आराधनामा वाद्ययन्त्र

कोरिन्थीहरूलाई आत्मा र बुझाइका साथ गाउने निर्देश दिइएको थिइयो । “चर्चका बीचौँ बीच, मैले
तपाईँको स्तुति गाउने छु” भन्ने भविष्यवाणी अनुसार, आफ्नो पिताको नामको घोषणा आफ्ना
दाजु(भाइहरूमाझ गर्दा, निसञ्कोच भएका कारण, प्रभु येशू प्रसन्न हुनुहुन्थ्यो । जुन खुसी छन्,
याकूबले भन्छन्, “उनले भजन गाऊन् ।” खुट्टा धुने अध्यादेश पश्चात् अथवा स्वामीको
रात्री(भोजन पश्चात् भजन गाउने व्रmममा चाहे हामीले प्रभु येशू र उनका अनुयायीहरूको कुरा गरौँ
अथवा पवित्र अगमवक्ताहरू पावल र सीलासका, पृथ्वी हलाउने आधी रातको युगल गायनको कुरा
गरौँ, सङ्गीत वादनको अनुपस्थिति पूर्णतः स्पष्ट छ ।
यो सत्य छ, पुराना करार अनुसार वाद्ययन्त्रहरूको उपयोग गर्ने अनुमति थियो, यद्यपि आरम्भमा
त्यस्तो अनुमति थिएन; किनभने परमेश्वरले मोशालाई केवल दुई रजत तुरहीहरू स्पष्ट रूपमा
नियत गर्नु भएका थिए भन्ने कुरा हामीले पढेका छौँ तथा यी दुई वाद्ययन्त्रहरूलाई गायनसँग
उपयोग गरिन्नथ्यो (गन्ती १०ः२) । यो छर्लङ्ग छ, दाऊदले वाद्ययन्त्रहरू बनाए र आराधनाका लागि
तिनीहरूको उपयोग गरे । यस तथ्यलाई कमजोर पार्ने कुनै प्रयास नगर्दै, हामीले पछि सम्बोधन गर्ने
साङ्केतिक प्रकाशको पुस्तक बाहिर, नयाँ करारमा गायनसँग कुनै वाद्ययन्त्रको एक घटना पनि
भेटिँदैन भन्ने कुरा पनि स्वीकार्नु पर्छ ।
यस्तो भए तापनि, वाद्ययन्त्रहरूको अनुपस्थिति मात्र, अथवा तिनीहरूको मुख्य रूपमा अनुपस्थितिले
पनि यस बुझाइमा हामीलाई पु¥याउँछ कि आराधनामा वाद्ययन्त्रहरूको उपयोग बाइबल(बाहिरको
कुरा छ । यो मुख्यतः एउटा निकै श्रेष्ठ उपस्थितिको सङ्गतको आज्ञा हो, जसको वास्तविकताको ज्ञान
हाल चर्चसँग जुन तरिकामा छ, त्यो पुरानो करारको अवधिमा साक्षात भएको थिएन ।
यस विषयमा हालसालको मानक स्पष्ट र सरलतासाथ बुझ्न सक्ने भाषामा एफिसी र
कलस्सीहरूलाई पावलको पत्राचारमा दिएको छ । “ख्रीष्टको वचन तिमीहरूमा प्रशस्ततासँग वास
गरोस् । पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ वा अर्ती देओ, र परमेश्वरप्रति आफ्नो
हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्तुति र आत्मिक गान गाओ” कलस्सी ३ः१६ । “एउटाले
अर्कासँग भजन, गीत र आत्मिक गानमा बोल्दै र आफ्नो सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै र धुन
निकाल्दै” एफिसीहरू ५ः१९ ।
यी आज्ञाहरू अनन्य रूपमा कुनै एक व्यक्तिलाई दिइएका होइनन्, बरु यी प्रत्येक स्थानमा सबै
सन्तहरू र प्रभु येशूमा विश्वास राख्ने दाजु(भाइहरूलाई दिइएका छन् र फलस्वरूप, सुसमाचार
व्यवस्थामा सबै सन्तहरूलाई । परमेश्वरका शब्दले दाजु(भाइहरूमा र उनका अन्तत्र्रिmयामाझ
व्यापक रूपमा प्रभुत्व पाउने थियो । उनका शब्दले भक्तगणहरूको सभामा विद्यमान रहनु र हिँड्नु
थियो एवं हरेक प्रकारमा त्यसको अग्रसरताका कदमहरूमा निर्देश दिनु थियो । परमेश्वरको पूर्ण
परामर्शलाई प्रचार गर्नु, लागू गर्नु र त्यसको आधारमा जीवन ज्यूनु थियो जबसम्म, परमेश्वरका
आराधनाका लागि सन्तहरू एकजुट भएर, उद्धारद्वारा बुद्धिमान् भएका हरेक हृदयबाट प्रवाहरत हुने
जीवित पानीका खोलाहरू एकीकृत भएर प्रेमको एक शक्तिशाली धारामा बग्ने थिए । हरेक हृदयमा
विद्यमान यस उत्तम कोष र सुखद अवस्थाबाट सन्तहरूले परमेश्वरको स्तुतिमा आ(आफ्नो आवाज
उठाउने थिए र एक(अर्कासँग गीतमा बोल्ने थिए ।
प्रभु येशूले भन्नु भयो, “तर बेला आइ रहेछ, र त्यो बेला अहिल्यै हो, जब सच्चा आराधकहरूले
पितालाई आत्मा र सत्यतामा आराधना गर्ने छन् । किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै
पिताले रोज्नु हुन्छ । परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँका आराधकहरूले आत्मा र सत्यतामा
आराधना गर्नु पर्छ” यूहन्ना ४ः२३(२४ । आराधनाको अर्थ हो उपासना अथवा श्रद्धा, जुन स्वयंलाई
तल निहुराएर गर्न सकिन्छ । यो “हामी तपाईँलाई आराधना गर्छौँ, हे परमेश्वर, हामी तपाईँलाई
माया गर्छौँ !” भन्ने कथनभन्दा निकै डाढाको कुरा हो, किनभने प्रभु समक्ष जुन व्यक्ति निकै तल
निहुरिँदैन, उसले यो कार्य गर्न सक्दैन ।
कसको पोशाक अथवा जुत्ता अथवा हैट अथवा केश(शैली अधिक उज्ज्वल छ भन्ने कुराहरू हेर्नमा
प्रतिस्पर्धा गर्ने कुनै जमघटले आराधना सम्पन्न गर्न सक्दैन । जुहारत र हीराहरूले टिलपिल
घेरिएका, उठाइएका हातहरू मार्पmत यो हुन सक्दैन । आफ्नै स्वरको ध्वनि सुन्नका प्रेमी र जसले
समान रूपमा नै आराधना(प्रदर्शन पछि (अथवा अगावै आफ्नो शुल्क लिने कामलाई माया गर्छन्,
त्यस्ता गायकहरूले आराधना गर्न सक्दैनन् । केवल सङ्गीत व्यवस्था ठिकठाक, कानहरूका लागि
सुखद र मान्छेहरू प्रभावित भएका भरमा वास्तविक आराधना भइरहेको छैन । जब यी चिजहरू
सर्वोपरि हुन्छन् वास्तविक आराधना उपस्थित हुन सक्दैन, किनभने यो केवल स्वयंलाई दीन पार्ने
अथवा तल निहुरिने आत्मा मार्फत सुसम्पन्न हुन सक्छ, ताकि उपासकलाई परमेश्वरले माथि
उठाऊन् ।
वास्तविक आराधना सधैँ सत्यतामा हुनु पर्छ । हाम्रो प्रभुले भन्नु भएको छैन “इमानदारिता साथ”,
बरु “सत्यता” भन्नु भएको छ; किनभने व्यक्ति इमानदार भए तापनि घोर त्रुटिमा पर्न सक्छ । प्रभु
येशू र स्वर्गीय स्थानहरूमा सबै मोक्षप्राप्त व्यक्तिहरूसँग मिलेर बस्नका निम्ति जसले तपाईँलाई
पापभन्दा पर, माथि उठाएको छ, उद्धारको त्यस्तो अनुभव आफूसँग हुनु आवश्यक छ । पापीले
परमेश्वरको आराधना गर्न सक्दैन, किनभने उहाँको आराधना गर्नका निम्ति व्यक्तिले उहाँको
इच्छाको परिपूर्ति गर्नु पर्छ, अनि हामीले पाप गरौँ भन्ने उहाँको इच्छा छैन । “हामी जान्दछौँ कि
परमेश्वर पापीहरूका कुरा सुन्नु हुन्न, तर परमेश्वरको भय मान्ने र उहाँको इच्छा पालन गर्ने
व्यक्तिको कुरा परमेश्वरले सुन्नु हुन्छ ।” यूहन्ना ९ः३१ । त्यस कारण हामीले परमेश्वरको आराधना
सत्यतामा गर्नु पर्छ अथवा उद्धारको वास्तविक स्वर्ग(उदित अनूभूतिका साथ, एवं त्यस्तो
अनूभूतिलाई उत्पन्न गर्ने स्वामी, प्रभु येशूका सत्य र जीवित सिद्धान्त अनुरूप । परमपिताले त्यस्ता
व्यक्तिहरूलाई खोज्दै हुनुहुन्थ्यो जसले उहाँको आराधना गर्ने थिए, कुनै झुटो सिद्धान्तको पालन गर्ने
थिएन र उहाँको मानव समाजलाई अलग अलग पार्नका निम्ति पर्खालहरू निर्माण गर्नेवाला
साम्प्रदायिक सम्बन्ध र नीतिहरूको बाधाबाट मुक्त भएका व्यक्तिहरू खोज्दै हुनुहुन्थ्यो । पापरहित
जीवनको परमेश्वरको रोजाइ बाहेक हरेक विश्वास(प्रणालीलाई स्वीकार्ने र त्यसप्रति सहिष्णुताको
सांसारिक प्रदर्शन गर्ने वर्तमान बेनाम सामुदायिक चर्च, असाम्प्रदायिक चर्च र अन्तर(साम्प्रदायिक
चर्चहरू मात्रभन्दा अधिक कुरा परमेश्वरको चाहना थियो । परमेश्वरले खोज्नु भएका सच्चा
उपासकहरू उहाँका नयाँ करारका चर्चहरूमा पाइन थिए !
स्वयंभित्र प्रभु येशूका सिद्धान्तको सत्यलाई संयुक्त रूपमा वास गर्न देऊ भनेर प्रचारकले
कलस्सीहरूलाई उपदेश दिए । त्यसका परिणाम स्वरूप सत्यमा परिपूर्ण गीतहरूको प्रस्फुटन भयो,
जुन गीतहरूमा सिकाउने र निषेधाज्ञा दिने क्षमता थियो ।
शिक्षणको अर्थ कसैलाई त्यस ज्ञानको शिक्षा अथवा जानकारी दिनु हो जसको विषयमा ऊ पहिले
अनविज्ञ थियो, यसमा पहिले सिकाएका कुराहरूलाई पुनः मस्तिष्कमा ल्याउने कुरा पनि सामेल छन्
। निषेधाज्ञाको अर्थ हो विश्वासी व्यक्तिहरूलाई होसयार गराउनका निम्ति उनीहरूलाई सावधान
गराउनु वा चेताउनी दिनु हो, जस मार्फत उनीहरूमाझ सिकाएको र उनीहरूमा स्थापित भएको
परमेश्वरका कथनको सम्पूर्ण सत्यमा निरन्तर रहने कार्यमा उनीहरूलाई सहायता हुने छ ।
प्रभु येशूका कथनलाई स्वयंका भित्र सम्पन्नताका साथ वास गर्न दिने र स्वयंका भित्र त्यस
कथनलाई जीवित रहन दिने कार्यको परिणाम सन्तहरूको गायन थियो । जसको उपदेश पावलको
सम्बन्धमा दिइए, त्यही पाप(भञ्जक सुसमाचारलाई प्रभुको जनतामाझ गीतमा निरन्तर सुनाउने
थियो । निसन्देह उपदेशित शब्दसँग गायन त्यति समानार्थी थियो कि गीतहरूको अध्ययन पाठको
रूपमा गर्न सकिन्थ्यो । सबै उपस्थितहरूलाई तीव्र चेतावनी दिन र ताडना गर्नमा गीतहरू सक्षम
थिए । सन्तहरूलाई सत्यको मार्गमा राख्न र कुनै आगन्तुकहरूलाई उनीहरूको पापको जीवनको
घमण्ड, कठोर(हृदयता र मूर्खता दर्साएर विश्वासमा ल्याउन, गायनले सहायता गर्दथ्यो ।
गायनका लागि गीतहरूका प्रकार भजन, स्तुति र आत्मिक गान थिए । यहाँ उद्धृत भजनको तात्पर्य
पुराना करारमा दिएका भजनसङ्ग्रहसँग छ । मूल भाषामा आराधनागानको लागि प्रयोग भएको
शब्दको अर्थ उत्सव मनाउनु हो । यसको निकै प्राविधिक अर्थमा यो एक साँचो परमेश्वर र उहाँले
हामीलाई प्रदान गरेको विजय मनाउने एउटा धार्मिक कविता हो । जसरी हामीले थाहा पायौँ,
यसलाई सत्यार्थमा केवल त्यस हृ्रदयले गर्न सक्छ जसलाई स्वामी प्रभु येशूको उद्धार रगतले शुद्ध
पारेको छ । आत्मिक गान त्यस्ता गीतहरू हुन् जुन स्वभावमा अदैहिक छन्, जसले पुनरुत्थानको
अनुभवसँग सरोकार राख्छन् र जसले परमेश्वरका अलौकिक कार्यहरूतिर, र सबैभन्दा अधिक,
परमेश्वरका पुत्र, प्रभु येशूका माध्यमद्वारा प्रत्यक्ष हुने मोक्षतिर हृ्रदय र मस्तिष्कलाई निर्दिष्ट गर्छन् ।
यसै बुँदामा कसै(कसैले के विश्वास राख्छन् भने, नयाँ करारमा वाद्ययन्त्र सङ्गतको कुरा भनिएको छ;
उनीहरूको मत के छ भने, भजनसङ्ग्रहको अर्थ तारवाला वाद्ययन्त्रमा जस्तै झट्कनु र झनकार्नु हो
। तर चर्चको आरम्भिक समयमा, भजनसङ्ग्रहको अर्थबाट साधारण गायन पनि बुझिन्थ्यो । थेयरको
युनानी बाइबल ५५६८ र ५५६७ हेर्नुहोस् ।
कुनै प्रकारको वाद्य सङ्गत बिना भजनसङ्ग्रह गाउनु असम्भव छ भन्ने विचारका व्यक्तिहरूले सोध्न
सक्छन्, “तपाईँको साङ्गीतिक सङ्गत कता छ? भजनसङ्ग्रहलाई सङ्गीत दिइएको थियो, र सत्यतः
परमेश्वरको आराधना गर्नका लागि हामीसँग साङ्गीतिक सङ्गत हुनु पर्छ ।” पुरानो करारमा
भजनसङ्ग्रहसँग प्रायअ वाद्य सङ्गीत हुने गथ्र्यो, तर अब हामीलाई “परमेश्वरप्रति आफ्नो हृदयमा
रहेको कृतज्ञतासाथ” गायनको उपदेश छ । कलस्सी ३ः१६ । पुरानो करारको समयमा डम्फु र अन्य
वाद्ययन्त्रद्वारा माधुर्य बनाइन्थ्यो । नयाँ करार अनुसार विश्वासीहरूका हृदयहरूमा माधुर्य बनाइन छ
ः “आफ्नो सम्पूण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै” एफिसी ५ः१९ ।
कलस्सीहरूलाई पावलको पत्रबाट यस र पछिलो उद्धृत पाठमा उपयोग गरेको वाक्यांश “धुन
निकाल्दै” यहाँ भजनसङ्ग्रहको सटीक शब्द (स्ट्राङ्गको युनानी बाइबल ३५५६७) बाट अनुवाद
गरिएको छ । यस शब्दका अरू अर्थहरू गायन अथवा रगड्नु वा झट्कन र झनकार्नका लागि कुनै
सतहलाई छुनु, अर्थात् कुनै तारवाला यन्त्रलाई बजाउनु पनि हुन सक्छ । “भजन, स्तुति र आत्मिक
गानमा आफूसँग कुरा गर्नु; आफ्नो सम्पूण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्द” भन्ने
कथनहरूमा सुन्दर ध्वनिको उत्पादन गर्नलाई कुशल हातहरूद्वारा कुनै वाद्ययन्त्र छुने कुरा आउँदैन ।
बरु यसले प्रभु येशूका कुशल हातहरूको कुरा गर्छ जसले मानव हृदयलाई स्पर्श गरेर मानव(हातले
निकाल्न नसकिने ध्वनि उत्पन्न गर्छ ।
त्यस कारण, परमेश्वरको अनुग्रहको उपहारले सन्तहरूमा र सन्तहरूद्वारा अलौकिक कार्यमा सबै
साङ्गीतिक सङ्गतलाई हामी छोड्छौँ र सधैँका लागि परित्याग गर्दछौँ । नयाँ करारको मानक हो,
“आफ्नो सम्पूण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्द” । त्यस कारण हामीले बुझ्यौँ र थाहा
पायौँ कि बाहिरी, मानव(निर्मित साङ्गीतिक वाद्ययन्त्र परित्याग गरिएका छन् र तिनको स्थानमा
आत्माको गहिराइमा अनुग्रहको निकै श्रेष्ठ सङ्गतले ठाउँ पाइएको छ ।
यसको साङ्केतीकरण प्रकाश १४ मा गरिएको छ, जब यहून्नाले वादकहरूलाई वाद्यबाट वादन गर्दै
देखे र सुने । यसको व्याख्या प्रभुका साथ रहेका, आ(आफ्ना हृदयहरूका गहिराइमा मुक्तिद्वारा
परमेश्वरको अनुग्रह लिएका सबै सन्तहरूको विचारको रूपमा मात्र गर्न सकिन्छ, जसले
उनीहरूलाई “…एउटा नयाँ गीत । पृथ्वीबाट मोल तिरी छुटाएका एक लाख चवालीस हजारले
बाहेक कसैले त्यो गीत सिक्न सक्दैनथ्यो ।” भन्ने गीत गाउन सक्षम तुल्याउँछ । यो त्यस्तो एउटा
गीत हो जुन उद्धार गरिएकाहरू बाहेक कसैले पनि जान्दैन; यो पुरानो करारको पुरानो गीत होइन,
बरु यो परमेश्वरको उद्धारद्वारा नयाँ छ ।
यो त्यस्तो एक सङ्गीत हो जसलाई कुनै नश्वर प्राणीले बजाउन सक्दैन; किनभने यसमा प्रमुख
सङ्गीतकार प्रभु येशू हुनुहुन्छ र उहाँको मुख्य वाद्ययन्त्र, उद्धार भएकाहरू । पहिले टुटेका हृदयका
तारहरूलाई कता स्पर्श गर्ने, कता तान्ने र तिनीहरूबाट त्यस्तो धुन निकालने कुरा उहाँलाई थाहा
छ, जान निवट्नले जसको अनुभूति गरे, सुने र लेखे, “अद्भुत अनुग्रह ! म जस्तो बेकम्मालाई
बचाउने यो ध्वनि कत्ति सुमधुर छ ! म पहिले हराएको थिएँ, तर अब मलाई भेटियो; म अन्धो थिएँ,
अब म हेर्न सक्छु ।”
परमेश्वरको अनुग्रहको सङ्गतले (सम्भव भएको भए) पियानो र सबै मानव(निर्मित उपकरणहरूलाई
असहज अवस्थामा पार्छ । अनि आफैले बनाएको वाद्ययन्त्रमा वास गर्ने र त्यसभित्रबाट बाहिर
सुन्नेगरि गाउने र बजाउने क्षमता कुन चाहिँ प्रशिक्षित उस्ताद वा वादक, कुन चाहिँ सङ्गीतकारमा
छ? कुन वाद्ययन्त्र उपयुक्त छ, र त्यस्तो उस्तादलाई उसको अनुग्रहको कवितामा वाद्ययन्त्रले
सहायता गर्ने छ भन्न सक्ने निर्भीक को हुन सक्छ? पवित्र, हानिरहित र निर्मल समारोहहरूका
स्वामी जहाँ आफैले सृजना गरेका सङ्गीतको त्रुटिरहित र सम्पूर्ण निपुणतामा मगन हुनुहुन्छ, के त्यस
क्षेत्रमा कुनै पापी वादकले पुग्ने समेत चेष्टा पनि गर्न सक्छ? सक्दैन ! परमेश्वरको जीवित अनुग्रह
र प्रभु येशूद्वारा गाएको त्यस्तो निपुणतासामु, सबै सङ्गीतकारहरू लज्जाओन् र त्यसमा बाधा ल्याउने
दुस्साहस नगरोन् ।
हामी एउटा नयाँ र अपरम्परागत विश्वास लागू गर्ने प्रयास गर्दै छौँ भन्ने कुरामा कसैलाई भय
महसुस नहोस् । प्रभुको आराधनामा वाद्ययन्त्रहरूका लागि कुनै स्थान छैन भन्ने धारणा राख्ने हामी
पहिला व्यक्तिहरू छैनौँ ।
इसाइ आराधनामा सङ्गीतका उपकरणहरूको विरोध आरम्भिक चर्चका पिताहरूले गरे ः
शहीद जस्टिन (लगभग १५० ई.) ले वाद्ययन्त्रहरूको सङ्गतलाई सांसारिक भनेर भत्र्सना गरे ।
टर्टयूलियन (१५०(२२२ ई.) ले आराधनामा केवल मुखर सङ्गीतको उल्लेख गर्छन् ।
क्लेमेंट आफ एलेक्जन्डेरिया (२०० ई.) ले प्रीतिभोजहरूसमेतमा क्रिश्चियनहरूद्वारा वाद्ययन्त्रहरूको
उपयोगको कडा तिरस्कार गरे ।
ग्रिगारी आफ नेजियन्स (३३०(३९० ई.) ले वाद्ययन्त्रहरूको उल्लेख गर्छन् तर तिनलाई अनुमोदित
गर्ने कुनै तरिकामा होइन । उनका विश्वासमा तिनीहरूको एकमात्र उपयोग ऐन्द्रियताको उत्तेजनाको
लागि हुन्छ ।
जेरोम (३४७(४२० ई.) ले केवल मुखर सङ्गीतको कुरा गर्छन् अनि गीतहरूको स्रोत हृदय हो भन्ने
कुरामा जोर दिन्छन् ।
थियोडोरेट (लगभग ४०० ई.) का कथन अनुसार वाद्ययन्त्रको उपयोग पुरानो करारको एक
बचकाना अवशेष हो र चर्चको आराधनाबाट यसलाई निकालिएको छ ।
व्रिmसोस्टोम (चौथौँ शताब्दी ई.) ले भन्छन् कि पुरानो करारका वाद्ययन्त्रहरूले अन्तर्निहित रूपमा
शुद्ध ओठे(आराधनाको कामना गर्दछन् ।
थामस एक्विनास (१२५० ई.) ः परमेश्वरको स्तुति जथाभावी तरिकामा गर्न, बाजा र सालट्री(बाजा
जस्ता वाद्ययन्त्रहरूको उपयोग हाम्रो चर्चले गर्दैन, ताकि त्यसको रूप यहूदी नदेखियोस् ।
मार्टिन लूथर ः परमेश्वरको आराधनामा कुनै वाद्ययन्त्रको उपयोग बाल्ल(नामक फोनिशेन र
केनेनियनहरूका मिथ्या(प्रभुको ध्वजा हो ।
जान केल्विन ः धूप बाल्न, दीप जलाउन, अथवा कानुनका अन्य छायाहरूलाई पुनर्जीवित गर्नभन्दा
उपयुक्त यो होइन । रोमन कैथोलिकहरूले यहूदीहरूबाट यो अनुसरण गरे ।
जान वेश्ली ः हाम्रा चैपल्लहरूमा वाद्ययन्त्रप्रति मलाई कुनै आपित्त छैन यदि त्यो त्यहाँ नदेखिन्छ
नसुनिन्छ ।
एडम क्लार्क ः म एक जना बूढो मान्छे र पुरानो सेवक हुँ, अनि परमेश्वरको आराधनामा
वाद्य(सङ्गीतले कुनै राम्रो उत्पन्न गरेको छैन भन्ने कुराको यहाँ म घोषणा गर्दछु तथा यसले निकै
दुष्ट्याइँको सृजना गरेको छ भन्ने विश्वास गर्नका लागि मसँग कारण छ । सङ्गीत एउटा विज्ञान हो,
जसको म सम्मान र सराहना गर्छु, तर परमेश्वरको घरमा वाद्ययन्त्रहरूलाई म तिरस्कार र घृणा
गर्छु । यो सङ्गीतको दुरुपयोग हो र जसलाई आफ्ना अनुयायीहरूको आत्मा र सत्यका साथ आराधना
चाहिन्छ, त्यस अनन्त परमात्माको आराधनामा यस्ता सबै भ्रष्टाचारहरूका विरुद्ध म यहाँ आफ्नो
विरोध जनाउँदछु ।
चालर्स स्पर्जियन ः मैले त्यति छिटै मेसिनरीद्वारा परमेश्वरको आराधना गर्ने छु जति चाँडै मैले
मेसिनरीसँग परमेश्वरलाई गीत सुनाउने छु ।
जान नाक्सले वाद्ययन्त्रलाई सिटीहरूको एक सन्दुक भने ।
अलेक्जेन्डर कैम्पबेल ः वास्तविक आध्यात्मिक बुद्धिको लागि, यो (आराधनामा वाद्ययन्त्रहरूको
उपयोग) एक साङ्गीतिक कार्यव्रmममा गाईको घण्टी सरह हो ।
जे डब्लियु मैगारवी ः भजनसङ्ग्रहको गायन सम्बन्धी आदेशमा सामेल प्रेरितले चर्चमा
वाद्य(सङ्गीतको उपयोग सिकाएको छ भन्ने कुरामा यदि कुनै उपदेशकले विश्वास राख्छ भने, उनी
त्यस्तो एक युनानी हलुका(विचारका व्यक्ति हुन् जसले आफूले इच्छित हरेक विचारमा विश्वास गर्छ
। जब इच्छाले विचारको पिताको स्थान ग्रहण गर्छ, सत्य व्याख्या हाँसको पिठिउँमा पानी सरह हो ।
यद्यपि (भक्तिको भावनालाई सुहाउँदो तरिकामा) निजी प्रयोजनको लागि वाद्ययन्त्रहरूका सबै
उपयोगलाई हामी भत्र्सना गर्दै नौँ, बाइबल यस विषयमा स्पष्ट छ, सन्तहरूको सभामा
वाद्ययन्त्रहरूको कुनै ठाउँ छैन ।
आराधना सम्बन्धी बाइबलका मानकको पालन व्याप्त रूपमा नहुने एवं धार्मिक चर्चमा जानेवाला
व्यापक जनताहरूमाझ यस लेखले उत्तेजक समीक्षाहरू नपाउने केही कारण निम्नलिखित छन् ः
१) वाद्य सङ्गीतलाई हटाइयो भने अभिषेकमा गहन कमी स्पष्ट हुने छ र व्यक्तिगत र
समारोहीहरूमाझ परमेश्वरको अनुग्रहको कमी प्रकट हुने छ ।
२) मान्छेहरूलाई प्रभावित गर्न वा उनीहरूको रुचि समात्नका लागि कुनै रोमाञ्चकारी तत्व शेष
रहने छैन । भावनाहरूलाई छुने र कुनै व्यक्तिलाई “उद्धार” भएको छ भन्ने मिथ्या अनुभूति प्रदान
गर्ने क्षमता वाद्य–सङ्गीतमा रहेछ । सङ्गीतकारहरूको (कुनै कुनै बेलाको कुशल प्रदर्शनले गर्दा
मान्छेहरू शारीरिक रूपमा प्रायः मर्मज्ञ भएका छन् र के भइरहेको छ भन्ने कुरा बुझ्ने कार्यमा
उनीहरूदुखपूर्ण रूपमा असमर्थ छन् । त्यसरी मर्मज्ञ भएका व्यक्तिहरूको जीवनमा पवित्रताको
अभावले यो प्रायः छर्लङ्ग पार्छ ।
३) समारोहमा उपस्थित हुनेहरूको सङ्ख्या व्यापक रूपमा कम हुने छ र कुनै(कुनै अवस्थामा पूर्णतः
समाप्त नै हुने छ, किनभने समग्रमा मान्छेहरूले बाइबलमा के भनेको छ भन्ने कुरामा रुचि
राख्दैनन्, बरु उनीहरूको रुचि मनोरञ्जित हुन र राम्रो महसुस गर्नमा छ । त्यस कारण तथाकथित
चर्चहरू विद्यमान छन् जसले युवाहरूलाई जित्न र समातेर राख्नका लागि इसाइ कैफे र
नाइट(क्लब समेत हिप हाप, राक, वैकल्पिक सङ्गीत आदिको समर्थन गर्छन् । चर्चको रूपमा
जसलाई जानिन्छ, त्यो आइतवार बिहानमा चल्ने कुनै सेनिमाहाल अथवा नाइट(क्लबभन्दा कम छैन
। यो मानववादी सोचाइ र विचारहरूको एउटा जमघट भएको छ, क्रिश्चियन लेबल टाँसेको संसार
प्रदान गरेर मान्छेहरूको जीवनमा “सकारात्मक प्रभाव” पार्नु जसको मुख्य बोझ रहेको छ ।
४) सङ्गीत वाद्ययन्त्रहरूले शब्दहरूको सतहीपना र गीतहरूमा शब्दहरूको अभावलाई ढाक्छन् र
अन्यथा अनाकर्षक प्रस्तुतिको रोमाञ्च सँभालेर राख्छन् । उनीहरूको सहायता बिना, सिकाइ र
निषेधाज्ञा हुन पर्ने कुरामध्ये अधिकांश वास्तवमा सतही बकवासको बेकाम दोहो¥याइ हो, जसले
केही सिकाउँदैन र कसैलाई केही निषेध गर्दैन भन्ने बोध गर्न व्यक्तिहरूलाई बाध्य तुल्याउन सक्छ ।
आ(आफ्नो जीवनलाई त्याग गर्ने कुनै इच्छा नलिएर, पापीहरू पापहरूमा पूर्ण रूपमा संलग्न भएर
आउँछन्, र आ(आफ्नो अवस्था प्रति मर्मज्ञ नभइकन र कुनै चेताउनी नलिइकन बस्छन्, प्रदर्शनको
आनन्द लिन्छन्, ठूला(ठूला भेटीहरू चढाउँछन् र हप्ता हप्तामा आउँदै गर्छन् । झन् नराम्रो के कुरा
छ भने, दसौँ लाख व्यक्तिहरूका लागि भर्खरै वर्णित अवस्था त्यो ठेट यथार्थ हो, जसले “चर्च” को
पूर्ण तात्पर्य बयान गर्छ ।
५) समितिले निम्नलिखित बाइबल सम्बन्धी मानकको अनुमोदन गर्ने छैन ।
६) भुक्तान पाउने सङ्गीतकारहरू अर्को आयस्रोत खोज्नका लागि बाध्य हुने छन् ।
७) मान्छेहरूले स्पष्ट रूपमा आफ्ना समारोहहरूमा सङ्गीत त्याग गर्न चाहँदैनन् त्यस कारण त्यस्ता
वाद्ययन्त्रहरूलाई अनावश्यक पार्ने अनुभूति प्राप्त गर्नका सट्टा उनीहरूले यिनीहरूको निरन्तर
उपयोगका लागि बाइबलबाट औचित्य खोज्दछन् ।
सङ्गीत कहाँ छ? भाइ डी. एस. वार्नरले हामीलाई भने ः “मैले आफ्नो उद्धारकर्तालाई पाएका कारण,
र उहाँको नियन्त्रणका सामू आफ्नो शीर्ष निहुराएका कारण, मेरा आत्मामा अनन्त सङ्गीत बज्दै छ…
यस कथाको गायनसँग मलाई आसक्ति छ, प्रभु येशूले मलाई पूर्ण गर्नु हुन्छ, किनभने मेरो आत्मामा
उहाँको कीर्ति गायनमगन छ भन्ने कुराको म अनुभूति गर्दछु । मेरो आत्मामा सङ्गीत छ, हे, मेरा
आत्मामा सङ्गीत छ; यस मेरो गौरवले हर क्षण गाउँछ, स्वर्गीय मलहमले मलाई पूर्ण पारेको छ !”
“परमेश्वर… हातले बनाइएको मन्दिरमा वास गर्नु हुन्न; मान्छेको हातबाट उहाँको सेवा हुनु पर्छ
भनी नसोच्नुहोस् ।” प्रेरित १७ः२४(२५ ।
आराधनामा वाद्ययन्त्रहरू परित्याग गर्नु बाइबलको तरिका हो, अनि यिनीहरूको अनुपस्थिति थाहा
नपाइकन जाने पर्याप्त अनुग्रह समारोहमा छैन भने, त्यो केवल एक दुखद अवस्था हो ।
– भाइ स्टीफन हाग्रेर्व

Leave a Comment