धार्मिक चलचित्रहरूका खतरा

जब परमेश्वरले मोशालाई पवित्र वासस्थानको रूपरेखा प्रदान गर्नु भयो, उहाँले ध्यानपूर्वक त्यसमा हरेक विवरण सामेल गर्नु भयो । मोशालाई मूल
योजनामा सुधार गर्ने विचार नआऊस् भत्रे कुरा निश्चित गर्नका लागि परमेश्वरले उनलाई गम्भीरतासाथ चेताउनी दिनु भयो, “पर्वतमा तँलाई
देखाएको नमूना बमोजिम तैंले होश गरी ती बनाउनू ।” मोशा होइन, परमेश्वर वास्तुकार हुनुहुन्थ्यो । यसलाई अल्पतम परिमाणमा पनि परिवर्तन गर्ने
दुस्साहस कसैले पनि नगरून् ।

 
नयाँ करार चर्च पनि एक ढाँचामा बनाइएको छ । सिद्धान्तहरू मात्र होइन, तरिकाहरू पनि स्वर्गीय रूपमा दिइएका छन् । परमेश्वरले प्रकट गर्नु भएको
योजनाबाट टाढा हुनु हाम्रो आफ्नै हानिको घटक हो । हरेक अलग्याइका दुई परिणाम हुन्छन्, तत्काल र दूरस्थ । तात्कालिकले व्यक्ति र उसका निकट
रहेका अन्य व्यक्तिहरूलाई प्रभावित पार्छ । दूरस्थको विस्तार अज्ञात समयसम्म भविष्यमा जान्छ, अनि यसको फैलावट त्यत्ति व्यापक पनि हुन सक्छ,
जसले गर्दा पृथ्वीमा रहेको परमेश्वरको सम्पूर्ण चर्च दुष्ट्याइँद्वारा प्रभावित हुन सक्छ ।

 
परमेश्वरको काममा “नयाँ” कुरा ल्याउने प्रलोभन केही व्यक्तिहरूका लागि सधैँ त्यत्ति शक्तिशाली रहेको छ जसलाई उनीहरूले पन्छ्याउन सक्दैनन् ।
प्रभु येशू र प्रेरितहरूभन्दा अधिक उनीहरूलाई परमेश्वरको काम सञ्चालन गर्ने ज्ञान छ महसुस गर्ने गुमराह भएका व्यक्तिहरूका हातौँ चर्चले
अवर्णनीय क्षति बेहोर्न परेको छ । बाक्स‐कारहरूको एउटा बलियो शृङ्खला पनि त्यस धार्मिक कसिङ्गरलाई हटाउने कार्यमा अपर्याप्त सिद्ध हुने छ,
जसलाई मूल ढाँचामा सुधार गर्ने आशाका साथ चर्चको सेवामा ल्याइएको छ । यी चीजहरू सत्यको प्रगतिमा वास्तविक बाधाहरू रहेका छन् र
यिनीहरूले त्यत्ति व्यापक रूपमा स्वर्गीय सुनियोजित ढाँचाहरूलाई परिवर्तन गरेका छन् जसका परिणामस्वरूप कुरूप चीजहरू उत्पत्र भएका छन्,
जसलाई प्रेरितहरूले निकै कठिनाइका साथ चित्रे छन्, यदि उनीहरू आज पृथ्वीमा आउँछन् भने ।

 
पृथ्वीमा रहून्जेल हाम्रा प्रभुले मन्दिरलाई शुद्ध पार्नु भयो, अनि शताब्दिहरूको अवधिमा आवधिक शुद्धिकरण आवश्यक रहेको छ । हरेक पीढीमा निश्चित
रूपमा कुनै‐न‐कुनै महत्त्वाकाङ्क्षी सौखिन हुन्छ जो आफ्नो चम्किलो उपकरण लिएर आउँछ र वेदीका सामु रहेका पूजाहारीहरूलाई त्यो उपयोग गर्ने
आग्रह गर्छ । धर्मग्रन्थहरूले त्यसको अस्तित्वको औचित्य प्रदान गर्दैनन् भत्रे कुराप्रति ऊ कुनै प्रकारमा चिन्तित लाग्दैन । जुनसुकै तरिकामा त्यसलाई
ल्याइन्छ र धर्मपरायणताकै नाममा प्रस्तुत गरिन्छ । छिट्टै सबै उत्तम र पवित्रसँग ख्रष्टियन जनताको मस्तिष्कमा यसको पहिचान गरिन्छ । तब,
निसन्देह, त्यस उपकरणको विरोध गर्नु सत्यकै विरोध गर्न सरह हुन्छ । यो एउटा पुरानो सुपरिचित पद्धति हो जसलाई अशुद्धताका भक्तजनले त्यत्ति
प्रायः र त्यत्ति समयदेखि अभ्यास गरेका छन्, जसले गर्दा म आश्चर्यचकित छु, परमेश्वरका नानीहरू यसको धोकामा कसरी पर्न सक्छन् ।
विधिको विधर्म सन्देश बङ्गयाउन सरह नै घातक हुन सक्छ । पुरानो‐धाराको प्रोटेस्टैंट धर्मलाई, धेरै समय पहिले नै, धर्मग्रन्थहरू‐बाहिरको कसिङ्गरद्वारा
मृत पारिएको छ ।

 
आध्यात्मिक ज्ञान प्रदान गर्नका लागि विगत केही वर्षहरूभित्र एउटा नवीन विधि आविष्कार गरिएको छ । अथवा, झन् सटीक शब्दहरूमा, यो पटक्कै
नयाँ छैन, बरु केही वर्षदेखिको उपकरण अपनाउने कार्य हो, त्यस्तो उपकरण जुन आफ्नो मूल र पृष्ठभूमिका कारण चर्चको होइन, सांसारिक हो ।
केही व्यक्तिहरूले यसमाथि आ‐आफ्नो खास्टो ओढाएका छन् र अब यो दर्साउने प्रयासमा छन् कि यो हाम्रो युगको लागि स्वयं परमेश्वरको वरदान हो
। तर, विव्रmेताको कुरा जति वाचाल भए तापनि, यो फेरि पनि एउटा अनाधिकृत वृद्धि नै हो, र सीनै पर्वतको टाकुरामा हामीलाई दर्साएको ढाँचाको
भाग यो कहिल्यै पनि थिएन ।

 
निश्चित रूपमा म धार्मिक चलचित्रको कुरा गर्दै छु ।
परमेश्वरका वचनबाट सन्देशको समय आउन्जेल यस्तो चलचित्र देखाउन हुने ठाउँमा “सेवा“ धेरै हदसम्म कुनै अन्य सेवा जस्तै लाग्न सक्छ ।
त्यसपछि बत्तीहरू निभाइन छ र चलचित्रलाई चालू गरिन्छ । “सन्देश” यसै चलचित्रमा सीमित छ । चलचित्र सिद्धे पछि के हुन्छ भत्रे कुरा
परिस्थितिहरू अनुसार बेग्लाबेग्लै हुन्छ, तर प्रायः एउटा निमन्त्रण गान गाइने र गल्ती गर्ने पापीहरूलाई परमेश्वरतिर पर्कने कोमल निवेदन गरिन्छ ।
त्यसो भए, यस सबैमा के त्रुटि छ र? यसप्रति कुनै व्यक्तिले किन आपत्ति जनाउने छ र परमेश्वरको घरमा यसको उपयोगको विरोध गर्न, किना निकै
प्रयास गर्ने छ? मेरो उत्तर यहाँ छ ः
यसले सुनवाइको धार्मिक नियमको उल्लङ्घन गर्छ ।

 
यो महत्त्वपूर्ण छ, परमेश्वरले मानवजातिलाई आफ्नो महान् मुक्तिको प्रकाश शब्दहरूमा प्रदान गर्नु भयो । “अनि यी सबै कुरा परमेश्वरले भत्रु भयो”
भत्रे वाक्यले त्यहाँसम्म पुग्ने इतिहासको निष्कर्ष बाइबलकै वर्णनमा दिएको छ । “परमेश्वरले भत्रु भएको छ” अगमवक्ताहरूले निरन्तर स्मरण गराएका
छन् । “जुन वचन मैले तिमीहरूसँग बोलेको छु, ती आत्मा र जीवन हुन् ।” हाम्रा प्रभुले आफ्ना श्रोताहरूलाई भत्रु भयो । पुनः उहाँले भत्रु भयो,
“साँच्चै, म तिमीहरूलाई भन्दछु, जसले मेरो कुरा सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ ।” पावलले शब्दहरू र
विश्वासलाई अविभाज्य बनाए ः “जे सुनिएको छ, त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रीष्ठको प्रचारबाट आउँछ ।” उनले यो पनि भने,
“प्रचारकबिना तिनीहरूले (अर्थात् मानिसहरूले कसरी सुत्रे?”
बाइबलले मानव आत्मामा विश्वास र जीवन ल्याउनका लागि मीडिया जस्ता नाटकलाई कुनै स्थान दिएको छैन भत्रे कुरा बुझ्नलाई निश्चित रूपमा
कुनै विशेष प्रतिभा चाहिँदैन ।

 
परमेश्वरले आफ्नो सन्देश सुत्रे कानलाई सम्बोधित गर्नु भयो । “वचन तिम्रो नजिकै छ, तिम्रो मुखैमा र तिम्रो ह्रदयमा ः अर्थात् विश्वासको वचन, जो
हामी प्रचार गर्दछौँ ।” यहाँ, र अन्त कतै होइन, नयाँ करारको ढाँचा दिइएको छ, तथा कुनै मानव र कुनै स्वर्गदूतलाई त्यस ढाँचामा कुनै परिवर्तन गर्ने
कुनै अधिकार छैन ।

 
धर्मलाई मनोरञ्जनको एक प्रकार बनाउन सकिन्छ भत्रे बीभत्स धारणा यसमा सामेल छ ।
यो धारणा हामीमाथि हालसालमा नै एउटा ज्वारभाटाको छाल सरह आएको छ र यसलाई कि त खुल्ला रूपमा सिकाइन्छ अथवा वृद्धि भई रहेको
मान्छेहरूको सङ्ख्याले मौन रूपमा यस्तै ठानेको छ । धर्म मनोरञ्जनात्मक हुनु पर्छ भत्रे विचारले यस पुस्ताभित्र ईभान्जेलिक्ल चित्रणमा केही मौलिक
परिवर्तन गरेको छ । यसले हामीलाई न केवल “सुसमाचार” चलचित्र दिएको छ बरु धार्मिक पत्रकारिताको एउटा नयाँ प्रकार पनि दिएको छ । यसले
चर्चका व्यक्तिहरूका लागि एउटा नयाँ पत्रिका पनि निर्माण गरेको छ, जसलाई अगाडिको आवरणदेखि पछाडिको आवरणसम्म पढ्न सकिन्छ,
बिना‐प्रयास, बिना‐विचार—र बिना लाभ ।

 
आ‐आफ्ना आवश्यक स्वभावहरूद्वारा नै धर्म र मनोरञ्जन सधैँका लागि परस्पर विरोधी छन् भत्रे कुरा प्रत्यक्ष रूपमा धार्मिक मनोरञ्जनकर्ताहरूको यस
नयाँ धारालाई थाहा छैन । श्रोताको मन कतै अरू भएको समयमा, त्यसका सामु एक क्षणको लागि प्रकट हुने र उसलाई सुरक्षात्मक सत्यको एक
छिटोछरितो खुराक पिलाउने उनीहरूको प्रयास व्यर्थमात्र होइन, वास्तवमा त्यो ठेट बेइमानीभन्दा धेरै कम छैन । कुनै मान्छे कुनै काल्पनिक नायकको
कार्यमा ग्रस्त रहेको बेला त्यसलाई बदल्ने उनीहरूको आशाले एक कैथोलिक मिश्नरीको कथाको स्मरण गराउँछ, जसले चुपचाप तरिकामा रोगी
व्यक्ति र बच्चाहरूका सामु एक क्षण उपस्थित भएर उनीहरूलाई स्वर्णको सहरमा प्रस्थान सुनिश्चित गर्नका लागि उनीहरूमाथि अलिकति पवित्र जल
छिट्काउँथ्यो ।

 
मनोरञ्जनद्वारा आध्यात्मिक सत्य सिकाउने कुनै पनि प्रयास, उत्कृष्ट भएमा व्यर्थ र निकृष्टतम भएमा आत्माको लागि निश्चित रूपमा हानिकारक छ ।
हाम्रा मस्तिष्कहरूका सबैभन्दा कम गहिराइको तहलाई सम्बोधन गरेर, धार्मिक चलचित्रहरूले नराम्रो मानसिक बानी उत्पत्र गर्न बाहेक अरू केही गर्न
सक्दैनन्, जसले वास्तविक आध्यात्मिक प्रभावहरू प्राप्त गर्नका लागि आत्मालाई अयोग्य बनाउँछ ।

 
धार्मिक चलचित्रहरूलाई केही व्यक्तिहरूले गल्तीका कारण प्रभुकै वरदान ठात्रे गर्छन् किनभने कैयौँ व्यक्तिहरू चलचित्र हेरे पछि रसाएका आँखा लिएर
बाहिर आउँछन् । यदि यो परमेश्वरको वरदानको प्रमाण छ भने, तब हामी अरू अगाडि पनि जान सक्छौँ र दाबी गर्न सक्छौँ कि जुन कुनै प्रदर्शनले
आँखामा आँसु ल्याउँछ, त्यो परमेश्वरको हो । रङ्गमञ्चमा जाने व्यक्तिहरूलाई थाहा छ, उच्च रकम पाउने मनोरञ्जनकर्ताहरूका खुसी र दुखले
दर्शकहरूलाई कत्ति बारम्बार रुआउँछ, जुन मनोरञ्जनकर्ताहरूले दर्शकहरूका भावनात्मक उत्तेजनालाई उच्च स्तरमा लैजाने उद्देश्यका लागि एक
आपसमा चुम्छन्, भावनाहरू दर्साउँछन्, हत्या गर्छन् र मर्छन् । पाप गर्नप्रति समर्पित र मृत्युका लागि नियुक्त भएका पुरुष र महिलाहरूले तैपनि
चित्रित अभिनेताहरूका लागि सहानुभूतिमा रुन सक्छन् र त्यस्तो गर्दा एक रत्ती पनि सुध्रन नसक्लान् । भावनाहरूले एक सुन्दर समय पाए, तर
इच्छालाई छुनु सकेन । धार्मिक चलचित्रले निश्चित रूपमा मान्छेहरूको राम्रो सङ्ख्यालाई आकर्षित गर्ने छ, जसले प्रतिनिधि सहानुभूतिको दुखाइलाई
पवित्र आत्माका सच्चा सञ्चालनबाट फरक गर्न सक्दैनन् ।

 
जसले सुसमाचारको चलचित्र प्रस्तुत गर्छन्, जनतासामु त्यस कार्यको बाइबल अनुसार अधिकृत गर्ने उनीहरूको उत्तरदायित्व छ ः उनीहरूले त्यस्तो
गरेका छैनन् ।

 
चर्च बाइबलका पद्धतिहरू अनुसार कार्यरत छ र आफ्नो आचार‐व्यवहारका लागि धर्मग्रन्थहरूबाट कारण दिन सक्छ । यसका सदस्यहरू सँगसँगै
प्रार्थना गर्नका लागि निर्धारित समयमा बेला हुन्छन् ः यसलाई टेवा पु¥याउने बाइबलले दिएको अधिकार छ । व्याख्या गरिएका परमेश्वरका वचनहरू
सुत्रका लागि उनीहरू बेला हुन्छन् ः यो लगभग अटूट निरन्तरतामा मोशाका समयदेखि नै भई रहेको छ । उनीहरूले भजनसङ्ग्रह, आराधनागान र
आध्यात्मिक गीतहरू गाउँछन् ः त्यस्तो गर्ने आज्ञा प्रेरितले दिएको छ । उनीहरूले आफ्ना उपहारहरू राख्छन् र निर्धारित समयमा तिनलाई चर्च अथवा
प्रार्थनालय (चैपल) मा ल्याउँछन् ताकि तिनको उपयोग परमेश्वरको कार्यमा होस् ः यो कार्य पनि धर्मग्रन्थका ढाँचा अनुसार नै हुन्छ । उनीहरूले
सिकाउँछन्, तालिम दिन्छन् र निर्देश दिन्छन्; उनीहरूले शिक्षक र पादरी र मिशनरीहरू नियुक्ति गर्छन् र तिनीहरूलाई त्यस कार्यका लागि पठाउँछन्
जसका लागि परमात्माले उनीहरूलाई पठाएको छ ः यस सबैको प्रष्ठभूमिमा धर्मग्रन्थले दिएको अधिकार छ ।
अब, धार्मिक चलचित्रको लागि अधिकार कता छ? प्राचीन ढाँचाबाट त्यस्तो गम्भीर पृथकताको अधिकार कहाँ छ? अभिनयको विधर्मी कलाको चर्चमा
आगमनको अधिकार कहाँ छ? यस विषयमा उनीहरूले बढीमा के गर्न सक्छन् भने संसारको मनोविज्ञानलाई आग्रह गर्न सक्छन् अथवा “आधुनिक
समयले आधुनिक तरिकाहरूको माग गर्छ” भत्रे वाक्यलाई उज्ज्वल रूपमा दोहो¥याउन सक्छन् ।
धार्मिक चलचित्रहरू मार्फत सुसमाचार सिकाउने सम्पूर्ण विचार त्यही मूल पूर्वधारणाहरूमा आधारित छ जसमा आधुनिकतावादको आधार छ, अर्थात्,
परमेश्वरका वचन अन्तिम छैनन्, र तिनमा थप्ने र तिनमा सुधार गर्न सक्छौँ भत्रे कुरा हामी, यस समयका व्यक्तिहरूलाई जहाँ लाग्छ, तिनमा
परिवर्तन गर्ने पूर्ण अधिकार हामीलाई छ ।

 
यो कार्य धर्मग्रन्थहरूको सम्पूर्ण भावनासँग सुसँगतबाट बेमेल छ र सच्चा पवित्रताको विपरीत ।
पवित्र धर्मग्रन्थहरूको आत्मासँग धार्मिक चलचित्रको आत्मालाई अनुरूप बनाउनु असम्भव छ । एक थान चलचित्र लिएर आहाबका सामु एलिया
उपस्थित भएको कल्पना गर्ने प्रयास गर्नुहोस् ! पेन्टिकोस्टमा पत्रुस उठ्ने र “कृपया बत्तीहरू निभाउनुहोस्” भत्रे, कल्पना गर्नुहोस् । आफू एउटा कुशल
वक्ता नभएको कारण दिएर जब यर्मियाले भविष्यवाणी गर्नमा सञ्कोच गरे, परमेश्वरले उनका मुख छुनु भयो र भत्रु भयो “अब, मैले मेरो वचन तेरो
मुखमा हालिदिएको छु ।” शायद यर्मिया स्वर्गीय स्पर्श बिना नै ठिक हुने थिए, यदि उनका सँग एउटा राम्रो चलचित्र भएको भए ।
कुनै व्यक्तिले आफ्नो धार्मिक चलचित्रको तुलना प्रेरितहरूको कामसँग गर्ने साहस गरूस् त । यदि उसले प्रकारमा फरक हेर्न सक्दैन बने, तब ऊ
जीवन्त परमेश्वरका चर्चमा नेतृत्व गर्नका लागि अत्यधिक अन्धो छ । त्यस्तो परिस्थितिसँग उपयुक्त उसले केवल एक कार्य गर्नु सक्छ, घुटना टेकेर
बार्टिमेस नामक बिचरा अन्धो भिखारीसँग कराउन सक्छ “हे प्रभु, म देख्न सकूँ ।”
हानिकारक प्रभाव ।

 
यसले धर्मलाई नाट्य संसारसँग पहिचान गर्छ । हालै मैले एउटा कट्टरपन्थी पत्रिकामा एउटा धार्मिक चलचित्रको विज्ञापन देखेँ, जुन कुनै सहरको
समाचारपत्रको नाट्य पृष्ठमा राम्ररी सुहाउन सक्थ्यो । एक जना युवा पुरुष र एक यवतीको कोमल आलिङ्गनसँग सामान्य कामुक आकर्षण चित्रद्वारा
प्रदर्शित र “चलचित्र‐समय, नाटक, करुणा, रोमाञ्च” जस्ता शब्दहरूले सुसज्जित, त्यसबाट हालीवुड र तुच्छ चलचित्र निर्माणभवनको गन्ध आउँदै
थियो । यस प्रकारको व्यापारद्वारा हामी ख्रिष्टयन धर्मबाट आफ्नो पृथकता बेच्दै छौँ ।

 
युवाहरूका मस्तिष्कहरूमा यी चलचित्रहरूले नाटकप्रति जुन रुचि जगाउँछ, त्यो यी धार्मिक चलचित्रहरूले प्रदान गर्ने घटिया सामग्रीद्वारा धेरै
समयसम्म सन्तुष्ट हुने छैन । हाम्रा युवा वर्गले वास्तविक चीज माग्ने छन्, र हामीले नियमित चलचित्र निर्माणभवनको ग्राहक किन बत्रु हुँदैन भत्रे
कुरा जब उनीहरूले सोध्ने छन्, तब हामीले के उत्तर दिन सक्ने छौँ?

 
हुर्किन्दो पुस्ताले स्वाभाविक रूपमा धर्मलाई दोस्रो, र कमसल, मनोरञ्जनको प्रकारको रूपमा हेर्ने छ । वर्तमान पीढीले खतरनाक हदसम्म पहिले नै
यस्तो गरेको छ, अनि सुसमाचारको चलचित्रले धर्मपरायणताको नाममा धर्म र मनोरञ्जनलाई मिलाएर यसको परिपुष्टि गर्दै छ । दर्शकहरूका रुचिहरू
झन्झन् उत्तेजित हुँदै जाने व्रmममा धार्मिक चलचित्रहरू पनि अधिकाधिक रोमाञ्चकारी हुनु पर्छ भत्रे कुरा बुझ्नलाई कुनै विशाल अन्तर्दृष्टि चाहिँदैन ।
धार्मिक चलचित्र आलसी उपदेशकको मित्र हो । यदि वर्तमान प्रचलनको विस्तार हुँदै गयो भने, त्यो समय धेरै टाढा छैन जब श्रव्य प्रार्थना बनाउका
लागि पर्याप्त क्षमता भएको र एउटा प्रोजेक्टर केन्द्रित गर्न उपयुक्त बुद्धि भएको कुनै पनि व्यक्ति परमप्रधान परमेश्वरको एक अगमवक्ताको रूपमा
प्रस्तुत हुन सक्छ । परमेश्वरको व्यक्तिले हप्ताहभरि खेल्न सक्छ र कुनै ध्यानबिना परमेश्वरका दिनमा उपस्थित हुन सक्छ । उसले केवल स्व्रmीन
मिलाउनु पर्छ, बत्ती निभाउनु पर्छ, अनि अन्य सबै काम झन्झटबिना हुने छन् ।

 
जताकतै चलचित्र प्रयोग गरिन्छ, प्रोजेक्टरद्वारा अगमवक्ता प्रदर्शित हुँदो छ । यस्ता प्रदर्शित अगमवक्ताहरूले कम्तीमा हामी तकनीशियन छौँ र प्रचारक
छैनौँ भत्रे कुरा स्वीकार्न सक्छन् । उनीहरूले स्वीकारून्, उनीहरू परमेश्वरले पठाएका, पवित्र कार्य गर्नका लागि नियुक्त गरिएका मान्छेहरू होइनन् ।
उनीहरूले आफ्ना ढोङ्गहरू हटाऊन् ।

 
निष्कर्षमा
केही दृढ‐सङ्कल्पवाला आत्माहरूलाई एउटा कुराले चिन्तित पार्न सक्छ ः धार्मिक चलचित्रको अनुमोदन धेरै जना राम्रा व्यक्तिहरूले किन गर्छन् । यदि
यो एउटा दुष्ट्याइँ हो भने, तिनीहरूले यसको भत्र्सना किन गर्दैनन्?
यसको उत्तर हो, उत्तम आध्यात्मिक विवेकशीलताको अभाव । चलचित्रमा जाने धेरै व्यक्तिहरू त्यही हुन जसले, प्रत्यक्ष शिक्षण अथवा उपेक्षाद्वारा,
पवित्र आत्माको कामलाई अप्रतिष्ठित पारेका छन् । उनीहरूले पवित्र आत्माका तरफबाट क्षमा मागेका छन् र त्यस कारण आफ्नो अविश्वास मार्फत
पवित्र आत्मालाई त्यसरी सुरक्षित पारेका छन्, जुन पूर्ण रूपमा धर्मको परित्याग सिद्ध भएको छ । बत्ती निभी सकेको छ, अनि मानव बुद्धिको
अन्धकारमा राम्रा व्यक्तिहरू खुट्टा वरपर ठोक्नमा बाध्य भएका छन् ।
चर्चहरूमा धार्मिक चलचित्र त्यसरी बेला हुँदै देखिएको छ जसरी पृथ्वीमा फटेङ्ग्राको समूहको मेघ । यो चित्रण ठेट छ—उनीहरू तलबाट आउँछन्,
माथिबाट आउँदैनन् । सम्पूर्ण आधुनिक मनोविज्ञानलाई कीराहरूको यस आव्रmमणका लागि तयार गरिएको छ । रूढिवादीहरू मत्रबाट थकित भएका
छन् र रातो मांसका अभिलाषी भएका छन् । संसारका कामुक र उजाड सुखहरूको तुच्छ विकल्प उनीहरूले पाउँदछन्, र आध्यात्मिक हुने देखौवाले
उनीहरूको लाज बचाउँछ ।

 
परमेश्वरका नानीहरूले खान हुने भोजनको आदेश आध्यात्मिक अन्तर्दृष्टिबिनाका व्यक्तिहरूले गर्दाखेरि शान्तिको लागि हामी निश्चल नबसौँ । ख्रिष्टयन
धर्मका अवलम्बीहरूमाझ एकता इच्छित छ तर सदाचारिता परित्याग गरेर हुँदैन ।
धार्मिक प्रदर्शनहरूको त्रुटि बुझ्ने बुद्धिमता यदि परमेश्वरले दिएको छ भने, तिनको खुला विरोध गर्ने कार्यको श्रेय चर्चलाई जाँछ । “दोषी मौनता” मा
शरण लिने साहस हामीमा छैन । त्रुटि मौन छैन । त्यो निकै मुखर र आश्चर्यजनक रूपमा आव्रmामक छ । त्यसभन्दा कम मुखर र आव्रmामक रहने
साहस हामीमा छैन ।
लेखक, ए.डब्ल्यु. टोजर

Leave a Comment