एक्युमेनिकल्इजम माथि एक नजर

एल्यासीबको आत्मा—एक्युमेनिकल्इजममाथि एक नजर
सूसन म्यूच द्वारा
“… पुजारी एल्यासीब हाम्रा परमेश्वरको भवनको भण्डारका अधिकारी नियुक्त भएका थिए । तिनको तोबियासँग
घनिष्ट सम्बन्ध थियो ः
अनि म यरूशलेममा फर्केँ । त्यसपछि तोबियाको निम्ति परमप्रभुको भवनका चोकहरूमा एउटा कोठा दिएर
एल्यासीबले गरेको खराब कुरा मैले थाहा पाएँ । म सारै अप्रसन्न भएँ । मैले त्यस कोठाबाट तोबियाका सबै सामानहरू
फ्यालिदिएँ ।” नहेम्याह १३ः४, ७‐८ ।
आजको धार्मिक पीढी एल्यासीब सरह छ । उनीहरूले परमेश्वरका शत्रुहरूका लागि ढोका खोल्छन् ताकि ऊ
उनीहरूमाझ बसोस् । आभास के हुन्छ भने, परमेश्वरको घरको शुद्धताका लागि नहेम्याहको विवेकशील दृष्टि र
उत्साह एकदम थोरै मानिसहरूमा छ । बाइबलले एल्यासीबको कार्यलाई “खराब” भनेको छ । तर सम्भवतः उसको
कार्य उद्धार र विशाल हृदयवाला छ भन्ने विचार स्वयं उसले गरेको होला; ठिक त्यस्तै आजका एक्युमेनिकल्
मस्तिष्कवालाहरूले सोच्छन् ।
के यी “आफ्ना फरकहरूलाई बिर्सेर एक भइदिऊँ” र “सबै मार्ग स्वर्गतिर जान्छन्” मानसिकताहरू शुद्ध, दिव्य
प्रेमद्वारा प्रेरित छन् वा आफ्नो छलको कलालाई निपुण पार्ने दियाबलसको चतुर सूक्ष्मताद्वारा? निसन्देह दियाबलसलाई
मिश्रण मन पर्छ—अन्धकारसँग उज्यालो, सत्यसँग झुटको मिश्रण । अनि ऊसँग मिश्रण उपलब्ध छ ।
हामी सामान्य “चर्च” को समयमा बस्दै छौँ । कुनै ब्राण्ड वर्गीकरण नाम बाहेक । “सामुदायिक चर्च”, “बाइबल
फैलोशिप” । केवल “प्रभु येशूमा विश्वास” वा मरियमको आराधना, यहाँसम्म कि इमानदारितासाथ हृदयमा बुद्ध वा
मुहम्मद ठिक मार्ग छन् भन्ने विश्वास राख अनि तिमी स्वर्गमा पुग्ने छौ । सबै धार्मिक विचारहरूलाई सहन नगर्नु,
यहाँसम्म कि आदर नगर्नु, कटुता र सङ्कीर्ण मन हुने छ भन्ने कुरामा विश्वास गराउन मानिसहरूलाई भ्रमित गरिएको
छ । तर के बाइवलले प्रभु येशू नै मार्ग हो भनेर सिकाउँदैन र? उहाँ मार्गहरूमध्ये एक हुनुहुन्न । कुनै अरू मार्ग, कुनै
अरू आत्मा स्वीकार गर्नलाई बाइबलका यस पूर्ण सत्यलाई अस्वीकार गर्नु पर्छ । “सत्य किन् र त्यो बिव्रmी नगर् ।”
सत्यलाई बेच्यौ भने तिमीसँग कुनै सुसमाचार शेष रहने छैन ।
सत्य निरपेक्ष छ, सापेक्ष छैन । त्यसका बाहिर रहेको हरेक कुरालाई सत्यले झुटको संज्ञा दिन्छ । यस एक्युमेनिकल्
भावनाले हामीबाट झुटको आदर खोज्दछ । सत्यले असत्यलाई असहनमात्र गर्दैन, त्यसको निसञ्कोच आलोचना पनि
गर्छ, किनभने असत्यले प्रदान गर्ने मृत्युको बाटोबाट आत्माहरूलाई सुरक्षा दिनमा सत्यलाई खुसी लाग्छ (हितोपदेश
१४ः१२) ।
प्रेरित पावल एक्युमेनिकल्इजमका विरोधी थिए । उनलाई के आशङ्का थियो भने कोरिन्थको मण्डलीले शुद्ध
सुसमाचारभन्दा परको कुनै चीज “सहन” गर्ला—अर्को प्रभु येशू, अर्को आत्मा, र अर्को सुसमाचार । उनलाई थाहा थियो
कि यस्ता कुराहरूले सत्यबाट झुक्याउँछन् (२ कोरिन्थी ११ः३‐४) । पावलले “परमेश्वरको लागि अर्को मार्ग”, अर्थात्
एक्युमेनिकल्इजम ः— विश्वव्यापी क्रिश्चियन एकताको उद्देश्यका लागि विभिन्न सम्प्रदाय, चर्च र धर्महरूमाझ
सहकार्य र आपसी बुझाइमा प्रवर्धन गर्ने सङ्गठन
उनका समयका मूर्तिपूजकहरूका विश्वासहरूको पनि कुनै आदर गरेनन् । उनले मानिसहरूलाई केवल एक प्रभु
येशूको सुसमाचार मार्फत ती विश्वासहरू त्याग्ने शिक्षा दिए । एक मन एक सिद्धान्त भएको अनन्य चर्च आफ गाड
बाहेक उनी धार्मिक नेताहरूको कुनै परिषदमा सहभागी भएनन् । मूर्तिपूजक र यहूदीहरूसँग उनले कुनै संयुक्त
“एकता” सभा गरेनन् । हामीलाई जुन सुसमाचार प्रदान गर्नका निम्ति प्रभु येशूले मृत्यु पाउनु भयो, त्यो कुनै त्यस्तो
सङ्घसँग पूर्ण विरोधी छ । यस विशिष्टतालाई दियाबलसले घृणा गर्छ । अनि यस विशिष्टतालाई एक्युमेनिकल् मस्तिष्क
भएकाहरूले बुझ्न सक्दैनन् ।
यो एक्युमेनिकल् कदम बाइबलको अगमवाणीको प्रत्यक्ष पूर्ति हो । हामी समयको अन्त्यको बिल्कुल नजिक पुगेका छौँ
भन्ने कुराको यो अर्को सङ्केत हो । प्रकाश २०ः७‐९ ले चर्चको इतिहासमा दियाबलसले आत्माहरूलाई झुक्याउनका
लागि उपयोग गरेका झुटा मार्गहरूको सम्मेलन दर्साएको छ— मूर्तिपूजन (जसलाई नवयुग आन्दोलन, गुप्तवाद,
जादूटोना, मानवतावाद र पूर्वका धर्महरूको पुनप्र्रचलनका साथ पुनः प्रचालित गरियो , कैथोलिकवाद र प्रोटेस्टेण्टवाद ।
दियाबलस व्रmोधित छ, किनभने उसलाई थाहा छ उसको समय थोरै छ (प्रकाश १२ः१२) अनि प्रभु येशूको अन्तिम
आगमनभन्दा पूर्व जनताहरूलाई झुक्याउनका लागि उसले हरेक प्रयास गर्दछ । यो तीन रूपी त्रुटि संसार भरिका
“राष्ट्रहरूलाई झुक्याउनका लागि” अग्रसर छ । यो वास्तवमा दियाबलसले सत्यका विरुद्ध युद्ध गर्नलाई पठाएको छ
अनि यसलाई सन्तहरूको कैम्प, प्रिय नगरी, चर्च आफ गाडको नाकाबन्दी गरेको सरह दर्साइएको छ ।
यस घातक आन्दोलनद्वारा धेरै मानिसहरू भ्रमित हुने छन् अनि यसको दृष्टिहीन पार्ने र छल गर्ने प्रभावले “सत्यको
मार्गको बदनामी हुने छ” (२ पत्रुस २ः२) । परमेश्वरका नानीहरू, जसले न्हेम्याहले जस्तै शत्रुको कार्यलाई राम्रोसँग
बुझ्न सक्छन् र कुनै गलत मार्गलाई अस्वीकार गर्ने छन् वा त्यससँग सङ्गत अस्वीकार गर्ने छन्, तिनीहरूलाई
असहनशील, सङ्कीर्ण‐बुद्धिवाला, प्रेमहीन, धर्मान्ध, प्रभागीय, पन्थवादी आदिको संज्ञा दिइने छ ।
धार्मिक त्रुटिको पासोमा परेका आत्माहरूलाई यद्यपि हामी इमानदारितासाथ प्रेम गर्छौँ, उनीहरूलाई बाँध्ने प्रत्येक झूटा
मार्गलाई हामी घृणा गर्छौँ (भजनसङ्ग्रह ११९ः१०४, १४८) । बाइबलले घोषणा गर्छ, प्रभु येशू मार्ग, सत्य र जीवन
हुनुहुन्छ । धिक्कार होस् हामीलाई यदि हामीले कुनै अरू मार्ग छ, कुनै अन्य सत्य छ भन्यौँ भने ।

Leave a Comment