दि चर्च आफ गाड

दि चर्च आफ गाड पृथ्वीमा एक मात्र संस्था हो, जसको मूल स्वर्गीय छ । समयको किनारमा यो एक मात्र
संस्था हो, जुन अनन्तसम्म निरन्तर विद्यमान रहने छ । समय सकिएपछि अन्य हरेक चिज विनाश हुने छन्
। स्वर्गका महिमाहरूको बिचमा साम्राज्यहरूको कीर्ति, सभ्यताहरूको भव्यता, समय समयका राजतन्त्रहरूको
सानको कुनै प्रतिबिम्ब रहने छैन । पृथ्वीका खजानाहरूको सान, पृथ्वीका कीर्तिहरूको साजसज्जा र देखावा,
वाकपटुता र वक्तव्यहरूको ख्याति, ज्ञानका विद्यालयहरूको प्रसिद्धि, सुन्दर आकृतिहरूको मोहनी र मतहरूका
समारोहहरूको चिहानपछिको भूमिमा कुनै चिह्न रहने छैन, तिनीहरूको कुनै प्रतिनिधित्व रहने छैन । केवल
दि चर्च आफ गाड त्यहाँ उज्ज्वल रहने छ । यो स्वर्गबाट आयो र स्वर्गमा नै फिर्ता जाने छ ।
पृथ्वीमा मात्र होइन, बरु पूर्ण अनन्तमा पनि दि चर्च आफ गाड परमेश्वरको निकाय हो । अहिले र सदाको
लागि यो चर्च परमेश्वरको निवाश हो । परमेश्वरले आफ्ना मानिसहरूमा निवास गर्नु हुन्छ र उहाँका
मानिसहरूले परमेश्वरमा निवास गर्छन्, जबकि अनन्तका चक्रहरू टुङ्गो नलागीकन चलि रहन्छन् । पृथ्वीमा
दि चर्च आफ गाड मानिसहरूमाझ परमेश्वरको अवतार हो । वास्तविक चर्चको इतिहास पढ्नासाथ
मानिसहरूले परमेश्वरको जीवनी पढ्ने छन् । चर्चको जीवन परमेश्वरको जीवन हो । सृष्टिकर्ताको हैसियतमा
संसार परमेश्वरको सिर्जना हो, जीवनदाताको हैसियतमा चर्च परमेश्वरको सृष्टि हो । यो उहाँको आफ्नै जीवन
हो । यो उहाँमा बसोबास गर्दछ र उहाँ यसमा बसोबास गर्नु हुन्छ । चर्च प्रभु येशुमा सिर्जित छ । केवल एउटा
सिर्जनात्मक कार्यद्वारा चर्च प्रभु येशुमा सिर्जित भएको छैन, बरु परमेश्वरबाट जन्मिएका कारण भएको छ ।
चर्च प्रभु येशुमा परमेश्वरबाट जन्मिएको छ र यो परमेश्वरको सन्तति हो । आफ्नो सिर्जनाको रूपमा
परमेश्वरले संसारलाई माया गर्नु हुन्छ । उहाँले चर्चलाई आफ्नै जीवनको जीवनका रूपमा माया गर्नु हुन्छ

पृथ्वीमा दि चर्च आफ गाडमा स्वर्गीय तत्त्वहरू छन् र स्वर्गीय नभएको कुनै चिज त्यसमा छैन । यस चर्चले
परमेश्वरको छवि बोक्दछ । परमेश्वरले आफ्नो छवि आफ्नै चर्चमा देख्नु हुन्छ । चर्च एउटा ऐना हो, जसले
सधैँ स्वर्गीय निपूर्णताहरूलाई परावर्तन गर्छ । दि चर्च आफ गाड एउटा जीवित चिज हो । यो परमेश्वरको
जीवनमा जीवित छ । यसका शिराहरूमा परमेश्वरको जीवन प्रवाहरत छ । उहाँको चर्चमा प्रभु येशुको जीवन
उन्मुक्त रूपमा सञ्चार हुन्छ, जसरी मानव शरीरमा रक्त सञ्चार हुन्छ——चर्च उहाँको शरीर हो । स्वर्गीय
भोजनद्वारा यसको पोषण हुन्छ । यसले स्वर्गको वातावरणमा सास फेर्छ ।
प्रभु येशुमा परमेश्वर र मानिसको मिलन चर्च हो । दि चर्च आफ गाड सबै मानिसहरूको परमेश्वरसँग र
एक–अर्कामा मिलन हो । परमेश्वरको बहुरूपी बुद्धिमता, रहस्य र उहाँको चरित्र उहाँकै चर्चद्वारा प्रकट हुन्छ
। आफ्नो सुन्दरतामा परमेश्वर चर्चबाट बाहिर चम्किनु हुन्छ । उनी पूर्ण रूपमा सुन्दर छिन्; उनमा कुनै दाग
छैन । परमेश्वरले सूर्य, चन्द्रमा र सबै ताराहरू बनाउनु भयो, तर तिनलाई उहाँले आफ्नो बासस्थान बनाउनु
भएन । जब उहाँले आफ्नो चर्च बनाउनु भयो अनि भन्नु भयो, “यो मेरो विश्रामस्थल हो; यहाँ म बस्छु र
आफूलाई गुणन गर्छु; यहाँ मैले त्यस्तो सुन्दरता र श्रेष्ठता पाएको छु कि म आफ्नो प्रेमको पूर्ण क्षमता प्रकट
गर्न सक्छु; यहाँ मेरो व्यक्तित्वले पूरा आरमा पाउँछ, यहाँ म मेरो आत्माका सबै कष्टहरूलाई बिदा गर्छु र म
सन्तुष्ट छु ।”
दि चर्च आफ गाडमा परमेश्वरका दूतहरूद्वारा सेवा उपलब्ध छ । पृथ्वीमा यो एक मात्र संस्था हो, जसलाई
स्वर्ग–दूतहरूले हेर्ने इच्छा राख्दछन् । अन्य हरेक चिजलाई उनीहरूले बेवास्ता गर्दछन्, तर चर्चमा पुग्नासाथै
त्यसको सुन्दरताको सरहाना गर्न र त्यहाँ आफ्नो सेवा दिन रोकिन्छन् । पृथ्वीमा यो केवल एक मात्र संस्था
हो, जसले स्वर्ग–दूतहरूलाई खुशी प्रदान गर्न सक्छ । पृथ्वीमा यो एक मात्र संस्था हो, जहाँ उनीहरूले गाउँछन्
। “सर्वोच्च महिमा परमेश्वरलाई होस् र पृथ्वीमा शान्ति र मानवप्रति सदभाव होस् ।” पृथ्वीमा चर्चका सबै
विजयहरूले स्वर्ग–दूतहरूलाई खुशी पार्छन् ।
दि चर्च आफ गाड पृथ्वीमा एक मात्र संस्था हो, जसले परमेश्वरको उपाशना गर्न सक्छ । आराध्य
परमेश्वरलाई आत्मा र सत्यतासाथ आराधना गर्नु पर्छ, किनकि चर्चबाहेक कुनै चिजसँग आत्मा र सत्य छैन
। चर्च स्वर्गीय प्रवृत्तिले परिपूर्ण छ । परमेश्वरले चराचुरुङ्गीलाई स्वभाव दिनु हुन्छ । त्यस स्वभावले
उनीहरूलाई काम गर्न सिकाउँछ । स्वर्गीय प्रवृत्तिले चर्च भरिएको छ, जसले यसलाई स्वर्गीय कार्य गर्न
सिकाउँछ । यसको जीवन स्वर्गीय जीवन हो । यो स्वर्गीय कुराहरूद्वारा जीवित छ र त्यसका गतिविधिहरूमा
स्वर्गीय कुराहरूको तानाबान छ । चर्च पवित्र आत्माले भरिएको छ र पवित्र आत्माद्वारा व्यवस्थित छ ।
चर्च संसारमा छ तर संसार चर्चमा छैन । संसारको लागि चर्चमा कुनै ठाउँ छैन । यो दैविक कुराहरूले भरिएको
छ । माछा नुनिलो महासागरमा छ, तर माछा नुनिलो छैन । यदि तिमी चर्चमा मर्छौ भने तिमी त्यहाँबाट बाहिर
जान सक्दैनौ, यदि तिमी बाहिर मर्छौ भने तिमी त्यहाँभित्र प्रवेश गर्न सक्दैनौ । चर्चमा कुनै पाप छैन । उनको
कानुन पवित्रताको कानुन हो । चर्चमा सम्पूर्ण सम्मान पवित्र त्रि–एकलाई दिइन्छ ।
कुनै दिन दि चर्च आफ गाडलाई स्वर्गले समात्ने छ र परमेश्वरको महिमाको प्रत्यक्षतामा एउटा दोषरहित
सामिप्य प्राप्त गर्ने छ अनि स्वर्गका आनन्दहरू भरिभराउ र पूर्ण हुने छन् र तिनीहरू कहिल्यै कम हुने छैनन्
जबकि अनन्त सदाको लागि चलि रहन्छ ।
सी. ई. आर.द्वारा प्रस्तुत

Leave a Comment