गर्भपतन – पहिला कोटिका सामूहिक हत्याहरू

मानिसलाई लगभग यो लाग्न सक्छ कि पश्चिमी समाजले मानव जीवन र कल्याणलाई अभूतपूर्व सत्कार गर्दछ ।
बिरामी, कष्टमा परेका, वञ्चित र दलितहरूका लागि कहिल्यै यति सजिलो रूपमा सहायता उपलब्ध थिएन । प्रबुद्ध
मानवतावादले मानव(जातिका सुविधाका लागि आह्वान गर्दछ, अनि वर्तमान अवस्थामा पश्चिमी संसारलाई पक्कै
सभ्यताको मूर्त रूप ठानिन्छ ।
बर्बरता र त्यसका अभ्यासहरू विस्मृतिमा सखाप भएका छन् । शिशुहत्या र बाल श्रमलाई परित्याग गरिन्छ र त्यस्ता
कुनै घटनाले मानिसलाई कम्पमान पार्दछन् । दुरुपयोग हुनु सकिने बालबालिकाहरूका सुरक्षा र कल्याण सुनिश्चित
गर्न, बाल संरक्षण निकायहरू बलशीलतासँग उभिएका छन् । यस सबै दृष्टिगोचर मानवीयतामा आश्चर्यजनक रूपमा
विरोधाभासपूर्ण तथ्य के छ भने, सामाजिक र प्राविधिक विकासमा सबैभन्दा अगाडि रहेका देशहरू दसौँ लाख अजन्मा
शिशुहरूको संहार गरी रहेका छन् ।
सबै थोकका सृष्टिकर्ताका रूपमा उहाँको भूमिकाका कारण, उहाँको सृष्टिमा परमेश्वरको निरपेक्ष अधिकार र
क्षेत्राधिकार छ । उहाँको ईश्वरीय परमाधिकारको विरोधमा, व्यक्तिगत स्वायत्तता र सार्वभौमिकताको एक सर्वव्यापी
विचार विद्यमान छ जसले आदेश दिन्छ कि महिलाहरूलाई आ(आफ्नो शरीरको भाग्य र आ(आफ्ना अजन्मा
शिशुहरूको जीवन(अवधि निर्धारण गर्ने अधिकार छ । तर वास्तवमा, हरेक महिला आफ्नो शरीर र आत्मा, दुवैका लागि
परमेश्वर सामु उत्तरदायी छ । यसका अतिरिक्त, अजन्मा शिशुको जीवन र मृत्यु बारे निर्णय लिन्मा, महिलाले आफ्नो
शरीरभन्दा अन्तरनिहीत रूपमा भित्र मानिसलाई व्यवहार गर्दछ । यस कारण गर्भपतन महिलाको शारीरिक
क्षेत्राधिकारको कुनै विषय नै छैन ।
पवित्र आत्माको प्रेरणा अन्तर्गत दाऊदले गवाही दिनु भयो “म भयानक र अद्भुत रीतिले बनाइएको छु” (भजनसंग्रह
१३९ः१४) । अपूर्व निर्दोषता, पवित्रता र मर्यादाको जीवन समाप्त गरेर डाक्टर र आमाहरूले ठूलो र क्षुद्र धृष्टता
दर्साउँछन् । साँच्चै, “तिनीहरूको आँखाको सामने परमेश्वरको भय छैन” (रोमी ३ः१८) । गर्भपतन वैध हुने र प्रायः
राज्यद्वारा वित्तपोषित छ भत्रे तथ्यले केवल अपराधको निन्दनीय प्रकृतिमा वृद्धि गर्छ ।
विकासको प्रारम्भिक चरणमा पनि एक भ्रूण एक साँचो मानिस हुन्छ । परमेश्वरको वचनले भ्रूणावस्थामा रहेका
नानीहरूलाई एक आध्यात्मिक परिमाण प्रदान गर्नु भएको छ जब दाऊदले भत्रु भयो, “म जन्मँदा नै पापी थिएँ, र
मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ” (भजनसंग्रह ५१ः५) । अजन्मा सृष्टिमा जुन अग्रिम(ज्ञान,
योजना, प्रेम र तीव्र चासो परमेश्वरले राखेको छ, त्यसले यी मानव(जीवनहरूमा विशाल मूल्य दर्साउँछ (भजनसंग्रह
१३९ः१३, १५, १६; यर्मिया १ः५) ।
जसमा हामी हाल बाँची रहेका छौँ, त्यस भयङ्कर समय बारे प्रेरित पावलले चेतावनी दिनु भयो । पावलका अनुसार
यस हाम्रो वर्तमान समयमा मानिसहरू “प्राकृतिक रूपमा स्नेह(शून्य हुने छन्” (२ तिमोथी ३ः३) । सबै भन्दा प्राकृतिक
रहेको मातृ भावनाको आधारभूत अभाव गर्भपतनमा छर्लङ्ग छ । परमेश्वरको अधिकारमा एक अटेर घुसपैठ हुनका
अतिरिक्त, गर्भपतन गर्नेहरूले पशुहरूको चिसोपना र संवेदनशून्यता देखाउँछन्, जुन पशु(व्यवहार भन्दा पनि धृष्ट छ ।
कुनै नानीको गर्भधारण जति अवान्छनीय वा अवैध समेत भए तापनि, हरेक मानिसको सार्वभौम सृष्टिकर्ता परमेश्वर
हुनुहुन्छ । भजनसंग्रह १३९ मा मेथिव हेन्रीको टिप्पणीमा जसरी भनिएको छ, आमाबुवा नानीका केवल एक साधन हुन्
जबकि परमेश्वर त्यसको लेखक हुनुहुन्छ । सबै भन्दा अवान्छनीय नानी उहाँको व्यक्तिगत हस्तकला र अमूल्य सम्पत्ति
छ, जसमाथि उहाँले अनन्त प्रेम र व्यग्र स्नेह वर्षाउनु हुन्छ ।
प्राचीन मूर्तिपूजकहरूको धर्म एक नाटकीय पुनर्जीवन अनुभव गर्दै छ, अनि तथाकथित ख्रीष्टियान देशहरूमा पनि
भइरहेका दसौँ लाख गर्भपतनहरूले यसको गवाही दिन्छन् । एलन गुट्मेचर संस्थानका अनुसार, संयुक्त राज्य
अमेरिकामा प्रति वर्ष दस लाख भन्दा अधिक गर्भपतन गरिन्छ । गर्भमा रहेका एकभन्दा अधिक नानीहरूमध्ये
आमाहरूलाई “छनोट” गरेर आ(आफ्नो विकृत मनोदशालाई सुहाउने जुनसुकै एक नानीलाई राख्ने अधिकार छ –
जबकि अन्य भाइ(बहिनीहरूलाई अपमानजनक र व्रmूर मृत्यु प्रदान गरिन्छ । यो कुरा विचार गर्दा एकदमै भयानक छ
कि क्यानाडामा हाल प्रसव पीडाको आरम्भसम्म पनि गर्भपतन वैध छ । ख्रीष्टियेनिटी टुडेको डिसेम्बर २०१२ अङ्कमा
छपाइएको एक लेख अनुसार, एसियामा विगत तीस वर्षमा लिङ्ग आधारित गर्भपतनका कारण अनुमान अनुसार १६
करोड ३० लाख बालिका र महिला हराएका छन् । यो सङ्ख्या संयुक्त राज्य अमेरिकामा हाल महिलाहरूको पूर्ण
सङ्ख्या बराबर छ । गैर(इसाइ अजिङ्गरले मानव रगतको लागि पिपासा हराएको छैन, अनि असङ्ख्य निर्दोषहरूका
ज्यानहरू त्यसलाई अर्पण भइरहेका छन् ।
डाक्टर र आमाहरू रक्तामय हात लिएर अन्तिम न्यायको दिनमा परमेश्वरको सामु उभिने छन्, किनभने परमेश्वरले
पूर्वविचारित हत्या र हत्या बीच भित्रता गर्नु हुत्र ।
यो कुरा स्पष्ट होस्, हामी कुनै पनि व्यक्तिसँग कुनै द्वेष वा व्यक्तिगत शत्रुता बिना यो कुरा लेख्दछौँ । येशूको रगतमा
सबै हत्याहरूको अपराध धुने क्षमता छ (भजनसंग्रह ५१ः४) । तैपनि, भ्रूण जुन चरणमा भए तापनि, अजन्मा
नानीहरूको सर्वनाश बिल्कुल निन्दनीय छ र दियाबलसको आत्मा द्वारा उत्प्रेरित छ ।
भाइ बेन्जमिन तोव्सतिगा

Leave a Comment