के प्रभु येशू बाँडिनु भएको छ?

“भाइ हो, हाम्रो प्रभु येशू ख्रीष्टको नाउँमा म तिमीहरूलाई आग्रह गर्छु, कि तिमीहरू सबै एउटा अर्कासँग सहमत
होओ, र तिमीहरूको माझमा केही फूट नहोस्, तर तिमीहरू एकै मन र एकै विचारका होओ । किनकि, मेरा भाइ हो,
तिमीहरूमा झगडा छ भन्ने कुरा क्लोएका परिवारहरूले मलाई खबर दिएका छन् । मेरो भन्ने तात्पर्य यही हो,
तिमीहरू कसैले, ‘म पावलको’, कसैले ‘म अपोल्लासको’, कसैले ‘म केफासको’ र कसैले ‘म ख्रीष्टको हुँ’ भन्छौ अरे ।
के ख्रीष्ट बाँडिनु भएको छ र? के पावल तिमीहरूका लागि व्रmूसमा टाँगियो र? अथवा के पावलको नाउँमा तिमीहरू
बप्तिस्मा भयौ र?” १ कोरिन्थीहरू १ः१०—१३ ।
हालका दिनहरूमा केही मानिसहरूले परमेश्वरका प्रिय सन्तहरूको इमानदारितामा प्रश्न उठाएका छन् । हामीलाई
केवल एक प्रभु येशूको शरीरको सन्देशलाई आराधना गर्ने आरोप उनीहरूले लगाएका छन् (एफिसी ४ः४) । हामी
अत्यधिक यस विशेष सिद्धान्तमा केन्द्रित छौँ, त्यस्तो उनीहरूलाई लाग्छ; जबकि, उनीहरूको भनाइ अनुसार, हामीले
“प्रभु येशूका विषयमा” प्रचार गर्नु पर्छ । विभाजनको अवस्थाको पाप बारे कुरा गर्नमा उनीहरूको कुनै रुचि छैन, तर
केवल येशूका विषयमा ध्यान केन्द्रित गर्न रुचाउँछन् ।
ठिक छ । अब प्रभु येशूकै विषयमा कुरा गरौँ । म बाइबलबाट तपाईँलाई एउटा प्रश्न सोध्ने छु ः के प्रभु येशू बाँडिनु
भएको छ? हे मेरो प्रिय आत्मा, यस प्रश्नमा तिम्रो के उत्तर छ?
आफ्नो विभाजनको स्पष्ट अवस्था र “एकजुट भएर काम गर्ने” लाई अनदेखी गर्नका निम्ति विश्वका चर्चहरूको
एकताको विषयमा हाल सम्प्रदायवादको विशाल प्रवृित्त व्याप्त छ । यो एउटा ठूलो अन्तर्विरोध छ । जसलाई अनदेखी
गर्न सकिँदैन, त्यस्तो विभाजन छ भन्ने तथ्यले हामीलाई यो प्रश्न उठाउनका लागि बाध्य पार्छ ः के प्रभु येशू
बाँडिएको छ? हामीले यस जटिल परिस्थितिलाई सम्बोधन गर्नु पर्छ । हे सम्प्रदायवादी, यो प्रश्न नजरअन्दाज गर्नाले
तपाईँलाई कुनै राम्रो गर्ने छैन । हामीहरूमध्ये जस–जसले यस जटिल परिस्थितिलाई सम्बोधन गरेका छौँ, एक
निष्कर्षमा पुगेका छौँ, हाम्रा विरुद्ध तपाईँको कुनै मान्य तर्क शेष रहने छैन यदि तपाईँले यस प्रश्नलाई अनदेखी गर्नु
भयो भने ।
क्लोएका परिवारहरूका अनमोल सन्तहरूका लागि हामी परमेश्वरलाई धन्यवाद टक्य्राउँछौँ । उनीहरूका वरिपरि
प्रदर्शित साम्प्रदायिकताको भावनाले गर्दा उनीहरू निकै चिन्तित थिए । उनीहरूले यस मामिलामा बेवास्ता नगर्ने र
सहमतिका विषयहरूमा एकआपसमा एक साझा भूमिमा भेट्ने प्रयास मात्र गरेनन्, उनीहरूले पावललाई पनि यस
परिस्थितिसँग अवगत गराए । आज उनीहरू हाम्रा लागि दृष्टान्त हुन्, अनि हे सम्प्रदायवादी, उनीहरू तिम्रा लागि
न्यायकर्ता हुन् ।
व्रिmश्चियनहरू विभाजित हुने परिस्थितिले के परमेश्वरलाई महिमित पार्छ; जब एकले म यस वा त्यस समूहसँग आबद्ध
छु र अर्कोले म हालका “६६६” नामका प्रोटेस्टेन्टवादी सम्प्रदायहरूमध्ये कुनै अर्कोसँग आबद्ध छु भन्ने गर्दछन्? के
लूथरलाई तपाईँको लागि व्रmूसमा चढाइयो? अथवा के तपाईँलाई जान वेश्लीको नाममा बप्तिस्मा दिइयो? हे
सम्प्रदायवादी, तिमीले निरन्तर स्वयंलाई कसरी मान्छेहरूका नामबाट पुकारने छौँ?
तिमी भन्छौ, “म एक व्रिmश्चियन हुँ । ढोकामा लेखेको नाममा विवाद गर्नु मूर्खतापूर्ण छ ।” होइन, यो मूर्खतापूर्ण छैन ।
पावलले त्यस्तो ठानेनन्, अनि उनले आफ्नो प्रेरित ग्रन्थमा लेख्नु भएका वचनहरूमा विश्वास गर्ने, हामीहरूले पनि
त्यस्तो ठान्दैनौँ ।
परमेश्वरका मानिसहरूको एकताको सन्देशले प्रभु येशूको उद्देश्यलाई कहिल्यै हानि पु¥याएको छैन । यो प्रभु येशू र
उहाँका प्रेरितहरूले सिकाउनु भयो, अनि धन्य होस् परमेश्वर, उहाँका वचनका अधिकारमा आज हामी पनि यो
सिकाउनु सक्छौँ । के प्रभु येशू बाँडिएको छ? यदि स्वयंलाई यो प्रश्न सोध्ने कुरामा हामी अनदेखी गर्छौँ, हामी
परमेश्वरको वचनको उपेक्षा गर्छौँ ।
हे सम्प्रदायवादी, तिमी सन्तहरूलाई अस्वीकार गर्छौ किनभने हामी निर्भय रूपमा विभिन्न नामका समुदायहरू गलत
छन् र चर्च केवल एक छ भनेर प्रचार गर्छौँ । तर तिमी निम्नलिखित कुरा किन गर्दैनौ? निपुणताको प्रशंसा गरे बापत
तिमीले जान वेश्लीको आलोचना किन गर्दैनौ? नयाँ जन्मका विषयमा वाइटफील्डले लगातार दिएका उपदेशका विरुद्ध
तिमी किन एक शब्द पनि बोल्दैनौ? वास्तवमा, उनीहरूका समयमा निकै आवश्यक भएका सत्यका भागका उनीहरूले
प्रवचन दिएका कारण यी व्यक्तिहरूलाई तिमी आदर्श बनाउँछौ, उनीहरूको स्मृतिमा भवन निर्माण गर्छौ र स्वयंलाई
उनीहरूका नामहरूबाट पुकार्छौ ! तैपनि, पावलले सोधेका प्रश्नलाई इमादारिता साथ सम्बोधन गर्ने साहस भएका र
स्वयंलाई मात्र परमेश्वरका नाम मार्फत पुकार्ने र प्रभु येशूका शरीरको सूक्ष्म बुझाइ राख्नेवाला परमेश्वरका प्रिय
सन्तानहरू, अर्थात् हामीलाई तिमी “खतरनाक”, “कट्टरपन्थी”, “पन्थी”, आदिको संज्ञा दिन्छौ !
यस लेखद्वारा एकताका धर्मशास्त्रहरूमा वृद्धि गर्ने कुनै आवश्यकता छैन । बाइबलमा ती प्रशस्त छन् । यदि तिमी
अज्ञानी छौ, तिमी जानाजान त्यस्ता छौ । तर परमेश्वरका कार्य र नयाँ करारका सम्पूर्ण मानक बुझ्न र त्यस अनुसार
प्रचारमा व्यस्त व्यक्तिहरूमाथि ढुङ्गा नहान ।
बाइबलको पवित्रता र पापमुक्त जीवनको क्षेत्रमा एकताको सन्देशभन्दा आवश्यक कुनै अरू सन्देश कहिल्यै थियो र?
हामी यसैको प्रचार गर्दछौँ अनि हाम्रो यो प्रचार जारी रहने छ । तर हे सम्प्रदायवादी, तिमीले यस सन्देशसँग कस्तो
व्यवहार गर्ने छौ? तिमीले यसको उपेक्षा पनि गर्न सक्दैनौ, न यसलाई गलत भन्न सक्छौ । आफ्नो अस्थिर
सम्प्रदायलाई आधार दिनका निम्ति तिमीसँग बाइबलको कुनै पाठ नै छैन ।
यस पुनर्बहालीद्वारा निर्धारित सन्देशसँग मानिसहरूले असहज महसुस गर्नका केवल दुई कारण हुन सक्छन् ः
१. बाइबलसँग माया गर्ने दाबी गर्नेवालाहरू स्वयं बाइबल जान्दैनन् ।
२. उनीहरूले आ(आफ्नो सम्प्रदायलाई त्यति धेरै माया गर्छन् कि परमेश्वरका वचनद्वारा त्यसलाई छर्लङ्ग्याउनु
उनीहरूले चाहदैनन् ।
के प्रभु येशू बाँडिनु भएको छ? बाइबलका आधारमा हामी सुरक्षित रूपमा भन्न सक्छौँ, होइन । यदि म बाँडिएको छु,
म प्रभु येशूमा आधारित रहेको छैन ।
“तर,” तिमी तर्क दिन्छौ, “तिमी विभाजित छौ ! तिमी सन्तहरूले आफूहरूलाई येशूको अन्य निकायबाट अलग गर्छौ ।
सम्प्रदायहरूलाई त्याग्दा(त्याग्दै तिमीहरू स्वयं एक सम्प्रदाय भएका छौ ।” त्यस्तो तर्क शुद्ध दृष्टिहीनता र एउटा
पात्लो पर्दा हो, जस पछाडि तिमी स्वयंलाई लुकाउने प्रयास गर्दछौ । के पावल सम्प्रदायवादी थिए? कोरिन्थमा
दल(भावनाको भत्र्सना गर्दा, के उनले स्वयं आफ्नै सम्प्रदायको स्थापना गरे? सम्प्रदायहरूबाट बाहिरेर, अनि केवल
परमेश्वरका वचनमा उभेर, के हामी स्वयंलाई एक सम्प्रदाय बनाउँदछौँ? हे सम्प्रदायवादी, तिमी कणलाई किन बाहिर
निकाल्ने प्रयास गर्छौ, जब तिमीले धुरीलाई हेर्न सक्दैनौ?
“सन्तहरूलाई सदाकालको निम्ति सुम्पिएको विश्वास इमानदारीसाथ रक्षा गर्ने” यहूदाले हामीलाई आवाहन गरे । के
तिमी त्यस्तो गरि रहेका छौ? यदि तिमी कुनै सम्प्रदायमा छौ भने तिमी त्यसो गरि रहेका छैनौ । तिमीले आफ्ना
जरालाई त्यति अगाडिको कालमा लैजान सक्दैनौ । “हामी सम्प्रदायहरूका युगमा विद्यमान छौँ”, तिमी थप तर्क दिन्छौ
। “कुनै सम्प्रदाय नभइकन कोही रहन सक्दैन ।” यो गलत सोचाइ हो र परमेश्वरका वचन विपरीत ।
यहूदाले हामीलाई सदाकालको निम्ति सुम्पिएको विश्वासको रक्षा गर्ने आवाहन गरेको तथ्य स्वयं यस कुराको पर्याप्त
प्रमाण हो कि यसको रक्षा गर्नु पर्छ । कसै(कसैले यसको रक्षासँग कुनै सरोकार नराख्ने कारणले मात्र यसका रक्षा
गर्नेवालाका लागि यसलाई कम महत्वमा पार्दैन ।
जसको कुरा यहूदाले गरे, के त्यो प्राचीन विश्वास सम्प्रदायवादी विश्वास थियो? त्यो त्यस्तो थिएन, तिमीलाई यो कुरा
थाहा छ । अनि तिमी इमानदारीसाथ यसको रक्षा नगरी रहेका कारण, यसका रक्षा गर्नेवालाहरूका विरुद्ध केही बोल्ने
तिम्रो के अधिकार छ?
पावलले चर्चमा एकताको माग गरे । उनी सम्प्रदायवादी थिएनन् । उनी सम्प्रदायवादी बन्न सक्ने थिए यदि उनले
परिस्थितिलाई यथावत चल्न दिन्थे । यस विषयमा हामी पावलसँग उभेका छौँ । प्रभु येशू बाँडिएको छैन । यदि म
येशूमा बास गर्छु भने, म उहाँका सबै मानिसहरूसँग एक हुँ । तर उहाँको बाइबलका वचनहरूमा ध्यान नदिने र
विभाजनको पापसँग बेवास्ता गर्ने व्यक्तिहरू उहाँका मानिसहरू होइनन् ।
के प्रभु येशू बाँडिनु भएको छ? मान्छेहरूका मतका सट्टा परमेश्वरका वचन अनुसार हरेक हृदयले यसको उत्तर
देऊन् । अनि जसले उत्तर प्राप्त गर्ने छन्, उनीहरू उज्यालाका विरुद्ध हिँडाइबाट भयभीत होऊन् ।
नोट ः चर्च आफ गाडको विश्वास के छ भने, कैयौँ उद्धार गरिएका मान्छेहरू विभिन्न सम्प्रदायहरूमा छरपस्ट छन्,
अनि यस समयमा परमेश्वरले उनीहरूलाई एकमा बोलाउँदै हुनुहुन्छ, ताकि हामी एक शरीर, एक परमेश्वर, एक
विश्वासको प्रेरितहरूका मानक पूरा गर्न सकौँ (एफिसी ४ः४(५) ।
डैनियल ईकल्बर्गर द्वारा

Leave a Comment