“… पाप सम्पूर्ण रूपले पापमय बनोस् ।” ७ः१३ रोमी ।
क्रिश्चियन हो, जुन हलुका तरिकामा तिमी पापको विषयमा विचार गर्छौ, त्यस प्रति सावधान हौ । ध्यान देऊ, अन्यथा
थोरै–थोरै मात्रामा तिमी पतित हुँदै जान्सक्छौ । पाप, एउटा सानो कुरा छ र? के यो एउटा विष होइन र? यसको
घातकता कसलाई थाहा छ? पाप, एउटा सानो कुरा छ र? के साना फ्याउराहरूले अङ्गुरहरू बिगार्दैनन्? के साना
प्रवाल(कीराहरूले एक चट्टान बनाउँदैनन्, जसले नौसेना जहाजहरूलाई ध्वस्त गर्छ? के अगलो शाहबतूल–वक्र्षलाई
स(साना हिर्काइहरूले गिराउँदैन र? के निरन्तर पानीको खसाइले ढुङ्गालाई खतम पार्दैन र?
पाप, एउटा सानो कुरा छ र? यसले उद्धारकका शिरलाई काँडाहरूले घे¥यो र ह्रदयलाई घोच्यो ! यसको कारण उहाँले
वेदना, पीडा र दुख सहनु प¥यो । अनन्त कालको तराजुमा के तिमीले न्यूनतम पापको भारी पनि भोक्न सक्ने छौ;
सर्पबाट भागेको जस्तै तिमी त्यसबाट टाढा रहने छौ, अनि दुष्ट्याइँको एकदम सानो प्रकटनलाई अत्यधिक घृणा गर्ने
छौ । मुक्तिदातालाई व्रmूसमा चढाउने चीजको रूपमा सबै पापलाई हेर, अनि तिमीले यसलाई “सम्पूर्ण रूपले पापमय”
देख्ने छौ ।
— चयनित