः “मिस्र देशकी
हागारको छोरा, जुन उनी र अब्राहामको छोरा थियो, हागारको त्यस छोरालाई साराहले उपहास गर्दै देखिन । यसकारण उनीले अब्राहामलाई भनिन्,
“यस असभ्य दासी र उनीका छोरालाई त्याग्नुहोस् ः यस असभ्य दासीको छोरा मेरो छोरासँग र इसहाकसँग पनि उत्तराधिकारी हुने छैन ।” यस
संसारलाई अधिक दृष्टिवाला साराहहरू चाहिन्छन्; जसले घरगृहस्थीका खाना पकाउने, सिलाइ र सफाइ गर्ने जस्ता कर्तव्यहरूभन्दा पर देख्न सक्छन्;
जसले आआफ्ना नानीहरूका आत्माहरूको अमूल्य महत्व हेर्छन् र जसले उनीहरूलाई दुष्ट्याइँबाट रक्षा गर्नका निम्ति आआफ्नो भूमिका खेल्दछन् ।
नानीहरूका खेलौना र लुगाहरूमा साक्षात दुष्ट्याइँको भावना गुप्त रूपमा निहित रहेको कुरा बुझ्न सक्ने आमाहरूको संसारलाई खाँचो छ । तपाईंले
विचार गर्न सक्नु हुन्छ कि तपाईंको बामे सर्ने नानीलाई यस्ता कुराको कुनै ज्ञान छैन, त्यस कारण, यस बेला उसले कुन खेलौनासँग खेल्छ, कुन लुगा
लगाउँछ जस्ता कुराको कुनै महत्व छैन । हरे, तर यदि तपाईंले यी सांसारिक खेलौना र लुगाफाटाहरू (जुन नवजातको परिमाणबाट सुरु हुन्छन् सँग
आउने भयङ्कर भावना बुझ्न सक्नु हुन्छ भने, तपाईंले यी विषाक्त भावनाहरूबाट आफ्ना नानीहरूलाई बिना विलम्ब बचाउनु हुने छ । एक जना
लेखकले भने, आमाबाबुहरूले आआफ्ना नानीहरूलाई त्यस्ता लुगा लगाउँछन् जुन लुगा उनीहरूले स्वयं लगाउन सक्दैनन्, त्यसो गर्दा “छोरी त्यति
सानी भएकी हुँदा आमाबुवाहरू अत्यधिक पुराना जमानाका लाग्दैनन्” विचारेर उनीहरू मानक निम्न पार्छन् र पछि त्यसलाई उच्च पार्ने अभिप्राय
राख्छन् । त्यस लेखकले पछिसम्म पर्खिरहने कुराको जोखिम दर्साए, जसमा उहाँले उत्पत्ति ३७ः२२ मा रूबेनको अनुभवको प्रयोग गरे, जहाँ रूबेनले
आफ्ना भाइहरूलाई यूसुफलाई खाल्टोमा फाल्ने ताकि उनले पछि उसलाई निकाल्न सकूस्, तर केही समय उपरान्त उनी खाल्टोमा पुनः पुगे पछि,
उनले यूसुफलाई त्यहाँ फेला पारेनन् ! आमाबुवाहरू हो, आआफ्नो नानीलाई आरम्भबाट नै “सांसारिक खाल्टो” मा पर्नबाट जोगाइदेऊ, ताकि
तपाईंहरूलाई “पछि” रूबेनसँग विलाप गर्नमा सामेल हुनु नपरोस् ः “नानी त रहेन; अनि म, म अब कता जाऊँ?” हरे, ती तीता वचन हुन्, एक
विशाल क्षति भएपछि, नानी हराए पछिका तीता वचन ।

जुन मार्गमा उनीहरूको अग्रसरता उचित हुने छ, त्यस मार्गमा उनीहरूलाई प्रशिक्षण दिने कार्य आरम्भ गर्नमा पछिसम्म प्रतीक्षा नगर्नुहोस् ।
उनीहरूलाई “आफ्नो लागि आफै चयन” गर्न नदेऊ, तर उनीहरूलाई अब्राहामले गरेका जस्तै परमेश्वरको मार्गमा हिँड्दै गर्ने कुराको आज्ञा दिनुहोस् ।
उनीहरूलाई अहिल्यै संयम सिकाउनुहोस्; उनीहरूलाई अहिल्यै रोक्नुहोस् । यदि दुई वर्षको उमेरमा तपाईंको नानीले आफ्नो मनमोजी कुराको लागि
आफ्नो खुट्टा पिट्छ, उसले बाह्र वर्षको उमेरमा आफ्नो मनमोजी तरिका चलाउने माग लिएर चल्ने छ, र एक्काइस वर्षको उमेरमा पनि निरन्तर
उसले आफ्नो जीवनको सिद्धान्त, “सर्वप्रथम म”, अनुसार शासन जारी राख्ने छ । दयनीय जीवनको लागि त्यो एक निपुण विधि हो, र यदि पछि उसको
दुर्दशा बाँड्नका लागि उसको श्रीमती र नानीहरू हुने छन् भने, तपाईं नरम एवं सहनशील भएका लागि र त्यो दुखी भएको ओट, जुन पहिले त्यति
“आकर्षक” लाग्द थियो, त्यसलाई ठिक पार्नका लागि पछिसम्म पर्खने तपाईंको कार्यका लागि सबैले तपाईं माथि औंला ठड्याउनु स्वभाविक हुने छ ।
आमा र बुबाहरू हो, शत्रुले निर्ममतापूर्वक तपाईंका नानीहरूलाई लक्षित गरेको छ । यस अति गम्भीर समयमा, कसैले व्यक्त गरेका जस्तै, तपाईंले
आफ्नो “सानो मोशा” लाई “लुकाउनु” पर्छ । उनीहरूका युवा जीवन वरपर रहेका यस दुष्ट संसारका खतराहरूबाट उनीहरूलाई सुरक्षा कवच निर्माण
गर्नमा तपाईंले शीघ्रतासाथ काम गर्नु पर्छ । मोशाका आमाबाबुले देखे “ऊ ठिक अवस्थाको सन्तान छ” । तपाईंका नानीहरू कति धेरै बहुमूल्य छन्, के
तपाईं बुझ्नु हुन्छ? तब पत्रिक–रैकमा उसको एक नजर पर्ने कुराले, परिणाम स्वरूप, उत्पत्र हुने, मेट्न नसक्ने, प्रतिबिम्बहरूद्वारा मस्तिष्क दूषित
हुनबाट तपाईंले उनीहरूलाई लुकाउन पर्छ । नबचाइएका परिवारका सदस्य र छिमेकी, सार्वजनिक विद्यालयहरू, अस्वस्थकर पुस्तकहरू, अरू
केटाकेटीहरूसँग गोप्य वार्ता र रातभरिका भ्रमणहरूका खतरनाक प्रभावहरूबाट उनीहरूलाई लुकाउनुहोस् । उनीहरूलाई आफ्नो सजग उपस्थितिमा
संरक्षण दिनुहोस् र स्टोरमा एक्लै घुमफिर गर्ने अनुमति नदिनुहोस् । उनीहरूलाई आफ्नो प्रार्थनामा संरक्षण दिनुहोस्; उनीहरूलाई प्रभु येशूको नाउँमा
संरक्षण दिनुहोस्, किनभने यो सुरक्षित “बलियो धरहरा” छ । के यो निकै शान्त मनको विचार होइनर कि नानीहरूका वरिपरि रहेका मान्छेहरूप्रति
उनीहरू अत्यन्तै संवेदनशील छन्? कुनै आमाको लापरवाही र विसंगति, बुबाको असावधानी र सुस्तीले सम्पूर्ण परिवारलाई प्रभाव पार्न सक्छ र
कलिला नानीहरूलाई बाटो बिराउन तिर अग्रसर गर्न सक्छ । यो कुरा तपाईंको लागि कति गम्भीर छ? बुवाहरू हो, तत्कालै सिमेन्ट हालेको घरभित्र
जाने बाटोको विषयमा तपाईं कति सावधान हुनुहुन्छ, कि त्यो भताभुंग वा बर्बाद नहोस् । तैपनि, त्यो चाँडै समाप्त हुने छ । आमाहरू हो, तपाईंले
कति सावधानीसाथ त्यो भर्खरै पूरा गरेको फर्नीचरलाई चलाउनु हुन्छ, जुन चाँडै नष्ट हुने छ । तर तपाईंका हातहरूमा दिइएका अनन्त आत्माहरू र
जुन एक दिन पुनः तपाईंका हातका लागि आवश्यक हुने छन्, तिनीहरूसँग तपाईंले के गर्नु भएको छ? तिनीहरूसँग तपाईंले के गर्नु हुन्छ? के तपाईंले
उनीहरूलाई सुरक्षाका साथ परमेश्वरलाई पठाउन हुने छ वा उनीहरूलाई हराउनु हुने छ र “सधैंका लागि दोषी” हुनु हुने छ? (उत्पत्ति ४३ः९) “बालबालिकाह
रू विरुद्ध पाप नगर्नुहोस् !”
सिस्टर एल्फी टोवस्तिगा

Leave a Comment