गवाहीको एक शब्द
चर्च एक प्राणी र एक सङ्गठन, दुवै छ भन्ने “ईभान्जलिक” शिक्षा वर्षौँदेखि मेरो सत्यनिष्ठ हृदयले
मलाई प्राप्त गर्न दिएको छैन । चर्चको इतिहास र धर्मशास्त्रका पाठ्य पुस्तकहरूमध्ये अधिकांश
लेखिएका पुस्तकहरूमा, तपाईँले यो शिक्षा पाउन हुने छ । विभिन्न सम्प्रदायहरूको स्थापना र विकासको
आधार र औचित्य यसै शिक्षाले प्रदान गर्छ ।
मैले दुवै, व्यक्तिगत रूपमा पनि थाहा पाएको छु र अरूहरूमा पनि देखेको छु कि साम्प्रदायिक “चर्च”
सङ्गठन वा प्रणालीले वास्तविक आत्मिक जीवन र विकासमा अनेक बाधाहरू उत्पन्न गर्छ । कुनै पूर्वाग्रह
वा सम्झौता बिना परमेश्वरका सत्यलाई माया गर्ने र परमेश्वरका सत्यमा हिँड्न चाहने व्यक्तिहरूमाथि
निश्चित अप्राकृतिक दबाव, र फलस्वरूप बन्देजहरू उत्पन्न भएका छन् । यद्यपि मेरो हृदयले चर्च
एउटा सङ्गठन हो भन्ने शिक्षा र त्यससँग सम्बन्धित सम्प्रदायहरूका अवधारणाहरूको शिक्षा प्राप्त गर्न
सकेन, मेरो मस्तिष्कले यस्तो किन भएको भन्ने कुरा बुझ्न सकेन । यो कुरा मैले पूर्ण रूपमा बुझ्न
सकेँन र त्यस कारण बाइबलमा प्रस्तुत परमेश्वरका चर्च सम्बन्धी विचारलाई उचित रूपमा व्यक्त
गर्नमा मलाई कठिनाइ महसुस भयो । २००६ को वसन्त ऋतुमा मैले स्वयं आफूलाई एक पृथकतावादी
परिवेशमा पाएँ, जहाँ हर तरफबाट शक्तिशाली साम्प्रदायिक दबाव आउँदै थियो । तर यसै वातावरणमा
परमेश्वरका पवित्र आत्माले मलाई यस मामिलामा स्पष्ट प्रकाश दिन थाल्नु भयो । यस गवाहीको
पृष्ठभूमि यहाँ लेखे पछि, आफ्नो चर्च सम्बन्धी महिमित र उद्धार सत्य परमेश्वरले मलाई प्रकाश गर्नु
भयो भन्ने विषय अब म साझा गर्ने छु ।
“परमेश्वरले सबै कुरा उहाँका पाउमुनि राखिदिनु भयो, र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको
शिर बनाइदिनु भयो, जुन मण्डली उहाँको शरीर, उहाँको पूर्णता हो । र उहाँले नै सबै थोक परिपूर्ण
पार्नु हुन्छ ।” एफिसी १ः२२(२३ ।
“उहाँ शरीर, अर्थात् मण्डलीको शिर हुनुहुन्छ, उहाँ नै शुरू हुनुहुन्छ, मरेकाहरूबाट जीवित हुनेहरूमा
उहाँ ज्येष्ठ हुनुहुन्छ, ताकि प्रत्येक कुरामाथि उहाँ सर्वोच्च होऊन् ।” कलस्सी १ः१८ ।
“अब तिमीहरूका खातिर मेरा दुख(भोगमा म आनन्द मनाउँदछु, र ख्रीष्टका कष्टहरूको कमीलाई
उहाँको मण्डलीको खातिर म आफ्नो देहमा पूरा गर्दछु ।” कलस्सी १ः२४ ।
“किनकि पति पत्नीको शिर हो, जसरी ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ, जुन मण्डली उहाँको शरीर हो, र
उहाँ स्वयम् त्यसको मुक्तिदाता हुनुहुन्छ ।” एफिसी ५ः२३ ।
चर्च एउटा धार्मिक सङ्गठन होइन, न त यो कुनै भौतिक भवन हो जसमा हामी उपासना गर्न जान्छौँ ।
यो “प्रभु येशूको शरीर” हो । प्रभु येशू शिर हुनुहुन्छ; चर्च उहाँको शरीर हो । दुवै मिलेर एक निपुण
जीवित एकाइ बन्छन् । त्यस कारण, एक सङ्गठन हुनको सट्टा, प्रभु येशू यसको शिरको रूपमा रहनु
भएको, चर्च एक जीवित प्राणी हो; एक जीवित प्राणी जसका विभिन्न अङ्गहरू छन्, यसलाई जीवित
राख्न र यसका आत्मिक गतिविधिहरूका लागि यी सबै अङ्गहरू समस्त रूपमा मिल्छन् । एक प्राणीमा
कम्तीमा केही सङ्गठनात्मक तत्व हुन्छन्, तर आफैमा कुनै सङ्गठन प्राणी हुन सक्दैन । एक प्राणी जीवित
हुन्छ । सङ्गठन निर्जीव छ । प्राणी जीवनले भरिएको हुन्छ र त्यसले तदनुसार कार्य गर्छ । सङ्गठन
जीवनरहित हुन्छ र यसको भाग्य पनि तदनुसार कार्य गर्ने हो । केवल जीवनले जीवनको सृजना गर्न
सक्छ । जीवित प्राणीले जीवित सङ्गठन जन्माउने छ, तर निर्जीव सङ्गठनले निर्जीव सङ्गठन नै उत्पादन
गर्ने छ ।
निश्चित रूपमा चर्चको एक सङ्गठन हुने छ, तर यो आफै सङ्गठन हुने छैन । यसको सङ्गठन यसको
शिरले दिएको आज्ञा अनुसार हुने छ र त्यसको कार्यान्वयन यसका आत्मा(अनुरूप परिचालित, सशक्त
सदस्यहरूले गर्ने छ । प्रभु येशूको आज्ञा अनुसार नहुने र कार्यान्वयन शरीरका आत्मा(अनुरूप
परिचालित, सशक्त सदस्यहरूद्वारा नहुने कुनै सङ्गठन उत्पन्न भयो भने, त्यसलाई वैध रूपमा चर्च भन्न
सकिँदैन । त्यो एक निर्जीव सङ्गठन हो, किनभने त्यो शिरका सट्टा कुनै अन्य स्रोतबाट निर्माण भएको
छ । केवल शिर नै “बाटो, सत्य र जीवन” हुनुहुन्छ (यूहन्ना १४ः६) । शिरमात्र “जीवित मार्ग” हुनुहुन्छ (
हिब्रू १०ः२०) । “जीवन दिनुहुने आत्मा हुनुहुन्छ, शरीरबाट केही फाइदा हुँदैन । जुन वचन मैले
तिमीहरूसँग बोलेको छु,” प्रभु येशूले भन्नु भयो, “ती आत्मा र जीवन हुन् ।” (यूहन्ना ६ः६३) ।
“किनभने लिखित अक्षरले त मार्छ, तर पवित्र आत्माले जीवन दिनुहुन्छ ।” (२ कोरिन्थी ३ः६) । प्रभु येशू,
अर्थात् शिरका वचन र इच्छा सुन्नु ज्यूनु हो । सङ्गठन, अर्थात् कुनै तथाकथित चर्चका वचन र इच्छा
सुन्नु मरण हो ।
कैयौँ मानिसहरूले सँगै मिलेर समूहहरू बनाएका छन् र धार्मिक सङ्गठनहरू गठन गरेका छन् । उनीहरू
केही विश्वास र अभ्यासहरूमा सहमत हुन्छन्, आफूलाई धर्मनिष्ठका रूपमा स्थापित गर्छन्, एक
धार्मिक सङ्गठन बनाउँछन्, र त्यस पछि स्वयंलाई एक चर्च वा एकमात्र चर्चको संज्ञा दिन्छन् । तर, यो
चर्च होइनन् । यी मानिसहरूले प्रतिपादन र स्थापना गरेका निर्जीव धार्मिक सङ्गठनहरू हुन् । चर्चलाई
प्रतिपादन र स्थापना गर्न सकिँदैन, यसको विकास र निर्माण गर्न सकिन्छ । परमेश्वरका आत्माले
व्यक्तिहरू नयाँ जन्म पाउँदै गर्छन्, र प्रभु येशूका शरीरका अंश बन्दै गर्छन् । प्रभु येशूको नयाँ शरीर
उत्पन्न हुँदैन । उहाँको पहिल्यै विद्यमान शरीर, अर्थात् चर्चको विकास हुन्छ ।
प्रभु येशूले भन्नु भयो, “म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्ने छु, र नरकका ढोकाहरू
त्यसमाथि विजयी हुने छैनन् ।” (मत्ती १६ः१८) । “मुख्य कुने(ढुङ्गो, चयनित, बहुमूल्य” को हैसियतमा
उहाँलाई सियोनमा स्थापित गरियो र हामीहरू “येशू ख्रीष्टद्वारा परमेश्वरको दृष्टिमा ग्रहणयोग्य आत्मिक
बलिदान चढाउने पवित्र पूजाहारीगिरीको निम्ति जीवित पत्थरहरूझैँ आत्मिक घरकै रूपमा” (१ पत्रुस
२ः५) छौँ । चर्च के हो भने “परमेश्वरको परिवार… प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालेर
निर्माण भएको छ, र ख्रीष्ट येशू आफैचाहिँ मुख्य कुने(ढुङ्गो हुनुहुन्छ । उहाँमा पूरै घर ठीकसँग एकैसाथ
जोडिएर प्रभुमा एउटै पवित्र मन्दिर हुनलाई बढ्दै जान्छ । अनि पवित्र आत्मामा परमेश्वरको वासस्थान
हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदै जान्छौ ।” (एफिसी २ः१९(२२) । सङ्गठनहरूमा
परमेश्वर बस्नु हुन्न; उहाँ मानिसहरूमा बस्नु हुन्छ, व्यक्तिगत र सामूहिक रूपमा । प्रभु येशू एक
सङ्गठनको प्रमुख हुनुहुन्न । उहाँ एक शरीर, एक प्राणीको शिर हुनुहुन्छ, जस प्राणीको एक सङ्गठन पनि
छ ।
जोरदार ढङ्गमा चर्च एक सङ्गठन होइन भनेर मैले चर्चभित्रको सङ्गठनको विरोध गरी रहेको छैन । प्रभु
येशूका आज्ञाबाट आत्माद्वारा परिचालित, सशक्त उहाँका शरीरका सदस्यहरूका लागि निसञ्कोच
प्रवाहरत हुने सबै आवश्यक सङ्गठनको म दृढ समर्थक हुँ । उहाँका वचन र इच्छाप्रति आत्माद्वारा प्रेरित
आज्ञाकारिताको हरेक काम जीवनले भरिएको हुन्छ र त्यसको परिणाम, परमेश्वरको राज्य फलिफाप
हुन्छ ।
तर, चर्चमा मानिसमात्रद्वारा बनाइएका सबै सङ्गठनहरूको म दृढतासाथ विरोध गर्छु, अनि तिनीहरूलाई
म पाप(स्वभावका हातहरूका रूपमा तिरस्कार गर्छु, किनभने “पापमय शरीरतिर लागेको मनचाहिँ
परमेश्वरप्रति शत्रुता हो । परमेश्वरका व्यवस्थाको अधीनमा त्यो हुँदैन, नता त्यो कहिल्यै हुन सक्छ ।
पाप(स्वभावको वशमा हुनेहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन् ।” (रोमी ८ः७(८) भएकाले उनीहरू
विफल हुने छन् । यी सबै जीवनरहित धार्मिक सङ्गठनहरू जसलाई “सम्प्रदायहरू” भनिन्छ, आत्माद्वारा
प्रेरित नभएका, तथा प्रभु येशू र उहाँको आज्ञाकारी शरीरका परमेश्वरलाई सम्मान गर्ने काम नहुनाले
वास्तवमा घृणा(पात्रहरू छन् । बरु, उनीहरू मानिस(प्रेरित, परमेश्वरलाई अपमान गर्ने पाप(स्वभाव र
पापमय शरीरतिर लागेका मनहरूका विचार हुन्, जसले मानिसहरूका तरिकाहरूमा परमेश्वरको कार्य
गर्ने प्रयास गर्छन् । यी वास्तवमा कहिल्यै सफल भएका छैनन् र यी वास्तवमा कहिल्यै सफल हुने
छैनन् । परमेश्वरको कार्य परमेश्वरकै तरिकामा गर्नु पर्छ, अनि त्यो “नता बलले, न शक्तिले तर मेरो
आत्माले, सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ ।” (जकरिया ४ः६) ।
म प्रार्थना गर्छु, परिमेश्वरका महिमित सत्यद्वारा तिमी पनि प्रेरित हौ, जसले मुक्ति दिनु हुन्छ अनि
उहाँलाई आत्मिक रूपमा र सत्यतासाथ आराधना गर्नका लागि हामीलाई प्राण प्रदान गर्नु हुन्छ !
जार्डन रूज द्वारा