परमेश्वरले आफ्ना मानिसहरूबाट विश्वव्यापी पवित्रता चाहनु हुन्छ,कैयौँ व्यक्तिहरूले यो गलत
धारणा आत्मसात गरेका छन् कि आइतवारका आराधना सेवाहरू पवित्र छन्, जबकि उनीहरूले
घरका जीवनलाई सामान्यतः सबै प्रकारका सँभाल्न नसकिने कार्यहरूसँग, उपकरणहरू मार्फत र
परमेश्वररहित बाँच्नलाई छोडेका छन् । तर, बाइबलले स्पष्ट रूपमा अन्यथा सिकाउँछ,परमेश्वरका
सच्चा धर्मगुरुहरू दिनरात उहाँका मन्दिरमा उहाँको सेवा गर्दछन् (प्रकाश ७ः१५) । घर स्वयं चर्च
आफ गाडको प्रतिनिधित्व हुनु पर्छ, अनि त्यसका निवासी र सम्बन्धित सामग्रीहरू पनि पवित्र
परमेश्वरका कडा मानकहरूका अनुरूप हुनु पर्छ । घरका प्राथमिक संरक्षकहरूका हैसियतमा,
परमेश्वरको इच्छा अनुसार आमा र बुवाहरूले पवित्रताका मानक लागू गर्नु र दियाबलसद्वारा
आव्रmमणको हर प्रयासलाई निष्फल पार्नु पर्छ, अनि त्यसरी घरलाई हरेक रूपमा अभेद्य आध्यात्मिक
किल्ला र शरणस्थल बनाउनु पर्छ ।
आ–आफ्ना नानीहरूको आध्यात्मिक सुरक्षा सुनिश्चित गर्ने कार्यमा आमा–बुवाहरूले दुखदायी रूपमा
प्रायः आफ्नो शक्ति र उत्तरदायित्वलाई थोरै महत्व दिन छन् । वास्तवमा, परमेश्वरले आमा
बुवाहरूका हातहरूमा घरका साँचाहरू दिनु भएको छ । त्यहाँ भित्र केले प्रवेश पाउने छ भन्ने
कुराको निर्णय उनीहरू माथि निर्भर छ।यहोशू २४ः१५ मा हामीले एउटा सुपरिचित वक्तव्य पाउँछौँ
“तर म र मेरो घरानाले परमप्रभुकै सेवा गर्ने छौँ ।” यस छन्दले हामीलाई के बोध गराउँछ भने,
यहोशूले एक निकै महत्वपूर्ण ज्ञान प्राप्त गरेका थिए । उनले बुझे कि उनको एक परिवार छ ! यो
कुरा निकै सरल लाग्छ, लाग्दैन र? हो, यो सरल वक्तव्य कैयौँ बुवाहरूका बुझाइमा आएको छैन ।
प्रिय बुवाहरू, तिमीहरूको एकेक घर छ ! न त यो तिम्रो छोरोको न तिम्री छोरीको घर छ।यो
तिम्रो घर छ ! घरमा केले प्रवेश पाउने र वास गर्ने कुराको निर्णय तिमीले गर्नु पर्छ ।
कयौँ आमाबुवाहरू टाढा बसेर हेर्दै गर्छन्—उनीहरूका ओठ सिइएका र हात बाधिएका सरह—जब
उनीहरूका नानीहरूले घरभित्र धर्मभ्रष्ट उपकरण र व्यवहार तान्दै गर्छन् । धिक्कार छ ती आमा
बुवाहरूलाई जसले भन्छन्, “ठिक छ, परमेश्वरको सेवा बारे नानीहरूले स्वयं आ–आफ्नो निर्णय
लिनु पर्छ” ! हो, उनीहरूले त्यो निर्णय लिनु पर्छ, तर घरको सामग्री र नानीहरूका गतिविधिहरूको
निर्धारण बुवाले गर्नु पर्छ । यहोशूले भने, “हामी परमप्रभुको सेवा गर्ने छौँ ।” यस वक्तव्यबाट के
आभास हुन्छ भने घरको आध्यात्मिक दिशामाथि नियन्त्रण गर्ने आफ्नो सक्षमता बारे यहोशू आश्वस्त
थिए ।
यहोशूको परिकल्पना अब्राहाममा पनि थियो । स्वयं परमेश्वरले विश्वासका साथ यस निष्ठावान
सन्तको साक्षी दिनु भयो । “किनभने त्यसले आफ्ना छोराछोरीहरू र घरलाई धर्म र न्याय गरेर
परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा दिओस् भनेर…” उत्पत्ति १८ः१९ ।आफ्नो घरमा हरेकले
परमप्रभुको मार्ग पालन सुनिश्चित गर्ने आफ्नो दायित्व बारे अब्राहाम सचेत थिए । यहाँ अब्राहामका
छोराछोरीको उल्लेख मात्र छैन, तर उनको घरको पनि उल्लेख छ।उनी सम्झौतावादी एली जस्ता
थिएनन्, जसले निर्बल तरिकामा भने, “होइन, मेरा छोरा हो” (१ शमूएल २ः२४), तर उनीहरूका
पाप गर्ने अभ्यास वा धर्मत्यागी पूजाहारिता रोक्नका लागि कुनै कारबाही गरेनन् । परमेश्वरले
एलीका घर विरुद्ध गम्भीर निर्णय सुनाउनु भयो किनभने उनले आफ्ना छोराहरूलाई “रोकेनन्” ।
यहाँ “रोकेनन्” शब्दले सव्रिmय नियन्त्रण इङ्गित गर्छ । कुनै नानीको मुक्तिमा सबैभन्दा विशाल
बाधाहरूमध्ये एक आमाबुवाको निष्व्रिmयता हो ।
न्यायकर्ताहरू ४ः५ मा, हामी याएलको विवरण पाउँछौँ, जुन त्यस्ती एक महिला थिइन् जो वर्तमान
समयका महिलाहरूका लागि एउटी अद्भुत उदाहरण हुन् । मलाई लाग्छ याएल एक साधारण
घरायसी काम गर्ने महिला मात्र थिन्, तैपनि उनले परमेश्वरका लागि पक्ष लिनु जानेकी थिइन् ।
जब सीसरा, इस्राएलका शत्रुको सेनापति, उनको पाल निर आयो, उनले त्यसलाई भित्र आउने
आमन्त्रण गरिन् । होइन, उनी लुकीनन् । ती वीर महिला आफ्नो पालको ढोका सामु उभिकी र त्यस
दुष्ट मान्छेलाई हातले बोलाउने अवस्थाको म चित्रण गर्न सक्छु । परमेश्वरका मानिसहरूका
शत्रुलाई परास्त गर्ने अवसरको अपेक्षामा, मलाई लाग्छ, उनी मन(मनै मुस्कुराउँदै थिइन् । जब ऊ
भित्र आयो, उनले त्यसको टाउकोलाई कीला ठोकेर भुइँसँग टासिन् ।
सीसराले एउटा ठूलो गलती गरेको थियो——उसले गरेका गलतीहरूमध्ये अन्तिम गलती । उसले
गलत पालमा प्रवेश गरेको थियो ! जब दियाबलसले तिम्रो घरमा प्रवेश गर्छ, तब के हुन्छ? जब
उसले त्यस्तो प्रयास गर्छ, उसले प्रयास गरेबापत उसलाई पश्चाताप गराउनका निम्ति के तिमी
सक्षम छौ? के तिम्रो घर दियाबलसको हस्तक्षेपको लागि गलत ठाउँ छ? के अनुभवबाट उसलाई
त्यो कुरा थाहा छ? “र दियाबलसलाई मौका नदेओ” (एफिसी ४ः२७) भन्ने निर्देश केवल व्यक्तिगत
अनुभवमा लागू हुँदैन, तर यो घरको लागि पनि लागू हुन्छ।
उनीहरूको उद्धार हुनु पर्छ कि हुनुहुँदैन भन्ने कुरामा के बच्चाहरूले आफ्नै चुनाव गर्नु पर्छ? हो,
त्यस्तो उनीहरूले गर्नु पर्छ । तर, यदि आमाबुवाहरूले आ–आफ्नो घर र बच्चाहरूका जीवनमा
दियाबलसलाई मौका र संसार दियो भने, त्यस्ता बच्चाहरूले ठिक निर्णय लिने उचित मौका कहिल्यै
पाउने छैनन् ! यसका अतिरिक्त, आमाबुवाको घरको छानामुनि जबसम्म बच्चाहरू बस्छन् तबसम्म
उनीहरूले परमेश्वरका मानकहरू अनुसार वास गर्नु आवश्यक छ, चाहे उनीहरूले आफ्नो उद्धार
रोजून् वा नरोजून् । यद्यपि मुक्तिको आभ्यन्तर अनुभवलाई बच्चाहरूमाथि थोप्न सकिँदैन, दिव्य
मानकहरूसँग बाहिरी अनुरूपता आवश्यक हुनु पर्छ अनि त्यसले बच्चाहरूको परिवर्तनमा निकै
सहयोग पु¥याउने छ।
आ(आफ्ना नानीहरूका उद्धारका निम्ति परमेश्वरसँग गुहार् माग्ने केही आमा(बुवाहरूले आ(आफ्नो
घरबाट परमेश्वरद्वारा निषिद्ध सामग्रीहरूलाई बाहिर फेंकेर परमेश्वरलाई भव्य सहयोग पु¥याउन
सक्छन् । “घर” केले गठन हुन्छ? उत्तर प्राप्त गर्नु साधारण र सजिलो छ, किनभने यो शब्द लगभग
आत्म(व्याख्यात्मक छ । कुनै घरमा राखेका सबै थोक त्यो घर हो ! आफ्नी छोरीको पुस्तक(दराज
प्रेमालाप र उपन्यासहरूले भरिएको छ भने, त्यस छोरीको पवित्रताको लागि आराधना गर्नु पर्याप्त
छैन ! हामीलाई टेलिविजनका दुष्ट्याइँहरू थाहा छन् भन्ने र स्वयं व्रिmश्चियन हुने दाबी गर्ने
आमा(बुवाहरूका लागि आफ्ना नानीहरूलाई टेलिविजन किन्न दिने र घरमा हेर्न दिने कत्ति
लज्जाजनक कुरा छ । हे आमा(बुवाहरूको ध्यानहीनता, जसले आ(आफ्ना किशोर नानीहरूका दराज
र सिङ्गार–टेबलहरूको निरीक्षण गर्नु आफ्नो उत्तरदायित्व ठान्दैनन् ! आमा(बुवाहरू हो, ध्यान देऊ,
नत्र पाप सहन गरेका कारण तिम्रो ढोकामा भयङ्कर शब्द “ईकाबोद” लेख्ने छ । यदि
आराधना(सभामा सहभागीहरूका व्यक्तिगत घरहरूमा परमेश्वरको महिमा वास गर्न सक्दैन भने,
चर्चको व्यवसायिक आराधना सभामा पनि परमेश्वरको महिमा हुनु सक्दैन ।
जबकि आ(आफ्ना आत्माहरूको सुरक्षा गर्नु आवश्यक छ, हामीले आ(आफ्नो घरको सुरक्षामा उपेक्षा
गर्नु हुँदैन (हिब्रू ११ः७) । घरको हरेक पक्ष र वस्तुमा “परमेश्वरलाई पवित्रता होस्” लेखेको हुनु पर्छ
। घरको पवित्रतालाई कुनै पनि हालतमा कायम राख्ने दिव्य माग आमा(बुवाहरू समक्ष छ ।
नानीहरूका आत्माहरू परमेश्वरले आमा(बुवाहरूका हातहरूमा राख्नु भएका छन् । स्वर्गमा
अनन्तकालसम्म वास गर्नका निम्ति तयारीमा नानीहरूलाई परमेश्वरका मार्गमा ल्याउन र पवित्र
जीवन निर्वाह गराउनका लागि विवश गर्ने उत्तरदायित्व आमा(बुवाहरूको छ ।
भाइ बेन्जामिन तोफ्सतिगा