बच्चाको जीवन र विकासका लागि खेल एक महत्वपूर्ण हिस्सा भए तापनि, आधुनिक खेलौना बाजारले हाम्रा
नानीहरूका आत्माहरूका लागि गम्भीर खतरा उत्पन्न गरेका छन् । शैतानले खेलौना र खेल उद्योगमा घुसपैठ
गरेको छ, र आत्मालाई नष्ट गर्ने खेलौनाहरू मार्फत, उसले कयौँ घरहरूमा प्रवेश पाएको छ । यदि नानीहरूले
हुर्केर मौलिक रूपमा पवित्र रहनु पर्छ, उनीहरूले सानो हुँदा नै त्यसको तयारी गर्नु पर्छ । यसले उनीहरूका
खेलौना र खेलहरूका विषयमा ध्यानपूर्वक विचार र निर्णय गर्नु आवश्यक तुल्याउँछ ।
प्रेरित पावलले व्यक्त गरे, “भ्रममा नपर । खराब सङ्गतले राम्रो चरित्रलाई नष्ट पार्छ ।” १ कोरिन्थी १५ः३३ ।
यस पङ्क्तिमा युनानी शब्द “संचार” को अर्थ “सङ्गत” हो । उनीहरूका नानीहरूले बाटोमा हत्यारा, व्यभिचारी
र अन्य अपराधीहरूसँग नजिकको सङ्गत गर्ने विचारबाट अधिकांश आमा‐बुवाहरूलाई त्रास हुने छ तर
उनीहरूलाई यस कुराको बोध हुँदैन कि खेल्ने खेलहरू र प्रयोग गर्ने खेलौनाहरूद्वारा उनीहरूका नानीहरू
पहिल्यै यस्ता चरित्रवालासँग घनिष्ठ “मित्रता” मा परेका छन् ! यस प्रकार विभित्र बच्चाहरूका सर्वथा नृशंस
साथीहरू छन्, जसप्रति सराहना र स्नेहले उनीहरूका हृदय र मस्तिष्कहरू भरेका छन् । नानीहरूको भ्रष्ट हुने
कुरामा कुनै आश्चर्य छ र?
मान्छेहरूले प्रायः भन्छन्, “हरे, ऊ त मात्र एक बच्चा हो”, यस प्रकार उनीहरूले खेलमा गरिएका
गतिविधिहरूका सन्दर्भमा बहाना प्रदान गर्ने प्रयास गर्छन् जुन गतिविधिहरू “वास्तविक जीवन” मा गरिएका
भए अस्वीकार्य हुने थिए । यस प्रकारको सोचाइमा एक विशाल मूर्खता यस बोधको अनुपस्थिति हो कि
बच्चाहरूका लागि खेलाइ वास्तविक घटनाव्रmम हो । यद्यपि धेरै मामिलाहरूमा कुनै वयस्कले कुनै खेल अथवा
खेलौना लिन सक्छ र आफ्नो मस्तिष्कमा खासै प्रभाव न राखि त्यसलाई पछि एकातिर राख्न सक्छ, खेलले
उसको चरित्रमा अमिट छाप छोड्ने जोखिममा बच्चा पर्छ ।
रक्तपात र हत्या‐हिंसामा सर्वव्यापी रूपमा दृढता भएका अत्यधिक नशालु कम्प्यूटर र भीडियो खेलहरूमा
बच्चाहरू मगन भएपछि, कुनै तर्कसङ्गत आमा‐बुवाले कसरी आश्चर्य गर्न सक्छ जब उनीहरूका नानीले
आफ्ना सहपाठीहरू वा अन्य व्यक्तिहरूको हत्या गर्छ? बार्बी गुडिया खेलको अधीनमा वर्षौँ रहेपछि, विवाहको
उमेरभन्दा अगाडि नै आफ्नो छोरीलाई एउटा बच्चा बोकेको हेर्दा के कुनै आमा‐बुवालाई विभ्रान्ति हुने कुनै
कारण छ?
स्वर्गका लागि बच्चाहरूलाई प्रशिक्षण दिनु भनेको बाल्यकाल र किशोरावस्थाका सबै चरणहरूमा उनीहरूलाई
सन्तहरूको जीवन ज्यूनप्रति प्रेरित गर्नु हो । आमा‐बुवाहरूले आ‐आफ्ना बालकहरूका लागि युद्धका खेल खेल्न
खेलौना‐बन्दूक कित्रु र उनीहरूबाट अन्ततः जीवनमा कुनै हिचकिचाइ बिना अहिंसाको ख्रिष्टयन मानक
अङ्गाल्ने अपेक्षा गर्नु हास्यास्पद छ । यसै प्रकार, पवित्र आत्मासँग पूर्ण रूपमा बेमेल दौड्ने कार, लिमोजीन र
अन्य वाहनहरूको वकालत गर्ने सांसारिक जोसको दुष्ट पकडमा यदि बच्चाहरू पर्ने छैनन् भने, के
उनीहरूलाई यस प्रकृतिका खेलौना‐कारहरू प्रदान गर्नु अनि पछि उनीहरूले पहिलो “वास्तविक” कार किनेर
आ‐आफ्नो घमण्ड र धाक त्यागने अपेक्षा गर्नु उचित छ र? सन्तहरूका छोरा‐छोरीहरूले त्यस्ता पात्र हुने धाक
लगाउँदैनन् (उदाहरणार्थ कार‐धावक, व्यवसायिक ऐथ्लीट, पुलिसकर्मी, सैनिक र अन्य) जुन उनीहरू स्वयं सही
ढङ्गमा “वास्तविक” जीवनमा हुन सक्दैनन् । यद्यपि बच्चाहरूले खेलमा आ‐आफ्नो कल्पना प्रयोग गर्नमा केही
गलती छैन, त्यसले वास्तविकता र पवित्रता दर्साउनु पर्छ । बाइबलका यस सिद्धान्तले बच्चाहरूका खेलबाट
विरूप‐प्राणी र अन्य अप्राकृतिक धारणाहरू पूर्ण रूपमा अस्वीकार गर्छ ।
हितोपदेश २२ः६ ले भन्छ, “बालकलाई ऊ (आगामी जीवनमा) हिँड्नु पर्ने बाटोमा तालीम देऊ…”। वर्षौँको
आध्यात्मिक बेहोशी र लापरवाही पछि धेरै धेरै आमा‐बुवा यस कुरा प्रति ब्युँझछन् कि उनीहरूका नानीहरू
किशारावस्था र युवावस्थामा पुगेका छन्, जसका हृदय र मस्तिष्कहरू सांसारिकता र पापमा डुबेका छन् ।
त्यस बेला कैयौँ आमा‐बुवा क्षतिको पूर्ति गर्न उन्मत्त कारबाही गर्न थाल्छन्, र के थाहा पाउँछन् भने एक
समयका कोमल हृदयहरूलाई अब अवैध प्रेमहरूबाट फर्काउन सकिँदैन ।
हे आमा‐बुवाहरू ! तपाईँका नानीहरूलाई कुन‐कुन खेलौनाहरूले आकर्षित गरेका छन् भत्रे कुरामा ध्यान
दिनुहोस् अनि स्मरण गर्नुहोस् अहिल्यै त्यो समय हो जब तपाईँले पवित्रताको बाटोमा आफ्नो नानीलाई
प्रशिक्षण दिन सक्नु हुन्छ !
—भाइ बेन्जामिन तोउस्तिगा
बार्बी गुडियाको सङ्क्षिप्त इतिहास
– १९५२ ः एक कार्टूनिस्टले लिली नामक अश्लील कार्टून, सुनको खनन गर्ने, शरीर प्रदर्शन गर्ने र वेश्या
बनायो जसले बारम्बार स्वयंलाई रौँ हराइ रहेको, दुई चिउँडा भएको बिरालो सामु फ्याँकेकी थिइन् ।
– १९५५ ः उसका दर्शक वयस्क पुरुषहरू थिए जसले अविवाहितहरूको पार्टीमा यसलाई कामुक स्मारिकाको
रूपमा ग्रहण गरे—यसको बिव्रmी सुर्ती पसल र बारहरूमा हुँदै थियो—यसको निर्माण हैम्बर्ग, जर्मनी र पछि
हङ्गकङ्गमा हुँदै थियो ।
– बार्बीका ओठ पूर्ण, पर्याप्त स्तन, धनुषाकार आँखी‐भौँ र कामुक कटाक्ष नजर थियो ।
– लिली किन्ने र आफ्नो पतिसँग साझा स्वामित्वमा मैटल नामक कम्पनी हुने रुथ हैण्डलर नामक
महिलालाई त्यो गुडियो उत्पादन गर्नका लागि आफ्नो श्रीमान् र सबै पुरुष कर्मचारीहरूलाई सहमत
गराउनमा केही समय लाग्यो ।
– १९५९ ः बार्बीको अन्तर्राष्ट्रिय खेलौना प्रदर्शनीमा उद्घाटन भयो । कैयौँ गुडिया पसलेहरूले यसलाई
स्टोरमा लैजानु अस्वीकार गरे । अन्य ग्राहकहरूले चिन्ता व्यक्त गरे कि ऊ निकै परिपक्व थियो ।
– बालिकाहरूलाई त्यो मन प¥यो, उनीहरूले आ‐आफ्नो आमा‐बुवालाई सहमत गरे ।
– प्रति दिन बिव्रmी १७२,००० भन्दा अधिक ।
– मैटलको अनुसार, तीनदेखि दस वर्षसम्मको कुनै पनि सामान्य बालिका ८ बार्बी गुडियाहरूकी मालिक
छिन् ।