जसलाई वर्तमान समयमा “ख्रिष्टयन” सङ्गीत ठानिन्छ, त्यो त्यसको विगतको अवस्थाभन्दा निकै
बिग्रेको छ । यस एक्काइसौँ शताब्दीको सङ्गीतको अनिकालले श्रोताहरूका कानहरूमा अब केवल
एउटा हलुका झनझनाहट छोड्दछ । नयाँ आएको छ, साथमा संसारसँग एक अनुरूपता ल्याएको
छ—जुन ख्रिष्टयन हुन सक्दैन; तैपनि यसले ख्रिष्टयन नाम पहिरेको छ । “प्रभु येशू हामी तपाईँको
आराधना गर्दछौँ” अथवा “हामी तपाईँलाई माथि उठाउँदछौँ” भत्रे कार्यले न त गीतलाई न त
गायकलाई नै ख्रिष्टयन बनाउँछ ।
“तर नयाँ धार्मिक सङ्गीतसँग के समस्या छ? के हामीले संसारलाई प्रभु येशूका लागि जित्नु पर्दैन
र?” हामी आफ्ना पाठकहरूलाई सोध्न चाहन्छौँ, मुख्य आत्मा‐विजेता को हुनुहुन्छ अनि आत्माहरू
जित्ने प्रव्रिmया हामी कसकोबाट सिक्छौँ? निसन्देह उनी प्रभु येशू हुनुहुन्छ । धेरै व्यक्तिहरूले ती
आत्माहरूलाई जित्ने प्रयास गर्दै छन्, जसले, अझै आ‐आफ्ना पापहरूमा रहेका कारण र
बाइबलको वास्तविक मुक्तिसँग अज्ञात भएका कारण, स्वयंलाई जितेका छैनन् । निसन्देह
उनीहरूमा आत्मा‐विजेताको आत्मा विद्यमान छैन, जसका बिना उनीहरूले आत्माहरू जित्न
सक्दैनन्; उनीहरूका “राम्रा” विचार जति “अद्भुत” भए तापनि ।
कुनै पश्चात्ताप, कुनै मुक्ति, कुनै व्रmूसमा झुण्ड्याइ बिना यदि हामीले आत्माहरूलाई “चर्च”
बाहेक अन्य कुनै चीजको लागि जितेन भने, बरु पापीहरूलाई केवल “आ‐आफ्ना हातहरू उठाउने
र उहाँको स्तुति गर्नमा” सहायता ग¥यौँ भने, उनीहरू झन् खराब अवस्थामा जाने छन् अनि
हामीहरूका लागि उनीहरूलाई आ‐आफ्ना पापहरू गर्न छोड्नु उत्तम हुने थियो; किनभने
नबचाइएका धार्मिक व्यक्ति र सरासर पापीहरू एक समान नरकमा जाने छन् (मत्ती ७ः२२‐२३) ।
दोहरेमीज, पद्धति र शैली सिक्ने कार्यभन्दा धेरै कुरा ख्रिष्टयन गायनमा आउँछन् । मुक्ति, त्यस्तो
स्वर्गीय कार्य—मान्छेलाई यसको अर्थ आफ्नो ह्रदयमा थाहा हुनु पर्छ । ख्रिष्टयन सङ्गीतको स्रोत नै
यही हो—प्रभु येशूसँग वास्तविक अनुभव, केवल “प्रभु येशूका लागि एउटा निर्णय गर्ने” अथवा
आफ्ना हात उठाउने कार्यमा यो निहित छैन । तपाईँलाई अन्धकारबाट प्रकाशमा, पापबाट
पवित्रतामा नलगुन्जेल तपाईँले प्रभु येशूको महिमा आत्मामा गाउन सक्नु हुत्र ।
प्रकाश 14:३ मा हामी पढ्छौँ, बचाइएकाले “सिंहासानको र ती चार जीवित प्राणीहरूका र
धर्मगुरूका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाउँदथे । पृथवीबाट मोल तिरी छुटाइएका एक
लाख चवालीस हजारले बाहेक कसैले त्यो गीत सिक्न सक्दैनथ्यो ।” कसैले त्यो गीत सिक्न
सक्दैनथ्यो, यसको भनाइ छ, तर कसैले ती शब्दहरू र धुनहरू सिक्न नसिकिने कुरा यसको अर्थ
होइन, किनभने गाइएको कुनै पनि गीतलाई मानसिक रूपमा सिक्न सकिन्छ । तर प्रभु येशूमा
निहित एक नयाँ जीवको ह्रदयबाट कुनै नबचाइएकाले “नयाँ गीत” गाउन सक्दैनन्; जुन
बचाइएकाहरूको गीत छ, जसले मोशा र पाठोको गीत गाउँछ—मुक्ति र मोल तिरेर
बचाइएकाहरूको गीत ।
आजको धार्मिक सङ्गीतमा जुन गहराइशून्यता र सांसारिकता प्रदर्शित भइरहेको छ, त्यसको स्रोत
जीवन्त, बाइबलबाट मुक्तिको अनुभवको अभावमा निहित छ । आत्मामा रितोपना छ, गिटार र
ड्रमले शून्यतालाई भरि दिन्छ । यस निम्न‐स्तरको मनोरञ्जनले शारीरिक भावनाहरूमा हलचल
मचाउन बाहेक थप केही गर्दैन । तपाईँले अनुभव नभएको ठाउँमा “अनुभव सङ्गीत” उत्पत्र गर्न
सक्नु हुत्र ।
जसले गहिरा र अद्भुत पुराना भजनहरू उत्पत्र गरियो त्यस तत्वबिना ती पुराना गहिरा र
अद्भुत भजनहरू उत्पत्र गर्न सकिँदैन । सबै ख्रिष्टयन गीतहरू पूर्णतः भजन हुनु पर्छ भत्रे कुरा
छैन, तिनीहरू भजनै हुनु आवश्यक छैन । प्रेरणादायक विशेष गायन अथवा कुनै सामयिक “धन्य
होस् प्रभु, हे मेरो आत्मा र मभित्र आवासित सबै थोकहरू हो ! उहाँको पवित्रा नाम धन्य होस्
।…” समूहगानमा कुनै त्रुटि छैन । “उहाँले महान् कार्यहरू गर्नु भयो…”
गायनका विषयमा हामीलाई बाइबलमा सिकाएको छ ः “भजनसङ्ग्रह, आराधनागान र
आध्यात्मिक गीतहरूमा आफूसँग कुरा गर्नु; गायन र आफ्नो ह्रदयमा परमेश्वर प्रति मधुर‐सङ्गीत
बनाउनु” एफिसी ५ः१९ । हामीले एक‐अर्कासँग कुरा गर्नु पर्छ भने, हामीले भत्रु पर्ने “हे प्रभु,
हामी तपाईँको प्रशंसा गर्छौँ; हे प्रभु, हामी तपाईँको प्रशंसा गर्छौँ” बाहेक अरू केही छैन, त्यस्तो
गर्दा एकरसताले हामीलाई थकित पार्ने छ‐‐तपाईँले यस्तो ठात्रु सक्नु हुन्छ ।
“ख्रीष्टको वचन तिमीहरूमा प्रशस्ततासँग वास गरोस् । पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई
सिकाओ र अर्ती देओ, र परमेश्वर प्रति आफ्नो ह्रदयमा रहेको कृतज्ञता साथ भजन, स्तुति र
आत्मिक गान गाओ ।” कलस्सी ३ः१६ । हाम्रो गायनमा चैन, सिद्धान्त र अनन्तकाल सम्बन्धी
विचार हुनु पर्छ । यी चीजहरूले ख्रिष्टयन र पापी, दुवैलाई लाभ पु¥याउने छ ।
जब गायन र गीत ताल, लय र साना समवेत स्वरहरूभन्दा अधिक केही अरू रहँदैनन्, केही
गलत छ र मूल, सत्य ख्रिष्टयन धर्मसँग कुनै नराम्रो घुमाइ उत्पत्र भएको छ ।
सत्यद्वारा मान्छेको आत्मा छुने र परमेश्वरको आराधना गर्ने, दुवै कार्यहरूका लागि ख्रिष्टयन
गायन र गीत अद्भुत कुरा हुन् र शक्तिशाली यन्त्र हुन् । जुन आफै यन्त्र हुन्, त्यस्ता
बचाइएकाहरूका स्वरहरूद्वारा ख्रिष्टयन गायन र गीतहरूमा निहित गहिराइ, सत्य र चैन निरन्तर
वृद्धि गर्दै गरोस् । यस निम्न‐स्तरको मनोरञ्जनले शारीरिक भावनाहरूमा हलचल मचाउन बाहेक
थप केही गर्दैन ।
–भाइ जेसन हारग्रेव