जेरे थिलमोनी
पछिल्ला दिनहरूमा, भक्ति र उत्साह हरेक ठाउँमा वैलाएका छन् । धेरै ‘चर्चहरू’ ले अब मात्र आइतबार बिहान सेवा
प्रदान गर्छन् । साथ–साथै मनोरञ्जन उद्योग पनि फस्टाउँदै छ । परमेश्वरलाई एकातिर छोडिएको छ, जब कि हरेक
व्यक्तिहरूले आफ्ना आनन्दहरू पछ्याउँदै छन् । हप्ताको ६ अथवा ७ दिन, चिट्ठा, सुर्ती, रक्सी र चलचित्र खरिदका
लागि मानिसहरूको घुइँचो लाग्छ । हरेक हप्तामा वेभसाइट हेर्नका लागि उनीहरूले कैयौँ घन्टा बिताउँछन् ।
विश्व स्तरमा, “क्रिश्चियानिटी” अर्ध–उत्साहित छ । परमेश्वरको खोजमा सुविधाजनक कार्यभन्दा पर जानु स्वाभाविक
छैन । औषतभन्दा बढी प्रयत्न गर्ने कार्यलाई घमन्ड सम्झिइन्छ । क्रान्तिकारी हुनुलाई अनावश्यक ठानिन्छ । तर,
कल्भरी सुविधाजनक, स्वाभाविक वा अर्ध–उत्साहित थिएन । प्रभु येशुको सेवा र भक्तिमा हामी कसरी पर्वाहरहित र
सतही बस्न सक्छौँ जब कि उहाँ हाम्रा लागि त्यस्ता विषम परिस्थितिहरूमा पनि पर्नु भयो ?
केही व्यक्तिहरू भन्छन् कि हामीले वर्तमान समाजसँग गाँसिनु पर्छ र विशिष्ट हुनु हुँदैन । संसारबाट पृथक भएमा के
हुन्छ ? के भेडाहरू ब्वाँसाहरूसँग मिल्न सक्छन् ? उनीहरू त्यहाँ घुलमिल हुन सक्तैनन् । हाम्रो अन्तर आत्माको
गहिराइदेखि हाम्रो भेषभूषासम्म, हामी उज्याला छौँ र उनीहरू अँध्यारा छन् । अँध्यारामा प्रकाश सधँै स्पष्ट हुन्छ——यो
त्यसमा मिल्न सक्दैन । मरुभूमिमा बस्नुबाहेक इजराइलीहरूका लागि कुनै उपाय थिएन । अग्निको चलायमान
स्तम्भसहित क्रमबद्ध पाल एउटा आश्चर्यजनक दृश्य थियो होला । संसारमा अन्य कुनै पाल त्यस्तो थिएन ।
उहाँले अर्ध–उत्साहलाई घृणा गर्नु हुन्छ भन्ने कुराको बोध प्रकाशको ३ मा परमेश्वरले गराउनु भएको छ ।
परमेश्वरप्रतिको माया र भक्तिमा हामीले व्यग्र हुनु पर्छ । श्रीमतीले विशिष्ट रूपमा मागेको कुरा मात्रै कुन श्रीमान्ले
पूरा गर्छ र ? प्रेम अथाहा छ, जसले अपेक्षाभन्दा बढी कार्य गराउँछ ।
मोशाको कानुनले परमेश्वरलाई विशेष रूपमा आवश्यक नपर्ने केही स्वेच्छिक भेटी चढाउने प्रावधान दियो । तपाईँको
लागि आवश्यक नभएको बेलामा परमेश्वरलाई वलि चढाउने र प्रशंसा गर्नेहरूमध्ये तपाईँ पनि पर्नु हुन्छ, अथवा के
तपाईँलाई घोडालाई जस्तै रोक्न लगाम चाहिन्छ (भजनसंग्रह ३२ः९) ?
लेवी र योनादाबको उदाहरण लिऔँ, उनीहरू क्रान्तिकारी भएका कारण परमेश्वरले उनीहरूलाई कसरी अनुग्रह गरे ।
“लेवीसित बाँधेको मेरो करार रहिरहोस् भनी मैले यो चेतावनी तिनीहरूलाई दिएको हुँ भनी तिमीहरूले थाहा पाउने
छौ, सर्वशक्तिमान परमप्रभु भन्नु हुन्छ । मेरो करार त्यससँग थियो, जीवन र शान्तिको करार, र मेरो सम्मान गरोस्
भनेर मैले ती त्यसलाई दिएँ र त्यसले सम्मान ग¥यो र मेरो नाउँको श्रद्धापूर्वक भय मान्यो । सत्यको शिक्षा त्यसको
मुखमा नै थियो, र त्यसका ओठमा कुनै झुटो कुरा पाइएन । शान्ति र सोझोपनमा त्यो मसँगै हिँड्यो, र धेरैलाई
त्यसले पापबाट फर्कायो । किनकि पुजारीका ओठले ज्ञानको रक्षा गर्नु पर्दछ र मानिसहरूले त्यसको मुखबाट शिक्षा
खोज्नु पर्दछ, किनभने त्यो सर्वशक्तिमान् परमप्रभुको समाचारवाहक हो । तर, तिमीहरू त बाटोदेखि एकातिर लागेका
छौ, र तिमीहरूको शिक्षा धेरैलाई ठोकरको कारण भएको छ । लेवीसँग बाँधिएको करार तिमीहरूले भङ्ग गरेका छौ,
सर्वशक्तिमान् परमप्रभु भन्नु हुन्छ ।” मलाकी २ः४–८ ।
लेवीहरूलाई पादरी कार्यको लागि आदेश यस कारण दिइएन कि परमेश्वरले चिट्ठा निकाले र लेवीले जिते । त्यसको
एउटा कारण थियो——“भय …….” । लेवी सामान्यभन्दा बढी भयमा थिए । परमेश्वरका कुराहरूप्रति उनी
अनौपचारिक थिएनन् । उनी आफै परमेश्वरबाट भयभित मात्र थिएनन्, तर उनले सफलतासाथ “कैयौँ व्यक्तिहरूलाई
पापबाट फर्काए,” अथवा उनीहरूलाई पनि भयमा पारे । यसको लागि परमेश्वरले उनलाई निकै आदर गरे । उनी
सामान्यभन्दा अगाडि गएका कारणले उनका वंशजहरू हजारौँ वर्षसम्म लाभान्वित भए । उच्च पादरी हुनु र
पवित्रहरूको पवित्रतामा सामेल हुनु अनि परमेश्वरको महिमा हेर्नु उनीहरूको सौभाग्य थियो । उनीहरूले त्यहाँ
उपस्थित हुनु पथ्र्यो, जहाँ इजराइलीहरूले आ–आफ्ना सबै वलिहरू ल्याउँथे र परमेश्वरलाई चढाउँथे । मेरो विश्वासमा
ती महान् र कीर्तिमान समयहरू थिए, किनभने उनीहरूले ल्याएका भेटी र वलिहरूका लागि परमेश्वरले उनीहरूलाई
अनुग्रह गरे । मेरो विश्वासमा त्यहाँ कुनै कुनै बेला रुवाबासी हुन्थ्यो र अरू समयमा हार्षोल्लास हुन्थ्यो । लेवीहरूले ती
सबै हेर्नु पथ्र्यो ।
के तपाईँ आफ्ना नानीहरूको आत्मिक सुस्वाथ्यप्रति सरोकार राख्नु हुन्छ ?त्यसो भए लेवी जस्तै हुनु होस् ——
परमेश्वरको भय सामान्यभन्दा बढी राख्नु होस् ।
यर्मियाको पैँतिसौँ शीर्षकमा, हामी योनादाबका नानीहरूका विषयमा पढ्छौँ कि उनीहरूले रक्सी नपिउने, बिउ छर्ने र
घर बनाउने आफ्ना बुबाको आदेशको पालन गरे । परमेश्वरले त्यसको लागि उनीहरूलाई गाली गर्नु भएन, बरु
उहाँले उनीहरूलाई आफ्ना बुबाको आदेशको सम्मान गरेका कारण निकै अनुग्रह गर्नु भयो । हाम्रो समयका
मानिसहरूले भन्थे, “त्यस्तो त नियममा लेखेको छैन । म त्यस्तो गर्न गइ रहेको छैन ।” र उनीहरूले कुनै अनुग्रह
पाउने थिएनन् ।
कसै कसैले बाइबलका निम्नलिखित कुराहरूको उद्धरण दिन्छन् ,“…..यदि कसैले तिनमा थप्यो भने यस पुस्तकमा
लेखिएका विपत्तिहरू परमेश्वरले त्यसमाथि थपिदिनु हुने छ …… ” (प्रकाश २२ः १८), त्यसरी उनीहरूले बाइबलमा
विशिष्ट रूपमा नलेखिएको कुनै पनि चीज आफ्नो लागि अथवा अन्य कसैको लागि अभ्यस नगर्ने कार्यलाई औचित्य
प्रदान गर्ने प्रयास गर्दछन् । यो गम्भीर त्रुटि हो । प्रेरितका शब्दहरूमा विचार गरौँ, “भाइ हो, म तिमीहरूलाई निवेदन
गर्दछु, कि मेरा अर्तीका कुरालाई मान, किनकि तिमीहरूलाई मैले छोटकरीमा लेखेको छु ।” हिब्रू १३ः२२ । प्रेरितले यहाँ
सन्तहरूद्वारा कसैलाई लिखित शब्दहरूमा विस्तार गर्ने अनुमति दिने निवेदन गर्दथे, ताकि लेखिएका शब्दहरूको
कठोरता र अभिप्रायको बुझाइमा सहयोग होस् । बाइबलका लिखित आदेशहरूको पालना मात्र हामीले गर्नु पर्दैन,
दिइएका अभिप्राय र सिद्धान्तहरूको पालना पनि हामीले गर्नु पर्दछ । सबै पुस्ताहरूका लागि परमेश्वरका सबै
नानीहरूका सम्बन्धमा परमेश्वरको सम्पूर्ण इच्छा लेख्नु कुनै प्रेरितहरू वा अगमवक्ताहरूका लागि सम्भव थिएन । यदि
उनीहरूका लागि त्यस्तो सम्भव भएको भए दसौँ, पचासौँ, सयौँ र हजारौँ वर्षका लागि न्यायकर्ता नियुक्त गर्ने
आवश्यकता मोशालाई पर्दैनथ्यो, जसरी हामीलाई न्यायकर्ताहरूको पुस्तकबाट थाहा हुन्छ । मानिसहरूले आफ्नो
अवस्थालाई नियम मात्रमा हेर्थे र आफ्नो लागि पढ्थे । आजभोलिका धर्मनिरपेक्ष न्यायाधीशहरूको कामको ठुलो हिस्सा,
उनीहरूले व्यवहार गर्नु पर्ने हजारौँ अवस्थाहरूमा देशका कानुनहरू लागु गर्ने हो । हरेक मामिला कालो वा सेतो हुँदैन
। उनीहरूले नियमहरूमा वृद्धि गर्दैनन्——उनीहरूले त्यसलाई केवल लागु गर्दछन् । यस्तै व्यवहार वास्तविक
क्रिश्चियनहरूको पनि छ । उनीहरूले जीवनका हरेक क्षेत्रमा सबै परिस्थितिमा बाइबल–शब्दलाई लागु गर्छन् ।
नयाँ करार लेखिएपछि दुई हजार वर्षमा, पापका कैयौँ नयाँ मार्ग प्रकट भएका छन्, साथै सम्पूर्ण विश्वमा नयाँ अभ्यास
र रीतिहरू उम्रिएका छन् । केही सम्प्रयोगहरू प्रत्यक्ष छन् ,केही अप्रत्यक्ष । प्रिय पाठक, तपाईँले प्रेरितप्रति ध्यान दिनु,
र हाम्रो समयका आध्यात्मिक व्यक्तिहरूबाट सत्योपदेशहरू सुन्ने कष्ट गर्नु भयो भने राम्रो हुने छ । “परमप्रभुको वचन
भङ्ग गर्नेहरू”सँग परमेश्वरलाई प्रेम गर्नेवालालाई समस्या छैन । आफूलाइ माया गर्ने र वास्तविक क्रिश्चियनले
आआफ्ना कपटी व्यवसायहरू दर्शाउँदा भर्तसना महसुस गर्नेलाई नै समस्या छ । परमेश्वरभन्दा अधिक सांसारिक
सुखसयललाई माया गर्ने व्यक्तिहरूको संसारमाझ, परमप्रभुले सर्वश्रेष्ठ रूपमा उहाँलाई माया गर्ने र हाम्रा सम्पूर्ण
हृदयले उहाँलाई सेवा गर्ने कार्यमा हामीलाई सहयोग गरून् ।