“अधर्मीहरू परमेश्वरका राज्यको हकदार हुँदैनन् भत्रे के तिमीहरूलाई थाहा छैन? धोका नखाओ—अनैतिकहरू,
मूर्तिपूजकहरू, व्यभिचारीहरू, समलिङ्गहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, लुटाहाहरू परमेश्वरका
राज्यको हकदार हुने छैनन् ।” १ कोरिन्थी ६ः९‐१० ।
आज बाँचिरहेका, हामी, आधुनिक युगको प्रारम्भ देखि नैतिकतामा सबैभन्दा ठूलो पतन हेरी रहेका छौँ । गोपनीय‐पाप,
अर्थात् समलैङ्गिकता, राजनीतिक क्षेत्रमा एक स्वीकार्य जीवन शैली र प्रबल शक्ति, दुवैको रूपमा हालका वर्षहरूमा
उदय भएको छ ।
सबै नैतिक पापहरू मध्ये यसलाई एक समयमा सबैभन्दा व्रmूर मानिन थियो किनभने यो शारीरिक जीव‐विज्ञानको
विपरीत र अप्राकृतिक, दुवै छ । अब सार्वजनिक रूपमा धाक लगाएर र निर्लज्जताका साथ यसको सयौँ र हजारौँ
मानिसद्वारा एकैचोटि गल्लीहरू समेतमा प्रदर्शन हुन्छ र जुलूस निस्किन्छ । यस अभ्यास विरुद्ध बोल्नेहरूलाई सजाय
दिनका लागि सभ्य राष्टहरूमा कानुन पारित भइरहेका छन् ।
यी घटनाहरूका कारण, परमेश्वरको भय मात्रे मानिसहरूले के गर्नु पर्छ? के यो समय “युगसँग चल्ने” र हाम्रो
अध्यात्मविद्यालाईमा पुनरावलोकन गर्ने समय हो? आधुनिक सामाजिक धारणाहरू र मनोविज्ञानका प्रकाशमा के हामीले
बाइबलको शिक्षाको पुनव्र्याख्या गर्ने प्रयास गर्नु पर्छ? के देशको कानुन यस विषयमा हाम्रो मार्गदर्शक हुनु पर्छ?
यद्यपि यो भत्रु तीव्रतासाथ अलोकप्रिय हुँदै गइरहेको छ (अनि केही ठाउँहरूमा सर्वथा खतरनाक पनि), जेसुकै भए
तापनि समलैङ्गिकता पाप नै हो । परमेश्वरका वचन निश्चित रूपमा जति सत्य छन्, त्यति यस विषयमा निर्णय
एकदम स्पष्ट छ, अनि, समयका कारण, त्यसमा कुनै परिवर्तन भएको छैन ः “स्त्रीहरूसँगझैँ पुरुषसँग सम्भोग नगर् ।
त्यो घृणित कार्य हो ।” लेवीहरू १८ः२२ । “कुनै मान्छेले स्त्रीसँग सम्भोग गरेझैँ पुरुषसित ग¥यो भने त्यो घृणित काम
हो…” लेवीहरू २०ः१३ । यस सन्दर्भमा उत्पत्ति १९ः४‐८, न्यायकर्ता १९ः२२‐२५, रोमी १ः२४‐२७ र १ तिमोथी १ः१०
पनि हेर्नुहोस् ।
ठूलाबडा स्थानहरूमा दुष्ट्याइँ
सन्त पावलले एफिसी ६ः१२ मा हामीलाई भत्रु भयो, हाम्रो युद्ध ठूलाबडा स्थानहरूमा आध्यात्मिक दुष्ट्याइँ विरुद्ध छ
। उहाँका वचनहरू हाम्रो समयमा भन्दा बढी उपयुक्त रूपमा लागू हुन सक्दैन थिए । हामी केवल आध्यात्मिक क्षेत्रमा
दुष्ट्याइँसँग युद्ध गरी रहेका छैनौँ, हामी त्यही संस्थाहरूसँग पनि युद्धरत छौँ जसबाट नैतिकताको सुरक्षा गर्ने अपेक्षा
थियो (तर जुन त्यस कर्तव्यमा विफल भयो —अर्थात् तथाकथित चर्च र राज्य । समलैङ्गिकताको यस प्रश्नमा,
भक्तिहीनता र समलैङ्गिकतालाई बाइबलको दृष्टिकोण अनुसार पाप मात्रे साहस गर्नेवाला जुन सुकै व्यक्ति विरुद्ध दुवै
असहिष्णुताको मनोवृत्ति दर्साउने कार्यका सिकार हुँदैछन् । मूलधारका कैयौँ प्रोटेस्टेन्ट सम्प्रदायहरूले यस विषयमा
आत्मसमर्पण गरेका छन्, यसलाई एक सामान्य यौन प्राथमिकताको रूपमा स्वीकार गरेका छन् र खुल्लमखुल्ला
समलिङ्गी पादरीहरूलाई नियुक्त गरेका छन् । इपिस्कोपल चर्च, मेथोडिस्ट र प्रस्बाइटेरियन त्यस्ता केही तथाकथित
ख्रीष्टियान निकाय छन् जसले अब यस अभ्यासलाई अन्देखी गर्दछन् ।
राज्यका मामिलाहरूमा, समलिङ्गी विवाहले हालै संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामा द्वारा उत्साहपूर्ण
समर्थन पाएको छ, र संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी राष्ट्रहरू, दुवैका कानुनी प्रणालीमा अथाह फड्का मार्दै
छ । केही देशहरूमा यसलाई पहिल्यै वैध पारिएको छ । खुला हृदयले यस घृणित अभ्यासलाई स्वीकार नगर्नका
लागि ख्रीष्टियानहरूलाई असहिष्णुताको आरोप लगाइन्छ अनि उनीहरूले यस मामिलामा स्वतन्त्र अभिव्यक्तिको आफ्नो
अधिकार हराउँदै छन् । समलैङ्गिक पुरुष, समलैङ्गिक स्त्री, द्विलिङ्गी, र विपरीतलिङ्गी मानिसहरू नगरमा जुलूस निकाल्न
सक्छन् अनि यसलाई मानव अधिकारहरूको सफलता मानिन्छ । तर यदि ख्रीष्टियानहरू आफ्नो विचार व्यक्त गर्न
आउँछन्, उनीहरूलाई प्राचीन विचार र विक्टोरियन पाखण्डलाई समर्थन गर्नेवाला निराशाजनक रूढीवादीहरूका
रूपमा चित्रण गरिन्छ । तर यस विषयमा विवेकको आवाज र ईश्वरभक्तिलाई चुप गराएर पनि परमेश्वरको अनन्त
सत्य परिवर्तन हुँदैन । जेसुकै भए तापनि समलैङ्गिकता पाप नै हो ।
मानिसबाट भय?
समलैङ्गिकताको लागि मानिसहरूका यथोचित नकारात्मक भावनाको प्रतिव्रिmयामा यस जीवनशैलीमा भाग लिन रोजेका
व्यक्तिहरूले एक शब्दावली निकालेका छन्—मानवबाट भय । यस लेबल मार्फत उनीहरू आ‐आफ्नो अप्राकृतिक
आचरण र आकर्षण बारे तर्कसङ्गत सत्यलाई एक भय मात्रको संज्ञा दिएर महत्वहीन बनाउने प्रयास गर्छन् ।
उनीहरूलाई विरोध गर्ने जुन सुकै व्यक्तिहरू माथि उनीहरूले यो संज्ञा लागू गर्छन् जसरी कि विरोध गर्नेहरू नै
विवेकशील रूपमा नबुझेको कुनै चीजबाट सन्त्रस्त छन् । यो एक लज्जाप्रद गलत संज्ञा हो । समलैङ्गिकताको विरोध
गर्नेहरू पुरुष वा महिलाहरूबाट डराउँदैनन्, उनीहरूको पाप भए तापनि । हामी उनीहरूलाई पापबाट मुक्त गराउन
चाहन्छौँ र त्यस उच्च उद्देश्यका लागि जीवन निर्वाह गराउन चाहन छौँ, जसका लागि उनीहरू जन्मेका थिए ।
पावलले भनेझैं हामी “प्रत्येक मानिसलाई येशू ख्रीष्टमा परिपक्व बनाई प्रस्तुत गर्न सकौँ” चाहन्छौँ (कलस्सी १ः२८) ।
होइन, हामी मानिसहरूबाट भयभीत होइनौँ । उनीहरूका आत्माहरूलाई नरक भोग्ने परिणामबाट निकाल्नका लागि
हामी त्यो काम गर्ने जोखिम उठाउन तयार छौँ जसलाई उनीहरू घृणायुक्त अपराध भन्छन् । त्यो काम गर्नु साहस हो,
भय होइन । यो पुरुष र महिलाहरूको लागि साँचो प्रेम हो, घृणा होइन ।
मानिसजातिसँग आफ्नो दुरुपयोग गर्नेले दिएको यो उपाधि, उनीहरूले आफ्नो उद्देश्यलाई सुहाउने, सन्दर्भविहीन संज्ञा
ल्याउने कामको केवल अरू एउटा उदाहरण हो । गे भत्रे शब्द पहिले मनोरञ्जन वा आनन्दको लागि एक साधारण
शब्द थियो । अब यो एक समलिङ्गी जीवन शैलीको अनुयायी व्यक्तिलाई बुझाउन प्रयोग गरिन्छ । धेरै वर्षसम्म
नकारात्मक सङ्केतार्थ रहेको समलिङ्गी भत्रे शब्द उनीहरूलाई अरुचिकर लाग्यो । समलैङ्गिकताको पक्षमा शब्दावली,
अमेरिकी सञ्चार माध्यममा समेत, यस युद्धमा सामेल भएका छन् । उनीहरूले सधैँ इतरलिङ्गीहरूलाई “इतरलिङ्गीहरू”
भनेर उल्लेख गर्छन् तर जब उनीहरू समलिङ्गीहरूको कुरा गर्छन्, उनीहरू प्रायः सधैँ उनीहरूलाई “गे” भत्रे गर्छन् ।
किन? पापबाट पापको निन्दा निकाल्ने उनीहरूको अभिप्रयासका कारण । तर यस मामिलामा उनीहरू असफल हुन्छन्
। समलैङ्गिकताको अभ्यास गर्नेहरू मूल अर्थमा गे होइनन् । “‘दुष्टलाई शान्ति हुँदैन’ भनी मेरो परमेश्वर भत्रु हुन्छ” (
यशैया ५७ः२१) । अनि आशान्त आत्मा सधैँ दुखी र दयनीय हुन्छ । जेसुकै भए तापनि यो जीवन‐शैली पाप नै हो,
उदार सञ्चारमाध्यम र जनमत जे भए तापनि ।
यदि सत्य साक्षात भयो भने, समलैङ्गिकताका पक्षदरहरू जस्ता भयङ्कर र असहनशील मानिस एकदम थोरै छन् ।
उनीहरूले अभिव्यक्तिको स्वतन्त्रता खोज्दछन् तर अन्य मानिसहरूका लागि त्यसमा रोक लगाउनका लागि सव्रिmय छन्
। यस मामिलामा अमेरिकामा ख्रीष्टियानहरूका विरुद्ध घृणा अपराधको कानुन प्रयोग हुने वास्तविक सम्भावना धेरै छ ।
अन्य देशहरूमा ख्रीष्टियानहरूले यो मूल्य पहिल्यै भुक्तान गरेका छन् । तर वास्तवमा असहिष्णु को छ?
उनीहरूको आफ्नो संस्करण
हाम्रो अध्यात्मविद्या वा बाइबलका पाठहरूको हामी पुनव्र्याख्या गर्न सक्थ्यौँ, तर हामी परमेश्वर र आफूसँग सत्यनिष्ठ
छौँ भने, हामी अझै पनि त्यही निष्कर्षमा पुग्ने छौँ । जेसुकै भए तापनि समलैङ्गिकता पाप नै हो, अनि हाम्रा परमेश्वर,
हाम्रा सृष्टिकर्ताले यस्तो कुनै सम्बन्ध निर्धारण, आशिषयुक्त वा स्वीकार गर्नु भएको छैन ।
तैपनि, आफ्ना पापी अभ्यासहरूलाई उचित सिद्ध गर्नका लागि आत्तिएर, समलैङ्गिकताका समर्थकहरूले वास्तवमा नै
पवित्र‐शास्त्रको आफ्नै संस्करण जारी गरेका छन्, जसलाई रानी जेम्सको संस्करण भनिन्छ । संपादकहरूका
शब्दहरूमा, उनीहरूले “ती आठ शलोकहरू समलैङ्गिकताको विषयमा व्यक्त वचनहरू लाई त्यस तरिकामा संपादन
गरेका छन् जसले गर्दा मानिसबाट भयका व्याख्याहरू असम्भव हुने छन् ।” किन? उनीहरूका आफ्नै शब्दहरूले यस
कार्यमा उनीहरूको बेइमानी प्रमाणित गर्छन् । बाइबलको कुनै पनि अनुवादले आफूलाई यति स्पष्ट रूपमा एक विशेष
विश्व‐दर्शनको पक्ष लिने कार्य उजागर गरेको छैन । आफ्नो अनुवादको मनसाय बारे जति उनीहरू ठाडै इमानदार
छन् त्यति ठाडै इमानदार योहोवाको गवाही समेत पनि छैन? “हामीले तिनीहरूबाट जे अर्थ निकाल्न चाहन्थ्यौँ,
त्यसको लागि हामीले जानाजानी यी श्लोकहरूका शब्दहरू घुमायौँ, त्यस कारण अब तिमीहरूले हाम्रा विरुद्ध ती
श्लोकहरू प्रयोग गर्न सक्ने छैनौ !” भत्र सरह यो कार्य हो । तर परमेश्वरका वचन सधैँका लागि स्वर्गमा स्थापित छन्
। कुनै मानिसले आफ्नो इच्छा अनुसार शब्दहरू काट्न र टाँस्न सक्छ, पुनवर्यवस्थित गर्न सक्छ वा शब्दहरू सरासर
थप्न सक्छ र निकाल्न सक्छ, तर त्यसले गर्दा परमेश्वरले मूलतः भनेका कुरामा कुनै परिवर्तन हुँदैन । जेसुकै भए
तापनि समलैङ्गिकता पाप नै हो ।
कुरा को निष्कर्ष
अनैतिकता र जानाजानी अज्ञानतामा चुर्लुम्म डुबेको नरक‐रोजाहा संसारको लागि एक मात्र आशा चर्च आफ गाड छ
। जस सत्यको यो स्तम्भ र भुइँ छ, त्यो सत्य सधैँभरि खडा रहने छ । जब मानवका सबै कुराको अन्तिम पराभवमा
पृथ्वीका सबै घमण्डी कार्यकर्ता, मतदाता र न्यायाधीशहरू नष्ट हुने छन्, अनि उनीहरूका सबै उच्च विधानसभाहरू
अराजकता र धूलोमा ध्वस्त हुने छन्, सत्य, र सत्यका पालन गर्नेहरू विद्यमान रहने छन् । यदि जेसुकै भए तापनि
समलैङ्गिकता पाप नै हो (अनि परमेश्वरका अपरिवर्तनीय वचनले हामी यस कुरामा आश्वस्त छौँ, यो पाप नै हो , तब
यसका कारण धेरै मानिसहरूको भाग्य स्वयंलाई हराउनु नै हो । हामी यस मामिलामा आफ्नो पक्षलाई कोमल पार्ने
साहस गर्न सक्दैनौँ । बाइबलका सत्यको व्याख्या गर्नका लागि देशहरूका कानुन वा पापी मनोवैज्ञानिक वा
समर्थकहरूका गलत धारणाहरूलाई आफ्नो सन्दर्भ‐बिन्दु बनाउने साहस हामीमा छैन । सत्यको प्रचारको लागि हामीले
उपाधि‐विशेषण र यसका समर्थकहरूबाट आव्रmामक हमलाहरूको जोखिम उठानु पर्छ । परमेश्वरको सहायताले,
हामीले त्यस्तै गर्ने छौँ ।
भाइ डेनियल ईखल्बर्गर