के तपाई तयार हुनुहुन्छ ?

‘तपाई परमेश्वरलाई भेट्न तयार हुनुहुन्छ ’
के तपाई शान्तिको परमेश्वरलाई भेट्न जतिखेर पनि
तयार हुनुहुन्छ ? के तपाई निर्धक्क हुनुहुन्छ कि आफ्नो
मृत्यु पश्चात् तपाई स्वर्ग जानुहुनेछ ? उक्त दिन, यो
पश््र न हनु छे नै , क े तपार्इ परमश्े वर माथि विश्वास गनर्हु न्ु थ्या,े
वा के तपाई दैनिक चर्च जानुहुन्थ्यो, अथवा के तपाई
राम्रो र नैतिकवान हुनुहुन्थ्यो ? त्यहाँ एउटा प्रश्न हुनेछ ,
के तपाई फेरी जन्मनु भएको छ ? के तपाईले वास्तविक
बाइबलको मुक्ति पाउनु भएको छ, जसले तपाईको सम्पुर्ण
पाप पखाली पाप रहित पवित्र जीवन प्रदान गरोस् ?
बाइबलबाट थाहा हुन्छ कि त्यहाँ केहि
मानिसहरु हुनेछन् जो स्वर्ग जान पाइन्छ भन्ने बिषयमा
विश्वस्त छन्, तर परमेश्वरले तिनीहरुलाई अस्विकार
गर्नुहुनेछ, तिनीहरुले धेरै धार्मिक काम गरेका भएता पनि,
तिनीहरु पापी नै रहनेछन् । (मति ७ः२१–२३)
म यो कुरा भन्दैछु किनभने तपाईहरु समय र
मौका छदै पापी हुनबाट बचेकै म हेर्न चाहन्छु । मेरा प्रिय
मानिसहरुलाई गलत धर्मद्धारा झुक्याइराखिएको छ । र
उनीहरुलाई सचेत हुनबाट बञ्चित गरि राखिएको छ । म
तपाईहरु अनन्तसम्म हराएको हेर्न चाहन्न ।
हिब्रु १२ः१४ ले हामीलाई सचेत गराउँछ कि
पवित्रता बिना कोही मानिसले पनि प्रभुलाई देख्न सक्दैन
। हामी आफैलाई पवित्र बनाउन सक्दैनौं । तर सदाका
लागि पापलाई त्यागेर र पूर्णरुपमा आफुलाई प्रभुमा समर्पित
गरेर हामी प्रभुका पवित्रतामा सहभागी हुनसक्छौं । उहाँ
महान मुक्तिदाता हुनुहुन्छ र हामीलाई पापबाट मुक्ति
दिन उहाँले मृत्युवरण गर्नुभएको थियो । हाम्रो पापलाई
क्षमा दिन मात्र नभई, हाम्रो सम्पुर्ण पापलाई लगि फेरि
अर्को पाप नगर्न दैविक शक्ति दिनको लागि । यो ठूलो
मुक्ति हो ! परमेश्वरले हाम्रो हृदय र चाहनालाई परिवर्तन
गर्नु भएको छ र हामीलाई उहाँको पवित्र बचनमा
आज्ञाकारी रहन सक्षम बनाउनु भएको छ ।
प्रिय मित्रहरु, के तपाईले यो महान मुक्ति
पाउनु भएको छ ? यदि छैन भने, तपाई प्रभुलाई भेट्न
योग्य हुनुहुन्न, र तपाईले ‘फेरि जन्मनु पर्ने छ ।’
(युहन्ना ३ः७) येशुसँग तपाईलाई क्षमा गर्न र तपाईको
पाप पखाल्न अनुरोध गर्नुहोस्, र उहाँले तपाईलाई नयाँ
मानिस बनाउनु हुनेछ ।तपाईको पुरानो पापमय जिवन
बितेर जानेछ । आस्था र इमान्दारीताले हामी वहाँ कहाँ
आयो भने प्रभु सवैलाई संरक्षण र उद्धार गर्न तत्पर
हुनुहुन्छ । तपाई हराउनु भएको र न्यायको दिनको लागि
तयार नहुनु भएको प्रभु हेर्न चाहनुहुन्न । तर तपाईलाई
बचाउन चाहनुहुन्छ ।
आफ्नो सम्पुर्ण हृदय लगाएर प्रभुलाई खोज्न
म तपाईलाई जोडताका साथ अनुरोध गर्छु ताकि न्यायको
दिनको लागि तपाई तयार हुनुहोस् ।

Leave a Comment